Author: महेन्द्रनगर पोष्ट

मुम्बई- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।​ राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान…

Read More

कैलाली– स्थानीय तहको निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट नौ सय बढी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशका विभिन्न जिल्लाका नौ सय २४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका विभिन्न पदमा करिब एक लाख ५३ हजार बढी उम्मेदवारी परेको आयोगले नाएको छ । निर्वाचन आयोगले शनिबार नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।

Read More

काठमाडौं- काठमाडौंमा कैलालीकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौँ–१६ रानीबारीमा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।

Read More

रुपन्देही- रुपन्देही प्रहरीले दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ ११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जनाएको छ । ती युवकलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला- दार्चुलामा विहीबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । विद्युत नहुँदा दैनिकी कामकाज प्रभावित हुनुका साथै अन्धकारमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ । दार्चुला सदरमुकाम खलंगासहित जिल्लाभरीको विद्युत सेवा तीन दिनदेखि अवरुद्ध भएको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ । विद्युत लाइनमा मर्मतको काम चलिरहेको भएपनि सञ्चार सेवा समेत अवरुद्ध हुँदा ढिलाइ भइरहेको विद्युत कार्यालयका प्राविधिक कर्मचारी सुरेश भट्टले बताए । तीन दिनदेखि बिजुली नआउदा मोबाइल चार्ज गर्न समेत समस्या भएको लेकमका स्थानीय प्रेम बिष्टले जानकारी दिए । ‘राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुँदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु…

Read More

दार्चुला- सुदूरपश्चिम प्रदेशका दार्चुलासहित तीन पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध बनेको छ । शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध भएको हो । दार्चुलासहित सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । टेलिकम कार्यालयका अनुसारे हावाहुरीले डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको फाइबर चुडिएपछि दार्चुला, बैतडी र बझाङ जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्यतका पोल ढलेपछि फाइबर ब्रेक हुँदा नेपाल टेलिकमले प्रदान गर्ने भ्वाइस कल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमको अवरुद्ध सेवा सुचारु गर्नका प्राविधक टोली खटिएको टेलिकमले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेलाबेला नेपाल टेलिकमको…

Read More

कैलाली- सत्तारुढ गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका नृपबहादुर वडले यसपालीको चुनावमा कसैसँग पनि आफ्नो प्रतिस्पर्धा नहुने बताएका छन् । पत्रकारसंगको भेटघाटका क्रममा बोल्दै उनले यसपाली पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरे । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस एक्लै लड्दा पनि प्रतिस्पर्धा थिएन स्वतन्त्रसँग प्रतिस्पर्धा हुने सम्भावना भएन,’ उनले भने, ‘दलीय व्यवस्थामा मानिसले निर्दलको विश्वास गर्दैनन् । त्यही भएर यसपाली पनि मेरो कोही प्रतिस्पर्धी छैनन्’ अघिल्लो चुनावमा एक्लै चुनाव लड्दा विजयी भएको भन्दै उनले यसपटक गठबन्धनका सामू कोही प्रतिस्पर्धी नभएको दाबी गरे । ‘चुनाव जित्नेमा कुनै समस्या छैन्,’ उनले भने, ‘पाँच दलीय गठबन्धनका अगाडि कसैको केही चल्दैन ।’…

Read More

कैलाली– कैलालीको एक होटलमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटलमा एक अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको कैलाली प्रहरीले जनाएको छ । शनिवार दिउँसो साढे १ बजे भोजपुर घर भएकी रोशनी राई मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायले बताए । उनका अनुसार उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको प्रहरी सहायक निरीक्षक उपाध्यायले बताए ।

Read More

अछाम- अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समताजबादीबीच चुनावी तालमेल भएको छ । पार्टी विभाजन भएदेखि एक अर्कालाई निषेध गरिरहेका दुई पार्टीबीच गाउँपालिकामा चुनावी तालमेल भएको हो । सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएको छ । एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महरा उपाध्यक्ष उठेका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार दुई पार्टीबीच तालमेलबारे समहमति भएको एमाले अछामका सचिव भीमवहादुर रावलले बताए । सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन् । सातवटा वडा रहेको पालिकामा छ वडा एमाले र समाजवादीले एउटा…

Read More

धनकुटा – धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ । धनकुटास्थित एक पसलबाट एक हजारको एउटा नक्कली नोट फेला परेको हो । धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

Read More