Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढीमा सञ्चालित निजी अस्पतालहरु मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) अनुसार धनगढीका निजी अस्पताल सञ्चालन नभएको पाइएको हो । सो मापदण्डअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असाहय, तथा बेवारिसे बिरामीका लागि कुल अस्पतालमा भएको बेड संख्याको १० प्रतिशत निःशुल्क अनिवार्य उपचार उपलब्ध गराउनुपर्ने भए पनि धनगढीमा त्यसको कार्यान्वयन नभएको देखिएको छ । उपमहानगरपालिकाले सूचना नै जारी गरेर मापदण्डअनुसार अस्पताल सञ्चालन गर्न भनेको छ । तोकिएको मापदण्डअनुसार अस्पताल सञ्चालन नभए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Read More

धनगढीः धनगढी र कञ्चनपुरको डोकेबजारबाट लागुऔषधसहित दुई पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ७५ मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–८ का २६ वर्षीय समिर चौधरी पक्राउ परेका छन्। उनी आइतबार राति पक्राउ परेका हुन्। त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ४६ वर्षीय ऋषिराम कँडेल पनि लागूऔषधसहित पक्राउ परेका छन्। ७ सय मिलिग्राम लागुऔषधसहित उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशमलाल चौधरीलाई सरकारले रिहा गर्ने तयारी गरेको बताइएको छ। स्रोतका अनुसार हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको हो। उनलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको बताइन्छ। कैद मिनाहा गरी रिहाइका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत रेशमले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार समेत गरिसकेका छन्। यस्तै सो पत्र माफी मिनाहाको प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको कारागार स्रोतले बतायो। गृहबाट रेशमलाई माफी दिने प्रस्ताव मन्त्रिपरिषदमा जाने र त्यहाँबाट निर्णय भएर राष्ट्रपति कार्यालयसमक्ष सिफारिश गरिने गृह स्रोतले जानकारी दियो। माफी मिनाहा वा कैद…

Read More

काठमाडौँ: एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खाताको डेढ करोड रुपैयाँ चोरी भएको छ । चोरीमा संलग्न आशंकामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एभरेष्ट बैंकको इटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानसहित ७ जना बैंककै कर्मचारी पक्राउ परेका छन् । अन्य दुई जना बाहिरका व्यक्ति पक्राउ परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

Read More

दाङ: दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । आइतबार २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणिलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: भारतीय पूर्व पर्यटनमन्त्री सुवोधकान्त साह नेपाल भ्रमणमा छन् । बिहान ९ बजे एअर इण्डियाको उडानबाट काठमाडौँ ओर्लिएका उनी भोलि बिहान पशुपतिनाथको मन्दिरमा विशेष पूजाआराधनाको निम्ति जाने बताइएको छ । साह भोलि पशुपतिबाट फर्केपछि सरकारी अधिकारी तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्तामा सहभागी हुने बताइएको छ । उनको सम्मानमा पर्सि साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको आयोजना गरिँदैछ । बिहीबार दिउँसो २ बजे इण्डिगोको उडानमा नयाँ दिल्ली फर्कनेछन् । उनी भारतीय राष्ट्रिय काँग्रेसका नेता हुन् ।

Read More

काठमाडौँ: आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटबढ नभएको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि आइतवार जस्तै सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ: खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवर्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न ४२० खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतालसको लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिए। विभागले गत वर्ष ४०५ खानी खोजतलासको लागि लाइसेन्स प्रदान गरेको थियो । चालु आवमा १५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष १५८ खानीलाई उत्खननका लागि अनुमति दिएको थियो । सूचना अधिकारी बाँस्कोटाले धौवादी फलाम उत्खननका लागि नवलपरासीमा विभागले लाइसेन्स…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाँणलाई सांसद मञ्जु खाँणले भेटेकी छन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतका अनुसर उनले आज खाँणलाई भेटेकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाँण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले प्रदेश सभाबाट प्राप्त अवैधानिक भनिएको रकम फिर्ता गर्ने जनाएका छन्। उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनताका प्रदेश सभाबाट यातायात खर्च र दैनिक भत्तास्वरुप दिइएको रकम फिर्ता गर्ने जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो जानकारी दिएका छन्।

Read More