Author: महेन्द्रनगर पोष्ट

डोटी : डोटी जिल्लाको आदर्श गाउँपालिका–५, लामिखाल घर भएका पदम थापा सुदूरपश्चिम विश्वविद्यालयमा बिएस्सी एजी अध्ययन गर्थे। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल जाने भन्दै भदौ २० गते घरबाट निस्केका थापा २६ गते त्रिभुवन विमानस्थलबाट इजरायल उडेका थिए। ठूलो सपना बोकेर इजरायल उडेका थापालाई उनका जेठो दाइ दानबहादुर थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए। ठूलो सपना लिएर इजरायल उडेका उनी सदाका लागि अस्ताएका छन्। उनका दाइ इन्जिनियर हुन्। उनी हाल आदर्श गाउँपालिकाका प्राविधिक शाखा प्रमुख छन्। भाइ घर फर्कियो भने म र भाइ दुवै काठमाडौं गएर थप अध्ययन गर्ने योजना रहेको उनका दाइले बताए। ‘नेपाल फर्केर भाइको लोकसेवा…

Read More

महेन्द्रनगर : कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो । आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिचभलिबल आयोजना गरिने जानकारी गराएको छ । नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिता…

Read More

काठमाडौं : हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा…

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ । उम्मेदवारी फिर्ता गर्न साढे १२ बजेदेखि २ बजेसम्मको समय तय गरिएको छ । दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । बेलुकी ५ बजेदेखि मतदान शुरु गर्ने तयारी छ । एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि तीन जना कृष्णप्रसाद जैसी, वचनबहादुर सिंह र कमल तिमिल्सिनाको चर्चा छ । एमालेले यसअघि मतदानबाट लुम्बिनी, बाग्मती, कर्णाली, कोशी, र गण्डकी प्रदेशमा नेतृत्वको टुङ्गो लगाएको छ भने उपत्यका विशेष प्रदेश कमिटीको पदाधिकारी सर्वसम्मत…

Read More

काठमाडौं : सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो । मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको थियो। आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । शोक मात्रै मनाउने तर बिदा भने नदिइएको शर्माको भनाइ छ।

Read More

डोटी : दशै तिहारको मुखैमा इजरायलमा घटेको दुखद घटनाले यतिबेला सिंगो देश नै शोकमग्न बनेको छ। प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा मृत्युु हुने १० जनाको सुचीमा नाम समावेश छ, डोटीका राजन फुलाराको। राजन शिखर नगरपालिका–६ चुडी गाउँमा जन्मिएका हुन्। उनी यहीको सरस्वती माध्यमिक विद्यालयमा एसएलसीसम्म अध्ययन गरेका हुन्। उनी सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना साथीहरुसंगै ´लर्न एण्ड अर्न’ कार्यक्रम अर्न्तगत इजरायल गएका थिए। मेधावी छात्र भएकाले कृषिमा रूची राखे। उनी टीकापुरको कृषि क्याम्पसमा अध्ययन गरिरहेका थिए। उनी २३ वर्षका थिए। शिखर नपरपालिकाका प्रमुख दीर्घबहादुर बलायरका अनुसार उनी परिवारका एक्ला…

Read More

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईँलाई युवा सङ्घको तागत ननाप्न चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सो चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भनेका छन्, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालो मोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईँलाई युवाहरूले आज तह लाएछन । अब सुध्रीउ, अरूलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस् । जन प्रतिरोध हुनु राम्रो होइन । युवा सङ्घको तागत ननाप प्रसाईँ !’

Read More

धनगढी: नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईँलाई युवा सङ्घको तागत ननाप्न चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सो चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भनेका छन्, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालो मोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईँलाई युवाहरूले आज तह लाएछन । अब सुध्रीउ, अरूलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस् । जन प्रतिरोध हुनु राम्रो होइन । युवा सङ्घको तागत ननाप प्रसाईँ !’

Read More

काठमाडौं : द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस असोज २६ गते नेपाल आउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा काठमाडौं आउन लागेका महासचिव गुटेरेस २९ गते यतैबाट चीन जानेछन्। नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, राजनीतिक दलका नेतासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। स्रोतका अनुसार महासचिव गुटेरेसले द्वन्द्वकालका पीडितहरूसँग समेत भेट गर्ने र त्यसका लागि तयारी भइरहेको छ। संक्रमणकालीन न्यायको मुद्दामा अलमल गर्दा शान्ति प्रक्रियासमेत टुंगिएका छैन। सरकारले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रतिनिधिसभामा पेस गरेको छ। तर,…

Read More

काठमाडौँ : नेपाल फर्कन इच्छुक नेपालीको स्वदेश फिर्तीका लागि इजरायलमा अनलाइन रजिष्ट्रेशन सुरु गरिएको छ। त्यहाँस्थित नेपाली दुतावासका अनुसार नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेशन सुरु भइ दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ। दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको पनि दुतावासले जनाइएको छ। आज साँझ विज्ञप्ति जारी गरी राजदुतावासले चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको जानकारी दिएको छ।…

Read More