Author: Dipak Dhamala

काठमाण्डाै – नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका बालबालिकाका लागि आउँदो १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गइ खोप लगाउन मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ । मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

Read More

बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले हिजो पदबाट राजीनामा दिनुभएको छ । विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई धम्की दिएको आरोपपछि उहाँले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ । सरकारी कर्मचारीसँग गरेको व्यवहारबारे औपचारिक उजुरीपछि राबले गएको नोभेम्बरमा नै जाँचको अनुरोध गर्नुभएको थियो । लगत्तै प्रधानमन्त्री ऋषि सुनकले वरिष्ठ वकिल एडम टालीलाई स्वतन्त्र अनुसन्धानको नेतृत्व गर्न नियुक्त गर्नुभएको थियो । राबले ट्विटमार्फत् प्रधानमन्त्रीलाई सम्बोधन गरी राजीनामाको जानकारी गराउनुभएको छ । उहाँ आफ्नो व्यक्तिगत आचरणका कारण सुनक नेतृत्वको सरकारबाट राजीनामा दिने तेस्रो वरिष्ठ मन्त्री हुनुहुन्छ । यसअघि मन्त्रिपरिषद्का सदस्य गेभिन विलियम्सनले गएको नोभेम्बरमा राजीनामा दिनुभएको थियो । त्यस्तै प्रधानमन्त्री सुनकले जनवरीमा कन्जरभेटिभ पार्टीका…

Read More

काठमाण्डाै – चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका छन् । आवश्यक चुनावी सामग्री पनि पुर्याइसकिएको आयोगले जनाएको छ । उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ। उपचुनाव हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्बाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ । त्यस्तै, सुरक्षा…

Read More

धनगढीः सदूरपश्चिको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अपतालमा पहिलो पटक दूरबिन विधिबाट मृगौलाको शल्यक्रिया गरिएको छ। कैलालीको कैलारी गाउँपालिकाकी ४९ वर्षीया एक महिलाको बुधवार शरीरमा सानो प्वाल पारेर मृगौलाको शल्यक्रिया गरिएको हो। सेती अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर सुरेन्द्र बस्नेत नेतृत्वको टिमले पत्थरीका कारण बायाँ मृगौला काम नलाग्ने भएको अवस्थामा दूरबिन विधिबाट पहिलो पटक सेतीमा सफल शल्यक्रिया  भएको बताए। बुधवार शल्यक्रिया गरिएकोमा आज शुक्रवार बिरामीलाई डिस्चार्ज गरिने डाक्टर बस्नेतले बताए। काठमाडौंको वीर अपतालबाट एमसिएच युरोलीजी गरेका डाक्टर बस्नेतसँगै डाक्टर जोनस तिवारी, डाक्टर कपिल गौतम, डाक्टर दिपेशद श्रेष्ठ, क्षितिज विक्रम र नर्सिङमा सनिता कोइराला, पविता कोइराला, लक्ष्मी उपाध्याय, जनाकी पाण्डे, लालु…

Read More

डडेल्धुराः डडेल्धुरामा ढुंगा प्रहारबाट एक महिलाको हत्या गरिएको छ। जिल्लाको परशुराम नगरपालिकामा–४ रज्यौडाका गोपाल राउटेले बिहीवार राति परशुराम–५ बसगौरा बस्ने ६३ वर्षीया गोमति थापा मगरलाई ढुंगा प्रहार गरि हत्या गरेका हुन्। घटनाबारे थप अनुसन्धान भैरहेको डडेल्धुरा प्रहरीले जनाएको छ। ढुंगा प्रहार गर्ने राउटे फरार रहेका छन्। प्रहरीले उनलाई खोजी कार्य गरिरहेको जनाएको छ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ । दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए । प्रहरीले गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दैछ । कीर्तिपुर मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । नेपालको यो ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । मङ्गलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । त्यस्तै बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । त्यस्तै, एसीसी प्रिमियर कपको आजको अर्को खेलमा मूलपानीमा यूएई र हङकङबीच खेल हुँदैछ । १० देश सहभागी प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । प्रिमियर कपको समूह ’ए’ मा नेपाल,…

Read More

काठमाण्डाै – सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हट्न थालेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाउन थालेको हो । यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक प्रदान गरेको थियो । तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले भेरिफाइड अकाउन्टबाट ब्लु टिक हटाएर शुल्क तिर्न दबाब बढाएको हो । मस्कले ९ दिनअघि २० अप्रिलपछि पैसा नतिर्ने अकाउन्टको ब्लु टिक हट्ने भन्दै ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने बताएका थिए । ब्लु टिकका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ ।

Read More

दार्चुला – जिल्लाको नौगाडमा मृत भेटिएका किशोर—किशोरीको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटना भएको साता बितिसक्दा पनि अझै त्यसको गाँठी कुरो भने खुलेको छैन् । गत चैत्र ३० गते नौगाड गाउँपालिका–४ होेपरीका १८ वर्षीय दीपेन्द्र ठगुन्ना र नौगाड—४ डाँडागाउँकी १७ वर्षीय सञ्जिला धामी मृत अवस्थामा फेला परेका थिए । पीडित परिवारले घटनाको सत्य, तथ्य छानविनका लागि प्रहरीमा जाहेरी दिएका छन् । नौगाड गाउँपालिका–४ बौला सल्याडनजिक मृत भेटिएका ती युवा युवती प्रेम सम्बन्धमा थिए। सञ्जिलाको शव चोटपटक लागेको अवस्थामा भेटिएको थियो। त्यसकै केही तल भिरमा दीपेन्द्रको शव भेटिएको थियो । ‘घटना अनुसन्धान जारी छ,अझै मृत्युको कारण खुलेको छैन,’ जिल्ला…

Read More

बलिउड अभिनेत्री इलियाना डि क्रुजले आफू गर्भवती भएको खुलासा गरेकी छन्। उनले हालै इन्स्टाग्राममार्फत आफू गर्भवती रहेको खुलाएपछि बलिउडमा तहल्का मच्चिएको छ। इलियाना गर्भवती रहेको खबर अन्य अभिनेत्रीको तुलनामा चर्चामा यो कारणले छ कि उनले न विवाह गरेकी छन्, न त आफ्नो प्रेमीबारे खुलासा नै गरेकी छन्। उनले इन्स्टाग्राममा सेयर गरेको तस्वीरमा शिशुको कपडाका साथमा आफ्नो बच्चाको साथ छिट्टै भेट्नका लागि आतुर रहेको उल्लेख गरेकी छन्। उनको यो तस्वीरमा धेरैले बधाई दिनुका साथै हुनेवाला बच्चाको पीताको बारे चासो राखेका छन्, तर यसबारे उनी मौन छिन्। केही वर्षअघि इलियाना अस्टेझलियाली फोटोग्राफर एन्ड्रयु निबोनका साथ प्रेम सम्बन्धमा रहे पनि उनीहरु सन् २०१९…

Read More