Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको छ। थापिएको पासोमा परी चितुवाको मृत्यु भएको हो। जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको आशंका गरिएको छ। थप विवरण आउन बाँकी छ।

Read More

बझाङ : छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपीलाई पक्राउ गर्न बझाङ प्रहरी जंगलमा पसेको छ। शनिबार हत्या आरोपीत उनका भाइ बिजुली मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरी जंगल पसेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएको भएपनि हत्यारालाई समात्न सकेका छैनन्। सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी प्रज्वल महर्जनले त्यहीँ गाउँ नजिकैको जंगलमा आरोपीत लुकेको हुनसक्ने भन्दै खोजबिन तीब्र पारिएको जानकारी दिए। उनका अनुसार अहिले प्रहरीले सबै नाकामा नाकाबन्दी नै गरेको छ। उनी कता लेकेर बसे भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन् सोही कारण उनी भाग्न नपाउन भनेर सबै…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत गठित चारवटा विषयगत समितिलाई पूर्णता दिन आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिने भएको छ। प्रदेशसभाका सचिवालयका अनुसार चारवटा विषयगत समितिलाई पूर्णता दिन लागिएको हो। ‘विषयगत समितिको सभापतिका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिने छ। अहिले त्यही विषयमा छलफल गर्न प्रदेशसभा सदस्यहरुलाई बोलाएका छौं,’ सभामुख भीमबहादुर भण्डारीले भने। उनले निर्वाचन कार्यतालिका अनुसार समितिको सभापतिका लागि अघि बढाइने बताए। सभापति चयन भएपछि विषयगत समितिले पूर्णता पाउने उनको भनाइ छ। प्रदेशको विषयगत समिति गठन भएको पाँच महिना भइसक्दासमेत समितिले सभापति पाउन नसक्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठकहरु बसाउनुपर्ने बाध्यता रहेको छ। जेठ ६ गते बसेको प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौं…

Read More

बाजुरा : दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल ढुवानी गरिएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले शनिबार पहिलो चरणमा मार्तडी डिपोमा दुई सय क्विन्टल जिरा मसिनो चामल ढुवानी गरिएको जानकारी दिए । जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहुँदै चामल सकिएपछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ । उनले ढुवानी गरिएको चामल आजदेखि प्रतिकिलो रु…

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । ४३ न्यायाधीशको दरबन्दी स्वीकृत भई ३५ न्यायाधीशको कोटा रहेको काठमाडौं जिल्ला अदालतमा आइतबार १८ न्यायाधीश मात्रै उपस्थित रहेका थिए । सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि आइतबार फेरि स्थगितमा परेको हो । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो…

Read More

नयाँ दिल्ली: भारतले चन्द्रमामा अनुसन्धानका लागि पठाएको चन्द्रयानको सिग्नल बन्द भएको छ।  भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोका अनुसार नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास असफल भएको हो।  रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी धु्रवनजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू संकलन गरेर १० दिन बिताएका थिए। यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुने गरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ। इसरोले यही २२ सेप्टेम्बरतिर चन्द्रमामा अर्को…

Read More

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवाद सतहमा आएको छ। उनीहरुबीच प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद चर्किएको हो। अध्यक्ष सन्तोषप्रकाश जोशीले २०७७ सालदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेको तर उपाध्यक्ष भगिरथ बोहराले निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरालाई नै यथावत राख्न चाहेको कुरो एक पत्रले बाहिर ल्याएको छ। पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रंजय पटेल आउने खबर पाएपछि कार्यबाहक अध्यक्ष भएका बेला उपाध्यक्ष बोहराले गत भदौ १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र बाहिरिएको हो। पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै सबै अधिकार दिएर खटाउन आग्रह गरिएको छ। कार्यबाहक अध्यक्ष बोहराले मन्त्रालयलाई लेखेको…

Read More

चितवन: चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए। दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो।

Read More

बैतडी: चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीकी चन्द प्रथम भएकी छन्। काठमाण्डौँमा शनिबार सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा शिक्षा चन्दले प्रथम स्थान हासिल गरेकी हुन्। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउ घर भएकी चन्दले स्वर्ण पदक जितेकी हुन्। प्रतियोगितामा शिक्षाले स्वर्ण पदक जितेकोमा पञ्चेश्वर गाउँपालिकाले बधाई समेत दिएको छ। शिक्षा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दकी भतिजी हुन्। 

Read More

धनगढीः हिजो भारतको दिल्लीबाट कैलालीको धनगढी आइपुगेको बसभित्रसहित झण्डै ३७ लाख मुल्य बराबरका अवैध सामान प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले यात्रुबहाक बसभित्र ठुलो परिणाममा अवैध सामान फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ हवल्दार लालबहादुर चन्दको कमाण्डमा समेत खटिएको मोटरसाइकल गस्तीसहितको संयुक्त टोलीले ती सामान नियन्त्रणमा लिएको थियो। धनगढी उपमहानगरपालिका–३ भन्सार नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ५ ख २८१६ नम्बरको बसभित्र अवैध सामान फेला परेको थियो। बस धनी धनगढी उपमहानगरपालिका–१ का ३३ वर्षीय पुरन मगराठीको बसलाई चेकजाँच गर्दा ती सामान फेला परेका हुन्। बसभित्र गौरीगंगा…

Read More