कालीकोट – कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि १४ दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो । पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड पूर्ण रुपमा सञ्चालन गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । उनका अनुसार पुलको दक्षिणतर्फको दुईवटा खाल्डा तथा सडक ‘पीसीसी’ प्रविधिबाट मर्मत गरिएको छ । “ठूला मालबाहक सवारीसाधन पीसीसी सडकबाटै आउँजाउ गर्न थालेका छन्”, प्रजिअ माझीले भने, “जोखिम ठाउँमा गरिएको पीसीसी प्रविधिबाट मर्मत गरिएकाले छोटो समयमा नै गाडी चलाउन मिलेको हो ।” पुलको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको सजाय माफी नगर्न माग गरेको छ । मानवअधिकार उल्लङ्घनलाई प्रश्रय दिने, स्थापित कानुनी मूल्यमान्यता भत्काउने विधिको शासनको उपहास गर्ने क्रियाकलाप मान्य नहुने उनीहरूले बताएका हुन् । ‘कर्तव्य निर्वाह गर्दै रहेका प्रहरीहरूको नृशंस हत्या गरी मानवअधिकारको समेत घोर उल्लङ्घन गरेका अपराधीहरूलाई राजनैतिक स्वार्थका आधारमा माफी दिनु आफैंमा अक्षम्य अपराध हो । बहालवाला प्रहरी कर्मचारीको मनोबल कमजोर पार्ने र अपराधीको मनोबल बढ्ने कुरामा दुई मत हुनै सक्दैन । जसले आफ्नो प्राण आहुति गरे तिनका परिवारको मर्ममा थप मर्म थपिने गरी सजाय माफी गर्ने हो कि भन्ने संशय भएको पाइएकोले यसबाट हामी…
डडेल्धुरा: डडेल्धुरामा किसानलाई बाख्रा वितरण वितरण गरिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिकाले वडा नम्बर ५ का १५ र ४ का १० गरी २५ परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेको हो । स्थानीयलाई स्वरोजगार बनाउने हेतुले बाख्रा पटेक क्षेत्र विकास कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको बताइएको छ । एक जना किसानलाई ४ वटा बाख्रा र खोर बनाउन एक परिवारलाई १० वटा रंगिन जस्ता पाता पनि उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताए । संघिय सरकारको ससर्त कार्यक्रम अन्तरगतको १५ लाख रुपैयाँ बराबरको बजेटबाट किसानलाई बाख्रा र जस्ता पाता उपलब्ध गराइएको उनले बताए । दलित, विपन्न, एकल महिलालाई प्राथमिकतामा राखेर बाख्रा र…
भूमिराज पिठातोली, बझाङ: अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि विसं २००३ मा ‘भू–स्वर्ग’ पुगे । आश्रम बनाउने मजदुर नभेटिएपछि फर्केर लोखाडा ९बझाङको खप्तडछान्ना गाउँपालिका–३ खप्तडको फेदी० नजिकै स्थानीयको सहयोगमा कुटी बनाएर तपस्या गर्न थाले । विसं २००६ मा खप्तडमा अभ्रखखानी उत्खनन गर्न जाँदा तत्कालीन बझाङी राजा रामजङ्गबहादुर सिंहसँग बाटोमै खप्तड बाबाको भेट भयो । इतिहासका जानकार विष्णुभक्त शास्त्रीका अनुसार पहिलो भेटमै बाबासँग प्रभावित भएका राजा रामजङ्गले खप्तडमा…
टीकापुर: सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ । सुदूरपश्चिममा एक सय ७६ एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये एक सय २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । एम्बुलेन्सलाई व्यवस्थित गर्न एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ सञ्चालनमा ल्याएपछि देशैभरिका एम्बलेन्सलाई एउटै नेटवर्कमा समेट्न खोजिएको छ । एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस प्रणाली जडान गरिने व्यवस्थाअनुसार दर्ता भइरहेका…
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस
विराटनगर: कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ । प्रहरीले आज बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा बिहान ८ बजेनै पुगेका थिए ।
बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाका विद्यालयमा निरीक्षण गर्न थालिएको छ । जनप्रतिनिधि तथा सरोकारवालाको टोलीले सामुदायिक विद्यालयहरुमा निरीक्षण थालेको हो । विद्यालयमा रहेका समस्या पहिचानका लागि नियमित अनुगमन गर्न लागिएको बताइएको छ । गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टका अनुसार आज वडा नम्बर २ र ३ का सामुदायिक विद्यालयहरुको भौतिक व्यवस्थापन, पठनपाठनको स्थिति र प्रशासनिक तथा शैक्षिक गतिविधिहरुको निरीक्षण गरिएको छ । पहिलो पटक शैक्षिक क्यालेण्डर जारी गरेको गाउँपालिकाले अहिले शैक्षिक गुणस्तर सुधारका लागि काम गरिरहेको प्रवक्ता भट्टको भनाइ छ । अनुगमनमा गाउँपालिकाका प्रवक्ता, शिक्षा शाखा प्रमुख, सामाजिक शाखा प्रमुखको सहभागी थिए ।
कञ्चनपुर: कञ्चनपुरमा एसइई दिएर बसेका विद्यार्थीहरूका लागि पौडी प्रतियोगिता आयोजना गरिएको छ । महेन्द्रनगरमा रहेको सार्क एजुकेशन फाउन्डेसनले प्रतियोगिताको आयोजना गरेको हो । भाँसी स्विमिङ पुलमा शनिवार आयोजित प्रतियोगितामा ६० भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । नेपालका लागि पौडीका अन्तर्राष्ट्रिय पौडीबाज अनिल चन्दले प्रतियोगिताको मूल्याङ्कन गरेका थिए । प्रतियोगितामा रमन चौधरी प्रथम, आयुष पाल द्वितीय र विकास भण्डारी तृतीय भएका थिए । उनीहरुलाई सुदूरपश्चिमका टिकटक स्टार अंश वर्माले पुरस्कार वितरण गरेका थिए ।
धनगढीः युवालय नामक संस्थाका अध्यक्ष सन्तोष महर्जनले युवाहरु जोश मात्र नभई होस भएका युवा भएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामी युवाहरुलाई जोश भएका युवा भन्छौँ, हामी जोशसँगै होश भएका युवा हौँ, होश गुमाएका युवा होइनौँ,’ उनले भने । उनले युवाहरुमा जोश र होश दुबै भएकाले युवाहरुले आफ्नो उर्जाको प्रयोग सही ठाउँमा गर्नुपर्ने बताएका छन् । उनले अहिले नीति तथा कार्यक्रम बन्ने चरणमा रहेको बताउँदै यो भेला युवाहरुका लागि एक अवसर पनि भएको बताए । महर्जनले आजको छलफललाई उपलब्धीमूलक बनाउनुपर्नेमा पनि जोड दिए । अहिले नीति…