Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डाइभर्ट गरिएको छ। बिहान पौने ९ बजे उडेको विमान नवलपरासी पुगेपछि समस्या देखिएको थियो। त्यसपछि चालकले उडान नम्बर एसएचए ४३१ विमानलाई उडेको २५ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्काएका थिए।

Read More

बैंग्लुरु: भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ। डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने एकै परिवारका ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन्। केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका उनीहरु पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडीमा बस्दै आएक थिए। त्यहाँ उनीहरूले टिनको भाडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए। तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमी उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ।

Read More

धनगढीः कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने पक्राउ परेका हुन्।  आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरीपछि बुधबार रामबहादुर खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। खड्कामाथि प्रहरीले दुर्व्यवहारको मुद्दा चलाएको छ। बिहिवार म्याद थप गरिएको प्रहरीले बताएको छ। मंगलबार राति स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेव नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको थियो। राति साढे ११ बजे डयुटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै पीडित स्वास्थ्यकर्मी गैरेले प्रहरीमा उजुरी दिएका थिए। 

Read More

बैतडी: भारतको दिल्लीमा काम गर्दै आएका बैतडीका एक युवकले आफैलाई चक्कु प्रहार गरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ मड घर भएका अन्दाजी २५ वर्षीय सुरेन्द्र धामीले चक्कुले आफ्नै घाँटी रेटेका हुन्।  चक्कुले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका र उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको छ।  उनले आफैलाई आफूले किन चक्कु प्रहार गरे भन्ने कुरा खुलेको छैन्।

Read More

काठमाडौं: अस्ति राति कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भयो। बिरामीको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेको घाँटी नै च्यापेको सीसीटिभी फुटेज सार्वजनिक भएको थियो। सोही घटनाको बिरोध गर्दै स्वास्थ्यकेन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले दोषीलाई कारबाही नभएसम्म आज असोज ४ गतेदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेका छन्। ‘सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं। घाइते स्वास्थ्यकर्मीलाई शीघ्र स्वास्थ्य लाभको कामना,’ उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। आफ्नो न्यायका लागि लडिरहेका स्वास्थ्यकर्मीले सेवा ठप्प पारेका बेला नेपाली कांगेसले भने हातपात गर्ने रामबहादुर खड्काकै पक्ष लिंदै विज्ञप्ति निकालेको छ। नेपाली कांग्रेस बेलौली नगर कार्यसमितिका सभापति पेपुराम चौधरी, प्रदेश…

Read More

बाजुराः बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन्। बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो। नगरपालिका प्रमुख कर्णबहादुर थापाले सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालय अछामले यो वर्ष बुढीगङ्गा नदीमा दुई वटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिए। बुढीगङ्गा वडा नम्बर १ र त्रिवेणी नगरपालिका वडा नम्बर ९ को बिचमा रहेको रिन्टे खोला र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा पक्की पुल निर्माण हुँदै छ। बुढीगङ्गा वडा नम्बर २ र त्रिवेणी वडा…

Read More

धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। टिकापुर नगरपालिका ९ स्थित सत्ती भन्सार प्रहरी चेक पोष्टबाट ४ ग्राम १७० मिलीग्राम लागुऔषधसहित बर्दगोरिया गाउँपालिका २ बौनिया जगतपुरका २५ वर्षीय रबिन्द्र टमट्टा बुधवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिइएको टोलीले चेकजाँच गर्दा टमट्टाको साथमा लागुऔषध फेला परेकाले पक्राउ गरेको बताएको छ। 

Read More

काठमाडौं: ४० लाखभन्दा बढी  फलोअर्स भएको लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द फेरि सक्रिय भएको छ। आफूबाट विगतमा केही गल्तिहरु भएको स्वीकार गर्दै अब गल्ती नगर्ने र पुष्टि नभएका ब्रेकिङ समाचार पोष्ट नगर्ने वाचा गरेर पेज सक्रिय भएको हो। ‘कुनै पनि गल्ती वा त्रुटीहरु हामीले जानाजान गरेनौँ। यद्यपि, ति गल्तिहरु सिकाइको अनुभवकारु पमा ग्रहण गर्दै गल्ती नदोहोर्याउने प्रतिबद्धतासहीत क्षमा माग्दछौँ’ पेजमा लेखिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को दबाब थेग्न नसकेर बन्द भएको थियो। सञ्चालक भिक्टर पौडेलले भदौ १८ गते फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए।…

Read More

कञ्चनपुर : कञ्चनपुरको एक जंगलमा कुटपिट गरेर लुटपाट गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा बुधबार साँझतिर दुई जनामाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट भएको हो। सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा कञ्चनपुर  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका– २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेको बताए । द्रोपतीले घाटीमा लागाएको ८…

Read More

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) को ६७ औं सचिवालय बैठक आज बस्दै छ। पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए। यसका अतिरिक्त पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ। सम्मानित नेता झलनाथ खनाल पक्षले त आपत्ति नै जनाएको छ। आफूनिकट नेता–कार्यकर्तालाई जिम्मेवारीबाट पाखा लगाउने अभिप्राय अपानिमा…

Read More