Author: Saru Shrestha

धनगढी- सुदूरपश्चिममा कोरोना सङ्क्रमणको जोखिम बढेको छ। भारतीय सीमानाका तथा अन्य मुलुकबाट नेपाल आउनेहरुमा कोभिडको संक्रमण देखिन थालेपछि जोखिम बढेको हो। जोखिम बढेसँगै प्रदेशका विभिन्न स्थानीय तह तथा सबै जिल्लाहरुमा पूर्वतयारी थालिएको छ। भारतसँग सीमा जोडिएका जिल्लाहरुमा नाकामा चेकजाँच पनि कडाइ गरिएको छ। यस्तै अन्य जिल्लाहरुमा पनि पूर्वतयारीका विभिन्न कार्यक्रमहरु थालिएका छन्। स्थानीय तहहरु तथा अस्पतालहरुले जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन पनि निर्माण गरिरहेका छन्। जिल्ला अस्पताल बैतडीको नयाँ भवनमा मात्रै कोरोना सङ्क्रमितको उपचारका लागि १० शय्याको आइसोलेसन तयार पारिएको बताइएको छ। यस्तै जिल्ला अस्पतालामा पनि आइसियुसहितको चार शय्याको आइसोलेसन तयार पारिएको छ। यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर प्रस्ताव भएका छन् । उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् । त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

Read More

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितहरूलाई उजुरी दर्ताको लागि आह्वान गरेको छ। एक सूचना जारी गर्दै तथ्य प्रमाणसहित पीडितहरूलाई मिटरब्याजीविरुद्ध उजुरी दर्ताका लागि आह्वान गरेको हो। मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका समाचारहरू प्रकाशन भइरहेको परिपेक्षमा उजुरी दर्ता गर्न आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ। यसअघि गृह मन्त्रालयले पनि मिटरब्याजीविरुद्ध उजुरी दर्ताको आह्वान गरेको थियो।

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाको वडा नम्बर-१२ मा स्थानीय युवाहरुले वृक्षारोपण गरेका छन्। शनिबार युवाहरुले वृक्षारोपण गरेका हुन्। यस्तै ‘हाम्रो धनगढी हामी बनाउछौं’ अभियान अन्तरगत धनगढी वडा नम्बर-१५ कनरीमा रहेको जनजागृती आधारभुत विद्यालयमा सरसफाइ पनि गरिएको छ।

Read More

महेन्द्रनगर – कञ्चनपुरमा गोहीको उद्धार गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका १३ बडैपुरमा पोखरीमा माछा खान आएको गोहीको उद्धार गरिएको हो। स्थानीय माछा पालक किसान गोपाल नेगीको माछा पोखरीमा माछा खान आएको गोहीलाई समातेर शुक्लाफाँटा निकुञ्जको जिम्मा लगाइएको नेगीले बताए।

Read More