Author: Saru Shrestha

काठमाडौं – नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका(१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्का रहेका छन् । पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी उक्त तस्बिर राखी नक्कली प्रोफाइल बनाई तस्बिरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको र पीडितलाई भाइरल बनाउँछु भन्दै सम्पादित तस्बिरहरू पीडित लगायतका साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिने कार्यमा संलग्न खड्कालाई साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौँबाट बिहीबार पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी प्रहरीले…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी जसपा नेपालले प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेको छ । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले दलको विधान २०७८ को धारा १३ (१) अनुसार प्रदीप यादवलाई प्रमुख सचेतक नियुक्त गरेको बताएका छन् । प्रदीप यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Read More

काठमाडौँ – भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको चारआलीसम्म दोस्रो अन्तर्देशीय पाइपलाइन, भण्डारण डिपो निर्माणको समझदारी हुँदैछ । त्यस्तै भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न समझदारी हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए । प्रधानमन्त्रीको भारत भ्रमण र समझदारीको एजेन्डाबारे तयारी गरिरहेको नेपालस्थित भारतीय दूतावास र नेपाली अधिकारी बीच पेट्रोलियम पाइपलाइन परियोजनासहित दुई पक्षीय वाणिज्य व्यापारका एजेण्डामा सहमति जुटिसकेको छ । गत २७ र २८ पुस २०७६ मा भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत…

Read More

काठमाडौँ – काँग्रेस रूपान्तरण अभियानले मधेस प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार मधेस प्रदेश विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरुराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत सहभागी थिए। यसैगरी, नरेन्द्र नेम्वाङ, वंशीलाल तामाङ, उज्ज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवी हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, शैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, विनोद खनाललगायत पनि भेलामा उपस्थित थिए। नेता जगदीश्वरनरसिंह केसीका अनुसार अभियानका क्रममा पार्टीमा व्यापक…

Read More

काठमाडौँ – मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम घोषणा गरिएको छ। रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिएको हो। नेपाली टिमको प्रशिक्षकमा सामसन जङ्ग थापा रहेका छन्। नेपालले मलेसियासँग २९ मेदेखि सिरिज खेल्नका लागि मलेसिया भ्रमण गर्नेछ। नेपाली टिममा रु बिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दू बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, कजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी छन्। यस्तै प्रशिक्षक सामसन जङ्ग थापा छन् । सिरिज २९ मेमा सुरु भएर ४ जुनमा सकिनेछ। सिरिजका सबै खेल बाइएसडी-यूकेएम ओभलमा हुने क्यानको…

Read More

कैलाली – कैलालीबाट लागु औषध सहित १ जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नं.९ खक्रौला स्थित प्रहरी चेक पोष्ट नजिक भारतबाट नेपाल तर्फ पैदल हिड्दै आई रहेको अवस्थामा खैरो हेरोईन सहित जानकी गाउँपालिका वडा नं.२ का दिपेश चन्द पक्राउ परेका हुन् । चन्दलाई रोकी चेकजाँच गर्दा उनले लगाएको दाहिने खुट्टाको जुत्ता भित्र ५ ग्राम लागु औषध (खैरो हेरोईन) फेला परेको कैलाली प्रहरीले जनाएको छ । चन्दलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना राजनीतिक ब्युरो चिफसहित पुगेका चिनियाँ राजदूतसँग आसन्न भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीको कुरा भएको जनाइएको छ । प्रचण्ड प्रधानमन्त्री बनेको पाँच महिना भइसकेको हुनाले अब भ्रमण स्वभाविक कार्यसूची बन्ने स्रोतको भनाई छ । बेइजिङ भ्रमणका लागि गृहकार्य थाले पनि मिति भने दिल्ली भ्रमणपछि मात्रै तय हुने भएको छ ।

Read More

अमेरिकी राष्ट्रपति जो वाइडेनको हत्या गर्न खोजेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । बाइडेनलाई मार्ने उद्देश्यका साथ राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ को पर्खालमा ट्रक ठोक्काएको आरोपमा १९ वर्षीय साईवर्षित कान्डुला समातिएका हुन् । उनले सोमबार राति १० बजे बक्स ट्रक लगेर राष्ट्रपति निवासको भित्तामा ठोक्काएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनालगत्तै पक्राउ परेका कान्डूलामाथि राष्ट्रपति, उपराष्ट्रपति र उनीहरुको परिवारलाई सिध्याउन खोजेको आरोप लगाइएको छ । भारतीय सञ्चारमाध्यम एमडब्लु न्यूजका अनुसार कट्टरवादी सिद्धान्त बोकेका उनी ह्वाइट हाउसभित्र घुस्न चाहन्थे । तर, कडा सुरक्षाका कारण छिर्न सकिरहेका थिएनन् । त्यसपछि ह्वाइट हाउसभित्र छिर्न ट्रकलाई पर्खालमा ठोक्काएका हुन् । उक्त…

Read More

काठमाडौँ – पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ स्थित सोमनाथ खोला नजिकैको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ । बुटवल नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका छन् । वर्षाको कारण डाइभर्सन मर्मतमा समस्या भएको छ । सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाव घटेपछि मात्र मर्मतको काम हुने प्रहरीले बताएको छ । डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।

Read More

जापानमा बिहीबार एक जना आक्रमणकारीले दुई प्रहरीसहित तीन जनाको हत्या गरेका छन्। जापानी सञ्चारमाध्यमहरूका अनुसार मध्य जापानको नागानोमा ती आक्रमणकारी विभिन्न व्यक्ति गोली हान्नेसँगै चक्कु घोप्ने गरेका थिए। प्रहरीका अनुसार आक्रमणमा परी एक जना घाइते भएका छन्। ती पुरूष आक्रमणकारीले सैनिकको जस्तो लुगा लगाएको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी सुरू गरिसकेको छ। घटना भएको नाकानो क्षेत्रमा मानिसहरूलाई अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन भनिएको छ। जापानमा सर्वसाधारणले बन्दुक राख्न निकै कडा कानुनी व्यवस्था भएकाले गोलीकाण्ड बिरलै हुने गरेका छन्। बिहीबारको घटनामा संलग्न व्यक्तिले किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन।

Read More