Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्ली जाने भएका छन्। १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन शर्मा ७ असोजमा दिल्ली जाने भएका हुन्। भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म सम्मेलन हुने छ। पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो–प्यासिफिक’ भनिएको छ। शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो। प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ। उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन्। नेपाली सेनाका…

Read More

बैतडी : बैतडीको पाटनमा हुने तेस्रो संस्करणको पाटन प्रिमियर लिग कात्तिक पहिलो साता गर्ने तयारी भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा हुन लागेको तेस्रो संस्करणको खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता कात्तिक पहिलो साता गर्ने तयारी भएको हो। कार्तिक पहिलो साता प्रतियोगिता गर्ने गरी भइरहेको पाटन क्रिकेट क्लबका अध्क्षय किरण चन्दले बताए। उनले आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठक समेत डाकेको जानकारी दिए। ‘यही असोज १३ गतेदेखि २७ गतेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ। टिमदर्ता भइसकेपछि लगत्तै प्रतियोगिताको मिति तय गरिने छ,’ उनले भने। कात्तिकमा हुने क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११…

Read More

काठमाडौं : आज पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। बुधबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। बुधबार प्रतितोला दुई सय रुपैयाँ, बिहीबार प्रतितोला तीन सय रुपैयाँ र शुक्रबार प्रतितोला चार सय रुपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला नौ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ…

Read More

डोटीः डोटीको एक पशु सेवा शाखामा औषधि अभाव भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा रहेको पशु सेवा शाखामा औषधि अभाव भएको हो। संघीयता कार्यान्वयनमा आउनु अघि किसानलाई निःशुल्क वितरण गरिँदै आएका जुम्रा, उपियाँ, नाम्ले, जुका लगायतका २० प्रकारकारका औषधि मध्ये अहिले शाखामा छैनन्। किसानलाई निःशुल्क वितरण गर्दै आएको घाउ खटिरा, चोट पटक लाग्दा सिलाउने धागो, लट्ठ्याउने सुई, दुखाइ कम गर्ने औषधि, ज्वरो, निमोनिया, झाडापखालाको औषधि पनी नभएको स्थानीय रामबहादुर खड्काले बताए। शाखामा जुका, जुम्राको औषधि समेत नहुँदा पशुपालक किसान समस्यामा परेका छन्। गत असार यता औषधि अभाव भएको पशु सेवा शाखाका प्रमुख शंकर साउदले जानकारी दिए। पालिकामा पटकपटक यो समस्या…

Read More

दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, ऐरिछाना गाउँमा खानेपानीको चरम समस्या भएको छ। खानेपानीको अभावमा आफ्नो पिठ्युँको भारीबाट कहिलै मुक्ति नपाएको यहाँका स्थानीयले गुनासो गरेका हुन्। ऐरिछानाका ७० वर्षीय धुमा धामी गाउँ नजिकैको मुहान (नौलो) बाट बोकेर पानीको जोहो गर्न बाध्य छन्। उमेरले डाँडा काट्न लाग्दासमेत पिठिउँको भारी बिसाउन नसक्दा उनी निराश छन्। ‘खान लाउनभन्दा पानीको निकै दुःख भयो। आउला र घर घरमा पानीको धारा, अब मरेपछि,’ उनले दुखेसो पोखे। बिहान बेलुका दैनिक रूपमा टाढाको मुहानबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता रहेको बताउँछन्, ऐरिछानाकै भुवनसिंह धामी। ‘घरमा धारा छैन, गाउँमा पाइप पुगेको भए पनि पानी आउँदैन,’ शङ्करपुर मावि पस्तीमा कक्षा १२ मा…

Read More

बैतडीः नेपाल प्रहरीले निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ। ६८औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा निबन्ध लेखन प्रतियोगिता गर्न लागेको हो। भाग लिन इच्छुक विद्यार्थीहरूलाई निबन्ध लेखन प्रतियोगितामा सहभागिताका लागि स्थानीय तहलाई परिपत्र गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक खेम विक्रम केसीले जानकारी दिए। उनकाअनुसार निबन्ध प्रतियोगिताका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन्। त्यसका लागि सम्बन्धित स्थानीय तह वा सम्बन्धित जिल्ला प्रहरी कार्यायमा यही असोज १० गतेभित्रै नाम दर्ता गरिसक्नु पर्ने छ। १२ गते बिहान ८ देखि ११ बजेसम्म निबन्ध लेखनको लिखित परिक्षा हुने छ। निबन्ध १५ सय देखि २ हजार…

Read More

डडेल्धुराः पसल तोडफोड गरको आरोपमा डडेल्धुराका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–३ का ४८ वर्षीय गगनसिंह कठायत रहेका छन्। कठायतले असोज १ गते राती सोही ठाउँका जयबहादुर साउदको डुणेश्वर खुद्रा पसल तोडफोड गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। डीएसपी कार्कीका अनुसार कठायतले पटकपटक पसल तोडफोड गरि पसलमा रहेका सरसामान खोलामा फालि पसल सञ्चालक साउदलाई दुख्ख दिने गरेका थिए। करिब एक लाख रुपैयाँ बराबरको सरसामान खोलामा फालेको साउँदको आरोप छ। ‘असोज दुई गते जाहेरी दरखास्त प्राप्त भएको थियो। ३ गते दरखास्त दर्ता भएपछि घरबाटै पक्राउ गरिएको हो,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट…

Read More

कैलाली: राेजगारीका लागि भारत गएका कैलालीकाे चुरे गाउँपालिका वडा नम्बर ६ ओखलढुंगाका वीरबहादुर सिंह १७ वर्षदेखि घरपरिवारकाे सम्पर्कमा आएका छैनन्। कमाउन परदेश गएका सिंह वर्षाैंदेखि सम्पर्कमा नआएपछि परिवारजनले उनकाे खाेजीका लागि पहल गरिदिन आग्रह गरेका छन्।  उनी २०६३ सालमा १८ वर्षकाे उमेरमा राेजगारीका लागि भारतकाे मुम्बई गएको भाञ्जा प्रेम देउवाले बताए।  उनले सिंहका बारेमा कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालयमा वा ९८६७४०८८७७ र ९८६४३१६८०२ नम्बरमा खबर गरिदिन आग्रह गरेका छन्।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक बालक हात बाँधिएको अवस्थामा भेटिएका छन्। जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालक हात बाँधिएको अवस्थामा भेटिएका हुन्। दुवै हात बाँधेको अवस्थामा बालक भेटिएको बेलौरी नगरपालिका–६ का स्थानीय सुरेशकुमार बडायकले बताए। बालकको श्रीपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनको अभिभावकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Read More

अछामः  अछामको एक विद्यालयले आन्दोलनमा गएका आफ्ना शिक्षकको यातायात खर्च दिने भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको हो। विद्यालय शिक्षा विधेयक विरुद्धको आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौँ जाने–आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको बताए। दुई जनाको आठ–दश हजार खर्च विद्यालयको आन्तरिक कोषबाट दिने उनले बताए।

Read More