Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भएपछि आकस्मिक बाहेकका सेवा ठप्प भएको छ। अस्पातलमा कार्यरत स्वास्थ्यकर्मीले एक विज्ञप्ती जारी गर्दे आकस्मिक बाहेकका सेवा ठप्प गरेको जानकारी दिएका हुन्। आन्दोलित स्वास्थ्यकर्मीले दोषीलाई कारबाही गर्नुको साटो उल्टो पीडितमाथि झन पीडा दिने काम गरेको भन्दै रुष्ट बनेका छन्। विज्ञप्तीमा भनिएको छ, ‘मिति २०८० असोज २ गते राति १२ बजे यस श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी, कन्चनपुरमा मादक पदार्थ सेवन गरि साइकल वाट लडी सामान्य चोट लागेको र निधारमा घाउ भएकोले रात्रिकालिन डिउटीमा रहेका अहेव नरेन्द्र प्रसाद गैरेले निजको उपचारमा टाका लगाउनुपर्छ भनि बिरामीलाई भनेर टाका लगाउन…

Read More

कञ्चनपुर: कञ्चनपुरको दक्षिणतर्फ सीमा जोडिएको भारतको टिल्ला गाउँमा मजदुरी गर्दै आएका एक नेपाली नागरिकको पानीमा डुबेर मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ टेडिया घर भई सीमावर्ती भारतीय टिल्ला नम्बर ४ अमरजित सिंहको घरमा काम गर्दै आएका ३५ वर्षीय कुल बहादुर शाहको डुबेर मृत्यु भएको हो । मंगलबार साँझ घर जान्छु भनी त्यहाँबाट नेपालतर्फ आएका शाह घर नपुगेपछि खोजी गर्दा बुधबार तालको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको पारिवारिक श्रोतले जनाएको छ । उनको शव परीक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुरः भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ। नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा इआइएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा रहेको छ। महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरुको हकमा आइइइ रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहुँदासम्मका लागि रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत गौलीको भनाइ…

Read More

बैतडी: संविधान दिवसको अवसरमा जिल्ला कारगार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा भएको छ। ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका कैदीबन्दीहरुको कैदा मिनाहा भएको जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीले बताइन्। जिल्ला कारागारले ५ जना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिश गरेको भएपनि चारजनाको मात्रै बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन्। कैद मिनाहा हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ७ का बिर्खु भनिने बिर्ख लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका १ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका ६का खेमराज महर र पाटन नगरपालिका ६ का रमेश बिष्ट रहेका छन्। कैद मिनाह भएका चारैजना कैदमुक्त भएका जिल्ला कारागार बैतडीले जनाएको छ। २५…

Read More

काठमाडौं : विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका छन्। विभिन्न जिल्लाबाट कक्षाकोठा छाडेर काठमाडौं उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन्। नेपाल शिक्षक महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म अहिले मार्चपास भइरहेको छ। राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारीले विधेयकप्रति विभिन्न १८ बुँदे असहमति राखेका छन्। सरुवा बढुवा, दरबन्दीलगायतका मुद्दा साथै स्थानीय तह मातहत नबस्ने उनीहरुको माग छ।

Read More

कैलालीः संविधान दिवसको अवसरमा टीकापुर घटनाको मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी रिहा भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना कैदमुक्त भएका हुन्। रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए। यसैबीच, टीकापुर घटनाको मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी रिहा भएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र पार्टीका संरक्षक…

Read More

डडेल्धुराः जिल्ला कारागार डडेल्धुराबाट ७ जना कैदीबन्दी रिहा भएका छन्। संविधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलेर जितेन्द्र ओझाले जानकारी दिए। असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको उनको भनाइ छ। कर्तव्य ज्यान मुद्वाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक÷एक कैदीबन्दीलाई रिहा गरिएको ओझाले बताए।

Read More

काठमाडौंः सुन चाँदीको भाउ आज सामान्य घटेको छ आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

सप्तरी: सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गएको छ। सुनसरीको कोशी गाउँपालिका ५ दूधगतका बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर ज्यान गएको हो। सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठमा आफन्तको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए. उपचारका लागि बालकलाई राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच न्यूयोर्कमा भेट भएको छ। मङ्गलबार भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

Read More