Author: Mahendranagar Post

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीका का पाँचजना सांसदहरूले समर्थन नरहेको भन्दै पत्र बुझाएका छन्। आज एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको भन्दै उनीहरूले पत्र बुझाएका हुन्। उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन्। उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन्। जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी, नाउपा र स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।

Read More

धनगढीः कैलालीमा एक जनाको गहुँबालीमा आज (बिहीवार) आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका ४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा आगलागी भएको हो। आगलागीबाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। विधुतको तार सर्ट हुदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको पुर्ण विवरण आएको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ ।नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन ।

Read More

धनगढी : नेकपा एमालेले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारीलाई समर्थन नगर्ने भनेपछि सुदूरपश्चिममा सरकार गठनमा फेरि खटपट भएको छ । एमालेले मुख्यमन्त्री समाजवादीलाई नै दिएपनि पात्र परिवर्तनको अडान कायमै राखेको छ । नेकपा एकीकृत समाजवादी संसदीय दल र केन्द्रीय सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । एमालेले सोडारी विवादास्पद ब्यक्ति भएकाले उनलाई समर्थन गर्न नसकिने प्रतिक्रिया दिएको छ । ‘हामीलाई पार्टी केन्द्रले यसलाई समर्थन गर भनेर भनेको छैन । हामी पार्टी केन्द्रको निर्णय कुरिरहेका छौं । पार्टी केन्द्रले जसलाई भन्छ, हामी त्यसलाई समर्थन गर्छौं’ एमाले संसदीय दलका नेता राजेन्द्रसिह रावलले भने । तर स्रोतले…

Read More

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का भोजराज भट्टले बिहीबार आफ्नो घर अडाडि एउटा पर्स फेला पारे । पर्स खोलेर हेर्दा अन्दाजी ५ तोला सुनका गहना, एप्पलको आइप्याड, केही नगद र कागजातहरु थिए । त्यसपछि उनले उक्त पर्स जिल्ला प्रहरी कार्यालयमा बुझाए । ‘उक्त पर्स सोही जिल्लाकै पुनम जोशीको रहेछ । उनले पर्स हराएपछि वडा प्रहरी कार्यालयमा निवेदन दिएकी रहेछिन् । त्यसपछि प्रहरीले उनलाई बोलाएर हराएको पर्स ममार्फत बुझाएको छ ’ उनले भने । उक्त पर्स पाएपछि पुनमले आफूप्रति आभार प्रकट गरेको भट्टले बताए ।

Read More

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा रिहा भएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार लामालाई उच्च अदालतमा उपस्थित गराए पनि अदालतले रिहा गर्न आदेश दिएको हो। लामाले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिसकेको र सर्वोच्च अदालतले उनलाई तारेखमा राखेर मुद्दाको किनारा लगाउने आदेश गरेको पाइएपछि उनलाई रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए। यसअघि उनले सर्वोच्चमा पुनरावेदन गरेको नदेखिएको भन्दै उच्च अदालतकै फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको थियो। बुधबार पेप्सीकोलाबाट पक्राउ परेका लामालाई हिजो बिदा भएकाले अदालत लगिएको थिएन। दावालाई लागु औषधसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले ५ वर्ष कैद…

Read More

काठमाडौं : मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा गरिएको नियुक्ति हालसम्म अवैध नै छ। मुख्यसचिवबाट राजीनामा दिन लगाएर वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार भनेर गरिएको नियुक्ति संविधान र कानुनी तवरले वैध मानिएको छैन। २०८० जेठ ३२ गतेको मन्त्रिपरिषद् बैठकबाट वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको थियो। वैरागीको कार्यकाल २०८० असोज १४ सम्म थियो। तर, उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेर डा.वैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त गरियो । मुख्यसचिव पद छाड्नका लागि वैरागीलाई ठूलै रकम दिएको भनी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका विकल पौडेलले बयान दिएको विषय पनि यसबीचमा चर्चामा आएको थियो । वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउनका लागि…

Read More

काठमाडौँ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल बिस्तार गरेका हुन् । मन्त्रालय बाँडफाँडमा सहमति जुटे लगत्तै मुख्यमन्त्रीले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागबन्डामा परेको छ ।मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका…

Read More

धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो । साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको स्रोतले जानकारी गराएको छ । छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो । ‘सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ,’ बैठक स्रोतले भन्यो । केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा भएको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय…

Read More