Author: महेन्द्रनगर पोष्ट

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका छन् । बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर र खाल्डोमा परेर गैँडा मरेको उहाँले जानकारी दिनुभयो । गैँडाको सङ्ख्या बढेसँगै प्राकृतिक कारणले मर्ने सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । निकुञ्जले प्राकृतिक कारणबाट गैँडाको मृत्यु घटाउन आवश्यक सावधानी अपनाउने काम…

Read More

काठमाडौं – सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् । दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्रवहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौं महानगरपालिका १९ निवासी उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

Read More

धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मनोनयन दर्ता गरेका छन् । ६ जना वडाध्यक्षका उम्मेदवारसहित समर्थकहरूका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता गरेका हुन् । हमालको प्यानलबाट वडा नम्बर ४ को अध्यक्षमा शिद्वराज पनेरू, वडा नम्बर ५ बाट पदम भट्ट, वडा नम्बर ९ बाट रमेशबहादुर बिस्ट, वडा नम्बर १४ बाट यम लामिछाने, वडा नम्बर १५ बाट कमलबहादुर ढाँट र वडा नम्बर १६ बाट निर्मलकुमार ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हमालको टीमले आज पहिलो नम्बरमा मनोनयन दर्ता गराएको हो ।

Read More

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । “मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उहाँले भन्नुभयो । लोकतन्त्र स्थापनका लागि सामाजिक सङ्घसंस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गर्नुभयो । झण्डै ५० हजारको हाराहारीमा…

Read More

काठमाडौं – कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा थप सदस्यहरु मनोनित भएका छन् । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको निर्णय अनुसार केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति’ मा थप सदस्यहरु मनोनयन गरिएको हो । थप सदस्यहरुको नामावलीअजय कुमार यादब – नवलपरासीअजय कुमार श्रेष्ठ – तनहुअजय लिम्बु – सुनसरीअञ्चल गुरुङ – ताप्लेजुङअधिराज रेग्मी – काठमाडौँअनिकित तिवारी – सर्लाहीअनिल थपलिया – गोर्खाअनिस पाण्डे – धादिंगअप्सरा लम्साल – धादिङअभिश्यक गिरि – सिन्धुपाल्चोकअभिषेक चापागाईं – नवलपरासीअभिषेक लामिछाने – काठमाडौँअमित जोशी – बझांगअमृत जङ बस्नेत – लमजुंग अरन्त जङ निरौला – इलामअरविन्द कुमार साह – पर्साअरोन खड्का – काठमाडौँअर्जुन तिवारी – ताप्लेजुङअर्जुन भट्टराई – गुल्मीअर्जुन शर्मा – रौतहटअविस्यक श्रेष्ठ – काठमाडौँअशोक कुँवर – अछामअशोक कुमार बर्मा – दाङअशोक धमला…

Read More

काठमाडौं – नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुख लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेती, रत्ननगर नगरपालिकाको प्रमुखमा विमला दुवाडी र उपप्रमुख यादव पाठक, कालिका नगरपालिकाको प्रमुखमा विनोद रेग्मी र उपप्रमुख विमला लामालाई उठाउने निर्णय भएको छ । यसैगरी माडी नगरपालिकाको प्रमुखमा ताराकाजी कुमारी महतो र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवारको घोषणा गरिएको छ । भरतपुर महानगरपालिकाको प्रमुखमा यसअघि…

Read More

काठमाडौं – कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकेको समय आज सूचना प्रकाशित गरि बिहान ८ देखि ११ बजेसम्म गर्ने निर्णय गरिएको जनाएको छ । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।

Read More

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँँले घटेको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले घटेर एक लाख ५०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै घट्दै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।

Read More

काठमाडौं – आज वैशाख ११ गतेदेखि विन्ध्यवासिनी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमा ७ लाख कित्ता सेयर लम्जुङ जिल्लाको क्वहोलासोथार गाउँपालिको वडा नं ५, ६ र ७ का स्थानीयलाई छुट्याइएको छ भने बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिका र कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाका स्थानिय बासिन्दालाई छुट्याइएको छ । स्थानीय लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै…

Read More