Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। राति कोशी, मधेस र बागमती…

Read More

बारा : बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन्। ११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो। लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

Read More

भरतपुर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन्। नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई सहजरूपमा सेवा प्रदान गर्दै पारदर्शी काम गर्न व्यवसायीलाई आग्रह गरिन्। “मालपोत, नापीका कर्मचारी र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट विभिन्न आरोप लाग्दै आएको छ”, उनले भनिन्, “सेवाग्राहीमैत्री काम गरेर आगामी दिनमा आरोप आउने परिस्थितिको अन्त्य हुनुपर्छ।” उनले लेखापढी व्यवसायीले सेवा शुल्क पारदर्शीरूपमा लिन र पहिचान दिने पोशाक लगाउन आग्रह गरिन्। मालपोत, नापी र सेवाग्राहीबीच पुलको काम लेखापढी व्यवसायले गरेको उल्लेख गर्दै व्यावसायिक सुरक्षाका लागि सरकारले सहयोग…

Read More

बेनी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरूप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो । नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमानाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसँगै भवन पनि बनाइसकेको छ । नाकासम्म नै सडक कालोपत्रे गरिसकेको चिनियाँ पक्षले बन्दरगाह, सुरक्षा…

Read More

अत्तरिया : कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिकै से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा डडेल्धुरको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहराको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडी सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Read More

कैलाली : धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगर पालिका वडा न १८ बस्ने वर्ष २४ का केदार बोहरा र वर्ष २७ का सन्तोष विष्ट रहेका छन् । शनिबार धनगढी उपमहानगर पालिका १८ थापाघाट सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल वि।ओ।पि। फुलवारी कैलालीबाट खटिएको ७ जनाको पैदल गस्ती टोलीले नेपालबाट भारत तर्फ जादै गरेको से ५५ ८१४० नको सुजिकी स्कुटिलाई शंका लागी चेकजाँच गर्ने क्रममा विष्ट र बोहरा १ के. जी. चरेश सहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान र कारवाहीको लागि सशस्त्रको ३४ नम्बर गणले स्कुटी सहित ईलाका प्रहरी कार्यालय बहुलियालाई बुझाईएको…

Read More

चीन : सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र चीनका महामहिम राष्ट्रपति सि चीनफिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताब्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति सिसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्टरुपमा छलफल गरेका हुन् । वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । यस्तैगरी राष्ट्रपति सिले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार…

Read More

कञ्चनपुर: शुक्रबार बेलौरी नगरपालिका- ७ स्याली खोला नजिकै सिंहपुरको उखुबारी भित्र हातखुट्टा बाँधेर बच्चा छोडि फरार रहेकी आमा पक्राउ परेकी छिन् । पुनर्वास-२ अमरैया घर भएकि २७ बर्षिया शर्मिला चौधरीलाई शनिबार ईलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो । चौधरीलाई शनिबार बेलडाँडी गाउँपालिका–३ वैवाहाबाट पक्राउ गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरी पठाइएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले बताए । शर्मिला तेस्रो व्यक्ति संग विवाह गर्न बच्चा छोडेर गएकि प्रहरी अनुसन्धानबाट खुलेको छ । सामान्य बुझ्दा उनले दुई जना संग विवाह गरेको र ती दुवै फरक-फरक श्रीमानबाट बच्चा रहेका बुझिन आएको छ । शुक्रबार उखुबारीमा…

Read More

धनगढीः भारतको दिल्लीबाट धनगढी आइपुगेको बसको एसि भित्र प्रहरीले अवैध सामान फेला पारेको छ। शनिवार दिल्लीबाट धनगढी आइपुगेको ना ५ ख २८१६ नम्बरको बसको एसि भित्र अवैध रुपमा लुकाइछिपाइ ल्याइएका गाडीका पार्ट जस्ता देखिने सामान प्रहरीले बरामद गरेको हो। त्रिनगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा सामान फेला पारेको हो। गाडी चालक र बसलाई नियन्त्रयमा लिएको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउँन बाँकि रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडाैं – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा पारस खड्का निर्वाचित भएका छन् । आज (शनिबार) भएको क्यानको चुनावमा पारस विजयी भएका हुन्। उनले प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन्। कुल ८५ मत खसेको मध्ये पारसले ४८ मत र प्रशान्तविक्रमले ३७ मत पाएका छन् । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो।

Read More