Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले देशको सचिव वा मुख्य सचिवहरूको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेको बताएका छन् । आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सचिव भट्टराईले यस्तो बताएका हुन् । बेरुजु बढाउँदै हिँड्ने व्यक्ति देशको मुख्य सचिव हुँदा त्यो व्यक्तिले देशको सुशासन कायम गराउन नसक्ने उनको भनाइ छ । भट्टराईले न्यायाधीशको परीक्षामा फेल भएकाहरूलाई सरकारले न्यायाधीश बनाउनु देशका लागि विडम्बनापूर्ण अवस्था रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘बेरुजुको हिसाबमा कस्ता मानिसहरू देशको सचिव वा मुख्य सचिव भएका होलान् । उनीहरूको बढुवामा कुनै आधार हुन्छ कि हुँदैन । उसले काम गरेको मन्त्रालय…

Read More

काठमाडौं : हङकङबाट ल्याइएको ६० किलो सुन तस्करी प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हो । सुन प्रकरणमा बुधवारबाट थुनछेक बहस सुरु हुनेछ । चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुक्मिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त भएका छन् । पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमल बहादुर शाहले उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।

Read More

धनगढी : कैलालीको धनगढीस्थित माया मेट्रो हस्पिटलका विशेषज्ञ चिकित्सकले केही झुट्टा प्रचार गरेको पाईएको छ । अस्पतालले हुँदै नभएको झूटा उपाधि लेखेर डर्माटोलोजिष्ट डा. प्रियंका मैनालीलाई अस्पतालले कस्मेटोलोजिष्ट समेत भनेर प्रचार गरी सेवाग्राहीलाई झुक्याउने गरेको पाईएको हो । अस्पतालले डा. मैनालीको प्रचारप्रसारका क्रममा ‘कपाल र सौन्दर्य विशेषज्ञ’ समेत लेखेको पाइएको छ । तर उनी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ हुन् । नेपाल मेडिकल काउन्सिलको रेकर्डमा पनि उनी डर्माटोलोजिष्ट मात्रै छिन् । अस्पतालले नभएको उपाधि प्रचार गर्ने गरेको डा। मैनालीले समेत स्वीकारिन् । उनले भनिन्, ‘अस्पतालले विज्ञापनमा त्यस्तो लेख्ने गरेको रहेछ । छालाको सबै प¥यो नि ! त्यही भएर लेखेको…

Read More

धनगढी: बझाङको तल्कोट गाउँपालिका – ५ खौला बजारमा आगलागी भएको छ। आज (मंगलबार) आगलागी हुँदा २ घरमा रहेका पाँच पसल जलेका छन्। प्रहरीका अनुसार उत्तम चदराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर लागेको आगो सल्किएपछि ५ ओटा पसलमा आगलागी भएको हो। अहिले आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ। रबौको नोक्सानी भएको हो। आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हाते होजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल जलेको बताइएको छ। आगलागीको थप विवरण भने आइसकेको छैन

Read More

धनगढी: धनगढीमा लागुऔषध (ब्राउनसुगर) सहित २ युवक समातिएका छन्। आज (मंगलबार) सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोलीले उनीहरुलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले धनगढी उप-महानगरपालिका-४ बोराडाडीको भित्री सडकखण्डबाट उनीहरुलाई समातिएको जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा जोशीपुर ७ बस्ने २२ वर्षीय विनय कुवँर र सोही पालिकाको वडानम्बर-२ बस्ने २२ वर्षीय दिनेश रावत रहेका छन्। उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट १ ग्राम १६० मिलिग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ। अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा कम्पनीका छाता संगठन वायुसेवा सञ्चालक संघबीच टकराब सतहमा पुगेको छ। प्राधिकरण महानिर्देशक प्रदिप अधिकारी र संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाबीच बढेको दुरीका कारण सम्पूर्ण वायुसेवा सञ्चालकले समस्या भोगिरहेको निष्कर्षमा संघका सदस्य पुगेका हुन्। महानिर्देशक अधिकारी क्याप्टेन थापालाई नीतिगत निर्णयबाटै पेल्ने र थापा राजनीतिक पहुँच प्रयोग गरेर अधिकारीलाई पदबाटै हटाउने रणनीतिमा लागेपछिको टकराबले वायुसेवा कम्पनीहरू समस्यामा परिरहेका थिए। बढ्दो ‘द्वन्द्व’ साम्य नभएको र कम्पनीहरू दिनानुदिन समस्यामा पर्दै गएको निष्कर्ष निकाल्दै केही महिनाअघि बसेको सञ्चालक समिति बैठकले अध्यक्षबाट थापालाई हट्न सदस्यहरूले अनुरोध गरेका थिए। सदस्यहरूको अनुरोधमा अध्यक्ष थापाले आफू पदबाट हट्न तयार रहेको र…

Read More

डडेल्धुराः डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले सरकारी सेवामा सुशासन कायम गर्ने बताएका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा सिडिओ न्यौपानेले यहाँका सरकारी कार्यालयमा सुशासन कायम गर्ने बताएका हुन्। उनले जिल्लामा भइरहेका विकास निर्माणका कार्यमा समन्वय तथा सहजीकरण गर्ने बताए। यसका साथै उनले समयमै गुणस्तरीय काम सम्पन्न गर्नका लागि पहल थाल्ने बताए। भ्रष्टाचारमा शून्य सहनशीलता र जिल्लाको सुशासनका पक्षमा पनि आफूले काम गर्ने उनले प्रतिबद्धता जनाए। जिल्लाको शान्ति सुरक्षा कायम गराउनमा पनि आफ्नो योजना रहेको उनको भनाइ थियो। जिल्लामा आत्महत्याका घटना बढेको देखिएको र त्यसको न्यूनीकरणका लागि आफू कटिबद्ध भएर लाग्ने उनले बताए। डडेल्धुराको सहायक प्रमुख जिल्ला…

Read More

बाजुराः जिल्लाको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुन पुग्दा उनको ज्यान जोखिममा परेको छ। उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीय कल्पना रोकायाको ज्यान जोखिममा पुगेको स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो। सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताए। उक्त घटनाका सम्बन्धमा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए।

Read More

डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले आफू चढ्ने मोटरसाइकल स्वास्थ्य चौकीलाई दिएका छन्। आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष सुनारले मोटरसाइकल चवरा चौतारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन्। स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष समेत रहेका सुनारले आफूले प्रयोग गर्दै आएको से १ ब १२१८ नम्बरको मोटरसाइकल स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकलाई हस्तान्तरण गरेका हुन्। वडाको कार्य सहजताको लागि मोटरसाइकल आफूले प्रयोग गरेपनि हाल स्वास्थ्य चौकीलाई त्यसको आवश्यकता रहेकोले स्वास्थ्य चौकीलाई दिएको उनले जानकारी दिए। ‘मैले जनताको घरमा केही ढिलो पुग्दा त्यति फरक पर्दैन्। तर, स्वास्थ्यकर्मी समयमै नपुगेमा समस्या सिर्जना हुन सक्छ,’ उनले भने, ‘अब…

Read More