Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा :नेपाल विद्यार्थी संघले डडेल्धुराको एक विद्यालयलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। नेविसंघले शुक्रबार ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा अमरगढी नगरपालिका-८ स्थित भूमिराज प्रावि बागचाैरमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। विद्यालयमा अध्ययनरत १६ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए।विद्यार्थीलाई कापी, कलम, ज्यामेट्रि बक्स लगाएतका सामग्री दिएको उनको भनाइ छ।

Read More

काठमाडौं: काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ। गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए। गए राति १२ बजेतिर घटना भएको बताइएको छ। घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन्।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

Read More

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजभन्दा २५ वर्षअघि स्थापना भएको प्राधिकरण विभिन्न उतारचढावका साथ वर्तमान अवस्थासम्म आइपुग्दा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै गएको बताए । विगतमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र भैरहवा गरी थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएर उद्घाटनसमेत भइसकेको भन्दै उनले यी विमानस्थलहरूको पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेकोसमेत बताए । उनले पहाडी जिल्लासहित देशभर ३० वटा विमानस्थलले हवाइ सेवा प्रदान गरिरहेको भन्दै प्रधानमन्त्रीले यी विमानस्थलको पूर्वाधार…

Read More

कंचनपुर: कंचनपुरको शुक्लाफाटा नगरपालिका १० का ललित अवस्थी स्कुटर दुर्घटनामा परि घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महेन्द्रनगरबाट अत्तरियातर्फ आउने क्रममा स्कुटर अनियन्त्रित भई अवस्थी दुर्घटनामा परेका हुन् । अहिले उनको महाकाली अस्पतालमा उपचार भैरहेको छ ।

Read More

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई असहयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ललाई सरुवा गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्र पठाएका छन् । मेयर सम्पाङ्गले भदौ २७ गते आवश्यक कारबाहीका लागि भन्दै गृह मन्त्रालयलाई पत्र लेखेका हुन् । उनले लेखेको पत्रमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख मल्लले आफूलाई असहयोग गरेको उल्लेख छ । उनले पत्रमा स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाई केही गर्न नमान्ने र ढुङ्गा गिटी बालुवा तस्करलाई पक्राउ गर्न नजाने स्थानीय शान्ति सुरक्षा खासै काम नगर्ने उल्लेख गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला…

Read More

काठमाडौं : सरकारले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापितको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आरक्षपीडितको माग सम्बोधनका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। वनमन्त्री वीरेन्द्र महतोका अनुसार आयोगको नेतृत्व पूर्वन्यायाधीशले गर्नेछन्। आयोगमा प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, डिभिजन वन कार्यालयका प्रतिनिधि र निकुञ्जको वार्डेन सदस्य हुनेछन्। आयोगलाई समस्या समाधानका लागि सुरुमा ६ महिनाको समय प्रदान गरिएको छ। ‘

Read More

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण तालिका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्थान गर्ने तय भएको छ ।

Read More

काठमाडौं : ​नेपाली महिलाहरूको महान चाड हरितालिका तीज २०८० को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ​कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला प्रहरी कर्मचारीहरु एवं नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गरे । शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयभित्र कार्यरत महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Read More