Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयको सचिव हुँ भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालयको माननीय मन्त्रीको निजी सचिव, स्वकीय सचिवलगायत मन्त्रालय मातहतको कार्यालयको प्रमुख हुँ भनी ठगी गर्ने अम्मरराज सेजुवाल पक्राउ परेका हुन् । अनुसन्धान गर्दै जाँदा कालिकोट शुभकालिका गाउँपालिका ८ मुग्राह घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा ४ खजुरा बस्ने वर्ष २९ को सेजुवाललाई पक्राउ गरिएको कैलालीका डिएसपी कुलदीप चन्दले बताए । मोबाइल र विभिन्न सामाजिक संजालको प्रयोगबाट मन्त्रालय अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरु समेतबाट नगद जिन्सी रकम माग राख्ने गरेको हुँदा आम नागरिकलाई सतर्क रहन…

Read More

काठमाडौं : बीपी कोइराला गृहमन्त्री हुँदा २००८ सालमा स्थापित संस्थाको ७०औं वार्षिकोत्सव मनाउन छाडीछाडी कोही पदाधिकारी विदेशीको निम्तो मान्न कुद्छ भने त्यसलाई कस्तो राष्ट्रसेवक भन्ने ? यस्तो प्रश्न उठेको छ, सिंहदरबार, पुतली बगैंचास्थित गुप्तचर विभागमा । अघिल्लो महिना भदौ १२ गते विभागको वार्षिकोत्सव मनाउन छाडेर गुप्तचर प्रमुख हुतराज थापा अघिल्लै दिन दक्षिण कोरियातिर हान्निएका थिए । अहिले भारत जाने तयारीमा छन् । कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय उताको गुप्तचर टोलीलाई वैशाख १ गते स्वागत सत्कार गरेका थिए । त्यसको पैँचो खान संस्थाको वार्षिकोत्सव छाडेर त्यता लागे । कोरियाबाट नेशनल इन्टेलिजेन्स सर्भिसका एसिया प्यासिफिक चिफ किम हाओनले निम्तो पठाएको लगत्तै…

Read More

काठमाडौं: कैलालीका प्रकाश खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको पाइएको छ। जिल्लाको टीकापुर घर भएका खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। ज्यान मार्ने उद्योगसम्बन्धिको मुद्दामा खड्कालाई पक्राउ गर्न पुर्जी जारी गरिएको टिकापुर प्रहरी स्रोतले जनायो। स्रोतका अनुसार काठमाडौंस्थित महाराजगन्ज प्रहरी वृतबाट पक्राउ पुर्जी जारी भएकोले खड्कालाई समात्न भन्दै टिकापुर प्रहरीलाई पत्रसमेत काटिएको छ। दुई दिनअघि खड्कालाई समात्न भन्दै काठमाडौंबाट पत्र आएको टिकापुर प्रहरी स्रोतले पुष्टि गरेको छ। खड्का नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमका नवनिर्वाचित सचिव समेत हुन्।

Read More

धनगढीः आफ्नो नगरक्षेत्र भित्रका खोलानालाको अतिक्रमण हटाउन धनगढी उपमहानगरपालिकाले सूचना जारी गरेको छ। उपमहानगरपालिकाको १ देखि १९ वडाका क्षेत्रभित्रका प्राकृतिक ताल तथा खोलानाला अतिक्रमण गरी बनाइएका भौतिक संरचना असोज महिना भित्र हटाउन नगरपालिकाले आग्रह गरेको छ। उपमहानगरले खोलानाला अतिक्रमण गरेर बनाइएका भौतिक संरचना नहटाएमा तथा अटेरी गरेमा संरचना धनीलाई स्थानीय सरकार संञ्चालन ऐन, २०७४ तथा प्रचलित कानूंन बमोजिम कारबाही गर्ने समेत जनाएको छ।

Read More

काठमाडौं : पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेर १० वर्षे जनयुद्धका घाइते पूर्वमाओवादी लडाकुहरुले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् । जनयुद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग राखेका छन् । पूर्वलडाकु तथा घाइतेहरुको कुरा सुनिसकेपछि उपप्रधान एवम गृहमन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न दलसँगको समीकरणको सरकार बनाएका कारण पूर्वलडाकु तथा घाइतेका समस्या समाधान गर्न नसकिएको स्वीकार गरे । आफ्नो पार्टी नेतृत्वको सरकारमा…

Read More

धनगढी: कैलालीको धनगढीमा यौनधन्दा गराएको आरोपमा २ होटल मालिक पक्राउ परेका छन्। धनगढीको राजपुरस्थित कार्की होटल र पुरानो भन्सार रोडमा रहेको बागेश्वरी होटलबाट साहुसहित जोडीलाई समातिएको हो। गोप्य सूचनाका आधारमा होटेलमा छापा हान्दा वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई समातेको हो। कार्कीका साहु रनसिंह कार्की हुन् भने बागेश्वरीका साहु भुवन मल्ल हुन्।

Read More

भक्तपुर : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो सांस्कृतिक भ्रमणका सिलसिलामा आज भक्तपुर पुगेका छन् । उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको छ । भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका थिए भने स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या उल्लेख्य मात्रामा रहेको थियो । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो ।

Read More

काठमाडौँ : धनगढी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका जेष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको छ। आज धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमका बीच नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाउँदै सम्मानसहित बिदाइ गरेको छ। नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानालगायत जनप्रतिनिधिले टीका र खादा लगाएर बाजागाजासहित जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि धनगढीबाट बिदाइ गरेका छन्। उनीहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन्। ज्येष्ठ नागरिकलाई सम्मान र जेष्ठ नागरिकका लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन जेष्ठ नागरिकलाई उपमहानगरको खर्चमा तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताएका छन् । साथै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने मेयर हमालको भनाइ छ। उपमहानगरले आफ्नो वार्षिक…

Read More

बेइजिङ : परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन् । बेइजिङस्थित नेपाली राजदूतावासमा आज आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चामत्कारिक आर्थिक प्रगति प्रशंसा गरे । उनले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताए । ‘नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यहाँहरूले निरन्तर काम गरिरहनुभएको छ’, नेपाली समुदायलाई सम्बोधन गर्दै उनले भने, ‘दुई देशबीचको शताब्दीयौँदेखि घनिष्ट एवं मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हितका विषयमा सहकार्य अभिवृद्धि गर्दै जाने दिशामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यो औपचारिक भ्रमणलाई दुवै पक्षले अत्यन्त महत्त्वपूर्ण…

Read More

बाजुरा : बाजुरामा मिनी ट्रक  दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्लाको जगन्नाथ गाउँपालिका- ३ कर्णाली करिडाेर अन्तरगतको बेर्नामा मिनी ट्रक दुर्घटनामा परेको हो। सुर्खेतबाट खाद्यान्न सामान बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश -०२-००१६- ०५५७ नम्बरको मिनी ट्रक जगन्नाथ गाउँपालिकाकाे बेर्मा बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक भण्डारीका अनुसार ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका- ४ का अन्दाजी ३६ वर्षीय देवीराम सिजापती गम्भीर घाइते भएका छन् ।उनको खुट्टा भाचिएको र टाउकोमा समेत चोट लागेको छ। उनको अवस्था…

Read More