Author: महेन्द्रनगर पोष्ट

धनगढी : क्यान महासंघ सुदुरपश्चिम पदेशको सातौ सधारण सभा सम्पन्न भएको छ । प्रदेश राजधानी धनगढी स्थित होटल ईमेजमा भएको संघको बार्षिक सधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्यान महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष धन ब. बोगटीको अध्यक्षतामा सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वतावरण मन्त्री रमेश धामीले कार्यक्रमको सम्मउद्घाटन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख आथित्यता गर्नु भएका मन्त्री धामीले सुुदुरपश्चिम प्रदेश सरकार क्यान महासंघले सहकार्य समुन्यतात्मक भूमिका खेली सूचना प्रविधिको विकासलाई सहज बनाउन खेल्ने भूमिकामा आÏनो मन्त्रालय प्रतिवद्ध रहेको कुरा बताए । सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाहरुको सधारण सभा सम्पन्न पश्चात क्यान महासंघको सधारण…

Read More

धनगढी: कैलालीमा एक सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिएर भागेको छ। आज (शुक्रबार) जिल्लाको घोडाघोडी नगरपालिकास्थित साडेपानी क्षेत्रमा एक सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिएको हो। इलाका प्रहरी कार्यालय सुखडका डिएसपी विरेन्द्र बिसीले भूमिसुधार कार्यालय धनगढीको गाडीले साइकलयात्रीलाई ठक्कर दिएको जानकारी दिए। उनका अनुसार ठक्करबाट साइकलयात्रीलाई (बालक) चोट भने लागेको छैन। यस्तै सो सरकारी गाडीवालाले साइकल बनाउन पैसा दिएर धनगढीतर्फ भागेको बताइएको छ। अहिले सो घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

डोटीः मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। डोटीको शिखर नगरपालिकाका–३२ वर्षीय धनबहादुर बोगटीलाई बिहीबार प्रहरीले काठमाण्डौको सेतो पुलबाट पक्राउ गरेको हो। उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए। मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए। तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए। रकम ठगेर फरार भएपछि कृष्णबहादुरले धनबहादुर विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागले गरेको पत्राचारको आधारमा धनबहादुरलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Read More

धनगढी: धनगढीको एक होटलमा प्रहरीले छापा हानेको छ। आज (शुक्रबार) धनगढीको चटकपुरस्थित जिरो प्वाइन्ट रेस्टुरेन्ट एण्ड लजमा प्रहरीले छापा हानेको हो। प्रहरीका अनुसार छापा हान्दा रेस्टुरेन्टबाट२ यौनकर्मी युवतीसहित होटेल सञ्चालक जगदीश जोशीलाई पक्राउ गरिएको छ। होटेलमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले होटलमा छापा हानेको थियो।

Read More

धनगढी: सेती प्रादेशिक अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दीर्घ रोगका बिरामीहरुको औषधी चेकजाँच तथा परामर्शका लागि ७ असोजबाट छुट्टै ओपीडी सञ्चालन गर्ने जनाएको हो । सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म जनरल ओपिडी सञ्चालन गरिने प्रादेशिक अस्पतालले जनाएको छ ।

Read More

धनगढी: कैलालीको धनगढीबाट जुवा खेलिरहेका सात जना जुवाडे पक्राउ परेका छन्। आज (शुक्रबार) धनगढी उप-महानगरपालिका वडा नम्बर २ स्थित चौराहामा रहेको एक घरबाट उनीहरु समातिएका हुन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले एक घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा हान्दा उनीहरु प्रहरीको फन्दामा परेका हुन्। प्रहरीका अनुसार सो क्रममा सात जना जुवाडेसहित नगद १ लाख ६४ हजार ३ सय ८० रुपैयाँ, ९ थान मोबाइल र ३ गड्डी तास बरामदसमेत बरामद गरिएको छ। अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो । इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था नहुने अख्तियार उच्च स्रोत बतायो । दुई वर्षअघि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मन्दिर पुगेर सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए । चौतर्फी विरोधका बावजुद पशुपति क्षेत्र विकास कोषले मन्दिरमा चाँदीको साटो सुनको जलहरी राख्ने…

Read More

काठमाडौँ : नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो । बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् । शर्माका अनुसार कांग्रेसले सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको छ । कांग्रेसले विद्यालयको पठन पाठन सहज ढंगले हुने वातावरण निर्माण गर्न पनि अपिल गरेको छ । यता सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले भने असहमति जनाएका छन् । २०७५ सालभन्दा अगाडिका ४०…

Read More

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौं’, अधिकारीले भने । २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उनले बताए । यस्तै राहत शिक्षक संघका महासचिव कुमार बजगाईँले नेपाल शिक्षक महासंघबाट अलग हुने बताए । उनले माइतीघर मण्डलामा ४० हजार राहत…

Read More

काठमाडौँ : सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ । बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका हुन् । तर यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनी अनुसुची –७ क। बमोजिम स्वघोषणा गर्नुपर्ने छ । यस्तै संशोधित नियमावलीमा गैरआवासीय…

Read More