Facebook Twitter Instagram
    MahendranagarPost
    Facebook Twitter Instagram
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • विचार
    • आन्तरिक मामिला
      • नेपाली सेना
      • नेपाल प्रहरी
      • राष्ट्रिय अनुसन्धान विभाग
    • मनोरञ्जन
    • विश्व
    • खेलकुद
    MahendranagarPost
    Home » पर्यटकको रोजाइमा पर्दै डोटीको छहरा झरना
    महेन्द्रनगर विशेष

    पर्यटकको रोजाइमा पर्दै डोटीको छहरा झरना

    Mahendranagar PostBy Mahendranagar PostJuly 31, 2022Updated:July 31, 2022No Comments3 Mins Read

    डोटी – मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय यो झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको छ ।

    जिल्लाभित्रका मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासी बताउँछन् ।

    छहरालगायतका क्षेत्रमा केही समय पहिले छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था पनि गरेको थियो । छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउनका लागि निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन बोर्डबाट विभिन्न बजेट विनियोजना गराउनु भई काम अगाडि बढाइएपछि अहिले यहाँ रमाउनकै लागि दैनिक सयौँ नागरिक आउने गरेको अर्का स्थानीयवासी सिद्ध जेठाराले बताए । उनले भने, ‘छहराको विकास तथा विस्तारका लागि करोडौँ रकम विनियोजन भएको छ, काम पनि सुरु भएको छ, पर्यटक पनि दैनिक सयौँको सङ्ख्यामा आउन थालेका छन् ।’

    झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयवासीले झरना, मन्दिर सडक, झरना तलाउमा पौडी खेल्नेलगायतको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै यसको प्रचार–प्रसारमा समेत जुटेका छन् । विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले विकास र विस्तार भएपछि र प्रायःगरी यहाँ बनेका संरचनाका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेकै कारण सबैको मुखमुखमा छहरा झरना झुन्डिदै गएको जोरायल गाउँपालिका–२ बुडरका पूर्व वडासदस्य तथा स्थानीयवासी शङ्कर रावलले बताए ।

    नाम मात्रै सुनेका र झरनाको तस्वीरमात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका स्थानीयवासी बताउँछन् । झरना अवलोकन तथा झरनामा रमाउनकै लागि यहाँ दैनिक सयौँ पर्यटक आउन थालेपछि अहिले यहाँको व्यापार व्यवसायमा थप वृद्धि भएको बुडरस्थित गुल्मेली होटलका सञ्चालक मनोज लामाले बताए । उनले भने, ‘वर्षा सुरु भएकाले अहिले झरनामा पानी बढेको छ, उक्त झरना अवलोकन तथा भ्रमणका लागि पर्यटक आउन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फष्टाएको छ ।’

    जिल्ला सदरमुकाम सिलगढीबाट तीन घण्टा तथा कैलालीको अत्तरियाबाट दुई घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ । कतिपय युवाहरू समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । आन्तरिक पर्यटक आउने तथा एक–दुई दिन यतै बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटल व्यवसायीहरू बताउँछन् ।

    जोरायल गाउँपालिकाले छहरा झरना क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था गरेको छ । कच्ची सडकमा पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ । यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउनका लागि सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

    बुडरको छतिवनसहित डोटी जिल्लामा रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ । आन्तरिक तथा बाह्य पर्यटक बढेपछि आर्थिक अवस्थालगायतका क्षेत्रमा सुधार हुने ठूलो सम्भावना रहेको पर्यटक व्यवसायी दीपकबहादुर खड्काले बताए ।

    Facebook Comments Box

    Author

    • Mahendranagar Post
      Mahendranagar Post

      View all posts

    छहरा झरना जोरायल गाउँपालिका–२ छतिवन

    सम्बन्धित समाचार

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 2023

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 2023

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 2023

    Comments are closed.

    भर्खरै

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 20233 Views

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 202344 Views

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 20236 Views

    धनगढीमा यस्तो पनि, १२ विद्यार्थी पढाउन २ शिक्षक !

    June 9, 202315 Views
    Stay In Touch
    • Facebook
    • Twitter

    महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।

    Facebook Twitter
    लोकप्रिय

    धनगढीमा ग्याङ्ग फाइट: खुकुरीसहित पक्राउ परेका को हुन् ?

    June 4, 2023

    डडेल्धुरामा बाख्रा बचाउने क्रममा जीप दुर्घटना

    June 9, 2023

    हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पाल यस्ता ‘सेक्सी’ कथा सुनाउथे

    June 9, 2023
    सम्पर्क

    अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित
    सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७

    अध्यक्ष/प्रधान सम्पादक: रवि धामी
    सम्पादक: टेकसिंह धामी
    विज्ञापनका लागिः ९८६४७५१८८२
    प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर)
    Email: mahendranagarpost@gmail.com

    Facebook Twitter Instagram Pinterest
    • होमपेज
    • समाज
    • महेन्द्रनगर विशेष
    © 2023 mahendranagarpost.com Designed by GoSA Desktop.

    Type above and press Enter to search. Press Esc to cancel.