Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको भासु भीर क्षेत्रमा दुर्घटना भएको छ। शुक्रबार बेलुकी जिल्लाको चुरे गाउँपालिका-५ स्थित भासुक्षेत्रमा दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट बुडरतर्फ जाँदै गरेको से प ८७२१ मोटरसाईकल आफैं अनियन्त्रित भएर भासु क्षेत्रमा खसेको थियो। दुर्घटनामा परि चालक डोटीको जोरायल गाउँपालिका-१ बस्ने १९ वर्षीय भीबहादुर बिक सुनार र पछाडी सवार सोही ठाउँका ४५ वर्षीय ओमबहादुर बिक घाइते भएका छन्। अहिले उनीहरूको पदमा अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर रहेको बताइएको छ। मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आज शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, मधेस र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

Read More

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताउदै विज्ञप्ति जारी गरिएको छ । महासंघका प्रतिनिधि र सरकारबीच सहमति भैईरहँदा राहत शिक्षकको विषय सम्बोधन नभएपछि अध्यक्ष अधिकारी बाहिरिएका थिए । राहतका शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको सडक आन्दोलन पनि यथावत राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यतर सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई शसक्त सडक आन्दोलनमा सरिक हुन विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Read More

बझाङ : बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेको आरोप लागेको छ । शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताए । उनका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् । प्रहरीका अनुसार हत्यारा आरोपित बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेर पक्राउ पर्ने सम्भावना रहेको छ ।

Read More

धनगढी : क्यान महासंघ सुदुरपश्चिम पदेशको सातौ सधारण सभा सम्पन्न भएको छ । प्रदेश राजधानी धनगढी स्थित होटल ईमेजमा भएको संघको बार्षिक सधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्यान महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष धन ब. बोगटीको अध्यक्षतामा सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वतावरण मन्त्री रमेश धामीले कार्यक्रमको सम्मउद्घाटन गरेका थिए । उक्त कार्यक्रममा प्रमुख आथित्यता गर्नु भएका मन्त्री धामीले सुुदुरपश्चिम प्रदेश सरकार क्यान महासंघले सहकार्य समुन्यतात्मक भूमिका खेली सूचना प्रविधिको विकासलाई सहज बनाउन खेल्ने भूमिकामा आÏनो मन्त्रालय प्रतिवद्ध रहेको कुरा बताए । सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाहरुको सधारण सभा सम्पन्न पश्चात क्यान महासंघको सधारण…

Read More

धनगढी: कैलालीमा एक सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिएर भागेको छ। आज (शुक्रबार) जिल्लाको घोडाघोडी नगरपालिकास्थित साडेपानी क्षेत्रमा एक सरकारी गाडीले साइकलयात्रीलाई ठक्कर दिएको हो। इलाका प्रहरी कार्यालय सुखडका डिएसपी विरेन्द्र बिसीले भूमिसुधार कार्यालय धनगढीको गाडीले साइकलयात्रीलाई ठक्कर दिएको जानकारी दिए। उनका अनुसार ठक्करबाट साइकलयात्रीलाई (बालक) चोट भने लागेको छैन। यस्तै सो सरकारी गाडीवालाले साइकल बनाउन पैसा दिएर धनगढीतर्फ भागेको बताइएको छ। अहिले सो घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

डोटीः मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। डोटीको शिखर नगरपालिकाका–३२ वर्षीय धनबहादुर बोगटीलाई बिहीबार प्रहरीले काठमाण्डौको सेतो पुलबाट पक्राउ गरेको हो। उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए। मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए। तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए। रकम ठगेर फरार भएपछि कृष्णबहादुरले धनबहादुर विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागले गरेको पत्राचारको आधारमा धनबहादुरलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Read More

धनगढी: धनगढीको एक होटलमा प्रहरीले छापा हानेको छ। आज (शुक्रबार) धनगढीको चटकपुरस्थित जिरो प्वाइन्ट रेस्टुरेन्ट एण्ड लजमा प्रहरीले छापा हानेको हो। प्रहरीका अनुसार छापा हान्दा रेस्टुरेन्टबाट२ यौनकर्मी युवतीसहित होटेल सञ्चालक जगदीश जोशीलाई पक्राउ गरिएको छ। होटेलमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले होटलमा छापा हानेको थियो।

Read More

धनगढी: सेती प्रादेशिक अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दीर्घ रोगका बिरामीहरुको औषधी चेकजाँच तथा परामर्शका लागि ७ असोजबाट छुट्टै ओपीडी सञ्चालन गर्ने जनाएको हो । सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म जनरल ओपिडी सञ्चालन गरिने प्रादेशिक अस्पतालले जनाएको छ ।

Read More

धनगढी: कैलालीको धनगढीबाट जुवा खेलिरहेका सात जना जुवाडे पक्राउ परेका छन्। आज (शुक्रबार) धनगढी उप-महानगरपालिका वडा नम्बर २ स्थित चौराहामा रहेको एक घरबाट उनीहरु समातिएका हुन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले एक घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा हान्दा उनीहरु प्रहरीको फन्दामा परेका हुन्। प्रहरीका अनुसार सो क्रममा सात जना जुवाडेसहित नगद १ लाख ६४ हजार ३ सय ८० रुपैयाँ, ९ थान मोबाइल र ३ गड्डी तास बरामदसमेत बरामद गरिएको छ। अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।

Read More