Author: Mahendranagar Post

धनगढी: राष्ट्रिय जनमोर्चाको कैलाली पाँचौ जिल्ला सम्मेलनले जगतप्रसाद जोशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मिलन शाही, सचिवमा मेरजन शाही, कोषाध्यक्षमा कुन्ती पाण्डेय र सहसचिवमा अञ्जना मास्के छानिएका छन् । २३ सदस्यीय कमिटीमा १९ जना पूर्ण र चार जना वैकल्पीक सदस्य चुनिएका छन् । सो सम्मेलनको उद्घाटन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले अमेरिकी साम्राज्यबाद र भारतिय विस्तारबादका कारण नेपाली राष्ट्रियता कमजोर हुन थालेकोले त्यसका विरुद्ध लड्न जरुरी भएको बताए । उनले संघीयता खारेज नहुँदासम्म मुलुकको प्रगति नहुने पनि बताएका थिए ।

Read More

मध्यविन्दु (नवलपरासी) : प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका उनी २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहेकानेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताए । “२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उनले भने, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत…

Read More

काठमाडौं : कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका-४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल समेतको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भई सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ कुमारीपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

Read More

काठमाडौँ: डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव ब्यारेक ल्याउन लागिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता तथा इन्सपेक्टर कमल क्षेत्रीले शव ब्यारेक ल्याउन लागिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। त्यसपछि मेजरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने छ। काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए। उनको शव आज डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा फेला परेको थियो। भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि…

Read More

वेदकोट: कञ्चनपुरमा केही सातायता डेंगु रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु रोगका सङ्क्रमित भेटिएका छन् । यहाँ डेंगुको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो । बेलौरी नगरपालिकाका २८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने, “जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेंगुको सङ्क्रमण बढिरहेको देखिन्छ ।” उनका अनुसार सबैभन्दा बढी डेंगु रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन् । भीमदत्तका ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मन्त्र हस्पिटलमा १२,…

Read More

काठमाडौँ: कोशी प्रदेश प्रहरी गण रानीमामा कार्यरत वरिष्ठ सई लक्ष्मण महतराले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको उजुरी परेपछि छानबिन थालिएको छ । उनले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको भन्दै २१ साउनमा प्रहरी प्रधान कार्यालयमा ​बेनामे उजुरी दर्ता भएको थियो । चोरीको मोटरसाइकलमा प्रदेश नं. १–०१–०१३ प ७०२२ नम्बर राखेर कुदाउने गरेको भन्दै महतराविरुद्ध उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा छानबिनको लागि पत्र पठाएको थियो । प्रदेश प्रहरी कार्यालयले उजुरीउपर छानबिन भइरहेको जनाएको छ । सई महतरा यसअघि इलाका प्रहरी रानी, विराटनगरमा लेखापालको रूपमा कार्यरत थिए। उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन्। इप्रका रानीमा हुँदादेखि…

Read More

काठमाडौँ: प्रहरी प्रभाग, बूढानीलकण्ठ काठमाडौंमा कार्यरत वरिष्ठ हवल्दार विष्णु सिंह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उनले बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने भन्दै घुस मागेको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौँ: नेपाली सेनाका गुल्मपतिको शव फेला परेको छ। भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव फेला परेको बताइएको छ। डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो। मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको हो। भदौ १० गते अपरान्ह साढे ४ बजे सुरक्षा गार्ड समेत नलगी उनी एक्लै इभिनिङ वाकका लागि ब्यारेकबाट निस्केका थिए। सम्पर्कविहीन भएको १७ दिनपछि उबको शव फेला परेको प्रहरीले जनाएको छ।

Read More

मकवानपुर: हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ । उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म तीन सय २९ जनामा डेङ्गु फेला परेको छ । त्यसैगरी थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११, बागमती गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा दुई, भीमफेदी गाउँपालिकामा दस, वकैया गाउँपालिकामा १४ तथा विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा एकजना डेङ्गु सङ्क्रमित फेला परेको छ । उक्त कार्यालयको विवरणअनुसार सो अवधिमा जिल्लामा एक पुरुषको…

Read More

काठमाडौँ: आज सुनको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज पनि हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेर तोलाको एक हजार ४०५ रुपैयाँ कायम भएको छ ।

Read More