Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो । भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो। भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो। मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। २२ हजार भन्दा घाइते भए। पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए। दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो ।  यो भूकम्पका…

Read More

काठमाडौं : नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका थानीले आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि उनीहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । थानी आजै अपराह्न स्वदेश फर्किनेछन् ।

Read More

काठमाडौं : इलाम-२ र बझाङ-१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ। प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १(१) मा ११ उमेदवार प्रतिस्पर्धामा छन् ।

Read More

गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ । यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।

Read More

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै  भेट्टायो । लखनउका मार्कुस स्टोइन्सले अविजित १ सय २४ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । उसका कप्तान रितुराज गायकवाडले शतक बनाए । उनले अविजित १ सय ८ रन जोडे । त्यस्तै शिवम दुवेले ६६ रन बनाए । जितसँगै लखनउको ८ खेलमा १० अङ्क भएको छ । लखनउ तालिकाको…

Read More

धनगढी: सुदूरपश्चिम घर भएका नेपाली सेनाका ३ कर्मचारी गायब भएका छन्। स्रोतका अनुसार उनीहरू बिदा मागेर फिर्ता नआएको बताइएको छ। यसरी भगौडाको सूचीमा पर्नेमा दार्चुला घर भएका सिपाही रमेशसिंह खाति छन्। उनी गत वर्षको चैत २२ गते एक दिने बिदा मागेर गएकोमा फर्किएका छैनन्। उनी दार्चुलाका दलजित सिंह खातिका नाति एवं धनसिंहका छोरा हुन्। यस्तै पाँच दिन बिदामा बसेका कैलालीको लम्कीचुहा घर भएका सिपाही दिनेश भुल पनि सम्पर्कमा नआएको बुझिएको छ। कैलालीको लम्किचुहा नगरपालिका ९ का खन्टे भुलका नाति एवं गर्वेका छोरा उनी घरायसी समस्या परेको भन्दै चैत १५ गतेबाट बिदामा थिए। यता, कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएका गणेशबहादुर…

Read More

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागिता जनाएका छन् । फ्रान्सको लियोनमा वैशाख आजदेखि १३ गतेसम्म सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा डीआईजी कुँवर सहभागी भएका हुन् । हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ। सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुनेछ। सम्मेलनका क्रममा नेपालले भारत, चीन, जापान, मलेसियालगायतका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट २० वर्षीया चेतना सेट्टी अवस्थी लागुऔषधसहित पक्राउ परेकी हुन्। आज (मंगलबार) साँझ ३६० मिलीग्रामी लागुऔषधसहित धनगढी उपमहानगरपालिका–३ बस्ने चेतनालाइ वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : कर्णाली प्रदेशमा सत्तारूढ दलहरूले मन्त्रालयको भागबण्डा टुंग्याएका छन्। मंगलबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माबीच भएको छलफलबाट मन्त्रालय भागबण्डा टुंगिएको हो। यसअघि भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन। जसले गर्दा चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले एक्लै मन्त्रालय सम्हालेका थिए। सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ। एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र…

Read More

धनगढी : बैतडीमा पासोमा परेको चितुवाको आज उद्धार गरिएको छ। सिगास गाउँपालिका–९ चुवाँ भेरिखोलामा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको हो। डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो। पशु चिकित्सकले उपचार गरेपछि चितुवालाई सिगास संरक्षित वनमा छाडिएको उनले बताए। चितुवाको खुट्टामा सामान्य चोट रहेकाले उपचारपछि सिगास संरक्षित वनमा छाडिएको हो। स्थानीयले थापेको पासोमा परेको अन्दाजी दुई वर्षको चितुवालाई स्थानीयले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबरपछि उद्धार गरिएको हो।

Read More