Author: महेन्द्रनगर पोष्ट

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो । चनाव चिन्ह पाइसकेपछि हमालले आफूलाई जिताउन आँपमा मतदान गर्न मतदातालाई आग्रहसमेत गरेका छन् । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुँदै दोस्रो भएका थिए । त्यतिबेला वडले १४,३२४ मत पाएका थिए भने हमालले ११,५२७ मत पाएका थिए ।

Read More

काठमाडौं – चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भूइँकटहर पाएका छन् । भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रूपमा रेनु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रूपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए । शनिवार (आज) आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई मन्त्री खाँणले निर्देशन दिएका हुन् । ‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला’, खाँणले भने । निर्वाचन सुरक्षाको क्रममा…

Read More

काठमाडौं – मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृह मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबिच नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको हो । श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन्। नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका थिए । नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा…

Read More

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाट निर्वाचन चिह्न दिने तयारी गरेको छ । देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिने भएको हो । ४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् । आयोगगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । शनिबार निर्वाचन चिन्ह वितरण गर्ने निर्वाचन आयोगको तालिकाअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय सभागृह पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन् । चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ । राप्रपाका कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो । शनिवार एक विज्ञप्ति जारी गर्दै तत्काल सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र गठबन्धन भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र गठबन्धन भएको बताए । उनले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बिचमा गठबन्धन भएको दाबी गरे । उनले सत्तारुढ दलहरूका बिचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै पौडेलले केपी ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको बताए । पौडेलले काँग्रेस स्पष्ट…

Read More

काठमाडौं – नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र बिपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै बिपीको आदर्श र सिद्धान्तमा अडिग छौँ । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’ देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री…

Read More

काठमाडौं – वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाटमतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ ।

Read More