Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सरकारले ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०७३’लाई खारेज गर्ने गरी नयाँ निर्देशिका तयार गरेको छ । यसअघि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको निर्देशिका मन्त्रालयले खारेज गर्दै ‘हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन, (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०८०’को मस्यौदा तयार गरेको हो । मन्त्रालयले भदौ २१ गते सचिवस्तरीय निर्णय गर्दै तयार गरिएको निर्देशिकासँग सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन तथा राय सुझाव माग गर्न एक सूचना जारी गर्दै १० दिनभित्र लिखित रूपमा मन्त्रालयको नीति विश्लेषण शाखा वा मन्त्रालयको इमेल ठेगानामा सुझाव दिन आग्रह गरेको थियो…

Read More

बझाङ : बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् । आज (मंगलबार)दिउँसो अन्दाजी १ बजेको समयको केदारस्युँ गाउँपालिकाको देउरा बजारबाट डोटी घर फर्किने क्रममा बगेर डोटीको सायल गाउँपालिका-१ पुजारी गाउँका ३५ वर्षीय कालीभान पुजारा बेपत्ता भएका हुन् । केदारस्युँ गाउँपालिकाको देउरास्थित सेती नदी र कालंगा नदीको दोभानमा पानी खान जानेक्रममा चिप्लिएर पुजारा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता पुजाराको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ : न्याय परिषदले ठुलो सङ्ख्यामा जिल्ला अदालतको न्यायाधीशमा नियुक्ति तथा सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले नियुक्तिसँगै न्यायाधीशहरूको नियुक्तिसँगै सरुवासमेत गरेको हो । उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा गरेको परिषद्ले ३६ जना न्यायाधीशहरुलाई नियुक्त गरेको हो । न्याय-परिषदको-मिति-२०८०।०६।०२-को-सूचनाDownload

Read More

धनगढी : कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्ष देखि बन्द रहेको पोष्टमार्टम सेवा मंगलबार देखि सुरु भएको छ । २०६२ साल देखि बन्द रहेको उक्त सेवा आज एक कार्यक्रमका बिच सुचारु गरिएको भजनी नगरपालिका प्रमुख केवल चौधरीले जानकारी दिएका हुन । भजनी प्राथामीक स्वास्थ्य केन्द्रबाटै पुनः पोष्टमार्टम सेवा सुचारु भए सङ्गै यस क्षेत्रका स्थानीयलाई कैलालीको टिकापुर र धनगढी जानू पर्ने समस्याको अन्त्य भएको छ ।

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य माथी हातपात भएको छ । नेकपा माओवाद केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले हातपात गरेका हुन । कार्यालयमै रहेका बेला उनी माथी अध्यक्ष हमालले हातपात गरेको इलाका प्रहरी कार्यालय डिएसपी बिरेन्द्र वीर विश्वकर्माले जनाएका छन् ।

Read More

काठमाडौँ : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् । आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज…

Read More

काठमाडौं: विवादित छविका व्यवसायी तेजबहादुर चन्द कञ्चनपुरमा देखिएका छन्। आज (मंगलबार) चन्द जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नेपाल प्रहरीका उत्कृष्ट अफिसर र कार्यालय खोज्दै हिंडेको एआइजीसहितको टोलीसँग प्रकट भएका हुन्। चन्दको प्रहरीको निरीक्षण कार्यक्रममा एआइजी र डिआइजीसँगैको तस्बिरसमेत सार्वजनिक भएको छ। कार्यक्रममा ती चन्द एआइजी सन्दीप भण्डारी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भरतबहादुर बोहरासँगै देखिएका हुन्। प्रहरीभित्रको आन्तरिक निरीक्षण र मुल्यांकनको कार्यक्रममा विवादित मान्छे देखिएपछि अहिले आलोचना भैरहेको छ। स्रोतका अनुसार ती चन्दले प्रहरी, प्रशासन र अख्तियारमा विभिन्न अवैध सेटिङ मिलाउने गरेकाले निकट मानिन्छन्। उनी केही समय अगाडि एक भ्रष्टाचार मुद्दाको विषयमा जोडिएर विवादमा आएका थिए। कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको…

Read More

काठमाडौँ : साढे १७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार उक्त फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिराम र सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो । अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । ऋषिरामले २०३९ साल साउन १ गते राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा स्थायी नियुक्ति पाएर…

Read More

धनगढी : नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको काम, कर्तव्य र अधिकारका आधारमा धनगढी उपमहानगरपालिकाको दशौँ नगर सभाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । स्थानीय सरकारको अधिकार र मर्मलाई बुझेर उपमहानगरपालिकाले आमनागरिक (अपाङ्गता भएका अल्प–संख्यक व्यक्तिहरु तथा महिला र बालबालिका सहित) , वडा समिति, बजेट निगरानी समूह, विभिन्न विषयगत समिति कार्यपालिका, विषय विज्ञ, आमसंचार जगत, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, भुतपूर्व राष्ट्रसेवक कर्मचारी, शिक्षक, व्यवसायीसँग आवश्यक परामर्श र सुझाव लिएर नीति तथा कार्यक्रम ल्याएको हो । उपमहानगरपालिकाले व्यापक विचार विमर्श गरेर आर्थिक वर्ष २०८० -८१ को वार्षिक बजेट तर्जुमा गरेको…

Read More

काठमाडौं : सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।

Read More