Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: मिस नेपाल वर्ल्ड-२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिवार भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छन् । उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

Read More

बझाङ: बझाङमा यार्सा सङ्कलकबीच झडप भएको छ । जिल्लाको साइपाल गाउँपालिका-२ स्थित माझा वनमा यार्सा सङ्कलकहरुबीच झडप भएको हो । प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल-२ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबीच झडप भएको हो । झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका र उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका ७ को एक होटेलमा शनिवार बेहोस पाइएका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको प्रहरीले बताएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए । आज बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Read More

धनगढीः कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । क्याम्पसका विभागीय प्रमुखहरूले सामूहिक राजीनामा दिएका हुन् । शुक्रवार विभागीय प्रमुखबाट राजीनामा दिएर आन्दोलनमा उत्रिएका प्राध्यापकहरूले क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । केन्द्रीय क्याम्पसका प्राध्यापकहरूको निहित स्वार्थका कारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको आरोप छ । विश्वविद्यालयले समायोजना हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेको थियो । यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्किटेक्चर इन्जिनियरिङ,…

Read More

कञ्चनपुर: कञ्चनपुरको कञ्चन बहुमुखी क्याम्पसमा अध्ययनरत भागेश्वरी देउवाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका गुलरियाकी देउवा बीए तेस्रो वर्षमा अध्ययनरत थिइन् । अन्दाजी २४ वर्षीया देउवा मुटु सम्बन्धी रोगबाट पीडित थिइन्।

Read More

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले महेन्द्रनगर नगर विकास घोटाला काण्ड यथाशीघ्र छानबिन गरी दोषिलाई कारबाहीको माग गरेका छन् । उनले समाजिक सञ्जालमार्फत नगरको गुरु योजना मिचेर जमिन लिजदेखि बिक्री वितरण लगायतका सबै गैरकानुनी गतिविधिमाथि छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् । ‘कञ्चनपुरको महेन्द्रनगर नगर विकास समिति (हाल भीमदत्त नगर विकास समिति)लाई २०३६ सालमा ६३८ बिघा ६ कट्ठा १३ धुर जमिनको स्वामित्व हस्तान्तरण गरेको थियो । उक्त जमिन जुन प्रयोजनका लागि नगर विकासलाई स्वामित्व दिइएको थियो, सो अनुसार प्रयोग नभई विभिन्न बहाना र स्वार्थ अनुसार स्थापना कालदेखिनै वास्तविक गुरु योजना विपरीत जग्गा बिक्री वितरण हुँदै आएको देखिन्छ,’…

Read More

बैतडी: नेपाल प्रेस युनियन स्थापना दिवसको अवसर पारेर बैतडीमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल प्रेस युनियन बैतडी शाखाले जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई शनिबार फलफूल वितरण गरेको हो । नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको प्रेस युनियन बैतडीका अध्यक्ष भगीरथ अवस्थीले बताए । बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा प्रेस युनियनका पदाधिकारी, नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र चन्द,तरुण दल बैतडीका उपाध्यक्ष महेशदत्त भट्ट, नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष नरी बडू लगायतको सहभागिता रहेको थियो । फलफूल वितरण कार्यक्रमका लागि दशरथचन्द नगरपालिका १ मुस्याचोरस्थित होटेल जे एमले सहयोग गरेको थियो । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस…

Read More

धनगढीः धनगढीको चौराहमा भेटिएका दुई बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ। आज दिउँसो २ बच्चाबच्ची चौराहमा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउँदले ती बच्चाबच्ची विशालनगरका भएको र बच्चाबच्ची आमालाई जिम्मा लगाइएको बताए। ती बच्चाबच्ची घरबाट बाहिर निस्केर चौराह पुगेको बताइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा तरकारी बोकेको जिपले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको बेलौरी नगरपालिका–९ रतनपुरका ३० वर्षीयसुनिल चौध री र १९ वर्षीय पवन चौधरी रहेका छन् । प्रहरीका अनुसार साइकलमा सवार उनीहरुलाई बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिएको हो । घाइते दुबै जनालाई उपचारका लागि धनगढी पठाइएको र जिप चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

Read More

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेका छन्। शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्। उनी तीन दिनपछि फर्किने छन्।

Read More