Author: Saru Shrestha

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूले बयानमा नाम लिएका र कुनै न कुनै रूपमा संलग्नता देखिएकाहरूमाथि फेरि अनुसन्धान हुने भएको छ । ३० जना विरुद्ध अदालतमा मुद्दा पेस गर्ने क्रममा सरकारी वकिलको कार्यालयले पक्राउ परेकाहरूले बयानका क्रममा नाम लिएका तर अहिलेसम्म छानबिनको दायरामा नआएकाहरूको हकमा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । सरकारी वकिलको कार्यालय, काठमाडौँले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिवादीहरूको बयान पोलमा परी खुलाइ दिएका व्यक्तिहरूको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसुर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दाबी लिई अभियोग-पत्र पेस गरिने ब्यहोरा सादर अनुरोध छ ।’

Read More

धनगढीः धनगढीको एक कटेजमा आगलागी भएको छ। आज धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा रहेको सो हाईवे कटेजमा आगलागी भएको हो। ६ लेन सडकको छेउमै रहेको सो कटेजमा आगलागी भएको प्रहरीले जनाएको छ। भने आगलागीको कारण र विस्तृत विवरण आउन बाँकी छ।

Read More

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक वसन्त कुँवरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएको भन्दै आपत्ति जनाएको छ। बुधबार नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हुन् । नक्कली शरणार्थी प्रकरणमा आईजीपीकै भूमिका शङ्कास्पद रहेको विषयमा कुनै सत्यता नभएको भन्दै उनले आपत्ति जनाएका छन्। ‘कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरू प्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ । कुनै दुई…

Read More

कैलाली: कैलालीको घोडाघोडी नगरपालिका ७ करैँचाका १९ वर्षीय खडक बोहरा जीवन र मृत्युको दोसाँधमा छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कानुन संकायमा अध्ययनरत उनी मृत्युसँग लडिरहेका छन् । क्रिकेट खेल्ने क्रममा घाइते भएका उनको पाखुराको हड्डि भाँचिएको छ । उनलाई उपचारका लागि दिल्ली लगिएको छ । उनको अप्रेसन गर्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोगको आग्रह गरिएको छ । एभरेष्ट बैंकको खडक बोहराको खाता नम्बर ०६०००५०१२०६०७५ मा पैसा हालेर सहयोग गर्न आग्रह गरिएको छ ।

Read More

बाजुरा: बाजुरामा भिरबाट लडेर १० वर्षीया बालिकाको मृत्यु भएको छ। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-८ पुजारी टोलकी १० वर्षीय ललिता रावलको भिरबाट लडेर मृत्यु भएको हो । मङ्गलवार सदरमुकाम मार्तडी नजिकैको झाल्या लेकबाट घरका लागि हिँडेकी ललिता भिर बाटो भन्ने ठाउँ बाट लडेर घटना स्थलमै मृत भेटिएकी उनका शिक्षक बलवान् अयडिले बताए। बालमन्दिर आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा ललिता आमा कमला रावलसँग गाई वस्तु हेर्न लेक तिर गएकी थिइन्।

Read More

धनगढी: आज (बुधबार) टीकापुर बहुप्राविधिक शिक्षालयको विद्यार्थी कल्याण समितिले सर्पको टोकाई सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ। आज सो कार्यक्रम सम्पन्न गरिएको कल्याण समितीका अध्यक्ष कपिल बिष्टले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथी टिकापुर बहुप्राविधिक शिक्षालय क्याम्पसका उपप्रमुख सुसिला शर्मा थिइन्। सर्पको टोकाई सम्बन्धि सचेतना कार्यक्रमका प्रशिक्षकका रुपमा लक्ष्मण उपाध्यक्ष थिए। कार्यक्रममा विश्वमा पाईने सर्पहरु र नेपालमा पाइने सर्पहरुको बारेमा चर्चा भएको थियो। यस्तै कार्यक्रममा सर्पबाटलाई कसरी बच्ने, सर्पलाई कसरी पहिचान गर्न सकिन्छ ? र कुन सर्प कति विशालु हुन्छ भन्ने बिषयमा छलफल गरिएको थियो। सचेतना कार्यक्रममा करिव २०० जना विद्यार्थीको उपस्थिति थियो।

Read More

धनगढी – कैलाली जिल्लाको चुरे गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य व्यहवार प्रवद्र्धन परियोजना शुरु भएको छ । जापानको सरकारको आर्थिक सहयोग, परराष्ट्र मन्त्रालय र आम्दा माइन्डको नेतृत्वमा फाया नेपालले आगामी तीन वर्षसम्म चुरेमा सो परियोजना सञ्चालन हुन थालेको धनगढीमा बुधबार आयोजित कार्यक्रममा बताइएको छ । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले मातृ तथा बाल स्वास्थ्य व्यहवार प्रवद्र्धन परियोजनाले मातृ तथा बाल मृत्यु दर कम गर्न सहयोग पुग्ने बताए । उनले कैलालीका अन्य पालिकाभन्दा चुरे गाउँपालिका स्वास्थ्य अवस्था कमजोर भएकोले सो पालिकामा मातृ तथा बाल स्वास्थ्य व्यहवार प्रवद्र्धन परियोजना सञ्चालन हुनु उपयुक्त रहेको बताए । फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर…

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ। युवराज पौडेलले सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको हो। उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ । चितवन २ बाट निर्वाचित लामिछानेको यसअघि पनि सांसद पद खोसिएपछि उनी पुन: उपनिर्वाचनमा निर्वाचित भएर आएका हुन्।

Read More

काठमाडौँ – संघीय संसद्को संयुक्त समितिको बैठक स्थगित भएको छ । बैठक यही जेठ १४ गतेसम्मका लागि स्थगित भएको हो । बुधबार अपराह्न ४ बजे बसेको बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा २०८० को प्रतिवेदन प्रस्तुत भई सैद्धान्तिक छलफल भएको छ । सैद्धान्तिक छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सहभागी भए । सभामुखले नियमावलीको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको छ । सो मस्यौदा प्रतिवेदनमाथि ७२ घण्टाभित्र प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन प्रस्ताव पेस गर्न सकिनेछ ।

Read More

अछाम – विद्युत लाइन जोड्दा करेन्ट लागेर अछामको मेल्लेख गाउँपालिकामा एकजनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुसकोट सेलगाउँका ३१ वर्षीय सर्जन साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज मंगलवार गाउँको एक विद्यालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ ।

Read More