Author: Dipak Dhamala

काठमाडौँ, । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज राति पनि देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको…

Read More

धनगढीः धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा शुक्रवार खटिएको ४६ जनाको प्रहरी टोलीले धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको जनाएको छ। धनगढी उप–महानगरपालिका ७, ८ र १२ को बिभिन्न स्थानहरु बाट अबैध ५ हजार लिटर घरेलु मदिरा, १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, भाडावर्तन र १००० राजश्व शुल्क लिई कार्वाही गरिएको प्रहरी जनाएको छ।

Read More

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका छन् ।  महासचिव पोखरेलले  देशको विद्यमान परिस्थितिको समाधान गर्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका हुन् । उनले नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको स्पष्ट पारे । उहाँले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी हुने बताए । त्यस्तै वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै दलहरू हुँदा बढ्ने उनको भनाई छ ।  महासचिव पोखरेलले सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको स्पष्ट पारे । जनमत ध्रुवीकृत नभई…

Read More

कञ्चनपुरः कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ। बाघलाई खप्टिनाला क्षेत्रबाट नियन्त्रणमा लिइएको  हो। बाघले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाइ शुक्रवार आक्रमण गरेको थियो।

Read More

काठमाण्डाै – आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ । दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् । रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुन:प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम प्रयोगमा जोड दिने गरिन्छ । पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहरीकरण र तीव्र औद्योगीकरणले समस्या निम्ताएको छ । यीनै समस्याहरूको न्यूनीकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ…

Read More

काठमाडौँ । आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले  राष्ट्रिय योजना आयोगमा थप तीन जना सदस्य नियुक्ति  गरेको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न  तहमा बसेर विभिन्न  विधामा अध्ययन अनुसन्धान  गर्दै आएका वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल तथा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका विज्ञ प्रा. डा. आरपी विछा र  प्रभु बुढाथोकीलाई सस्यमा नियुक्त गरिएको हो ।  सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।

Read More

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । खेल कीर्तिपुर र मूलपानी मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । कीर्तिपुरमा समूह ‘ए’ का कतार र साउदी अरेबियाबीच खेल हुँदैछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले तथा साउदी अरेबिया मलेसियासँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै, मूलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र कुवेतबीच खेल हुनेछ । बहराइनले पहिलो खेलमा सिङ्गापुरलाई हराएको थियो । पहिलो खेलमा कुवेत यूएईसँग हारेको थियो । हिजो भएको खेलमा नेपालले ओमान तथा हङकङले यूएईलाई हराएको थियो । यो प्रतियोगितामा १० देश सहभागी छन् । समूह ‘ए’ मा आयोजक नेपालसहित…

Read More

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।  इदका अवसरमा आज शुभकामना दिँदै उनले मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको उल्लेख गरे ।  उनले शुभकामना सन्देशमार्फत भनेका छन् -‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन् । हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्त्व हुने गर्दछ । मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र…

Read More

कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अज्ञात छ ।    शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन् । घटनापछि प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए ।  बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन् ।

Read More

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अपराह्न पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। पहाडी भू-भागमा राति पनि क्षणिक वर्षाको सम्भावना रहेको छ। आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More