धनगढीः कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बेहराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। उनी मंगलवार बिहान माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन्।
शिवशंकर सामुदायिक वनमा माटोको ढिस्कोमा पुरिएकी बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ।
Facebook Comments Box