Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरमा कांग्रेसको विजय जुलुसमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ तिनचारास्थित दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु र अर्का घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परेर भीमदत्त नगरपालिका–१० गज्जरका २८ वर्षीय बिरेन्द्र चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । गड्डाचौकीबाट सुकासालतर्फ आइरहेको चन्दले चलाएको म २ प ८०२४ नम्बरको मोटरसाइकल र भीमदत्त नगरपालिका–५ का ३५ वर्षीय प्रेमराज अवस्थीले चालक रहेको सुकासालदेखि गड्डाचौकीतर्फ गइरहेको म २ प २७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए । दुर्घटनामा परेर गम्भिर घाइते भएका चन्दको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा…

Read More

बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जनाएको छ । नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु गरी ५२ जना निर्वाचित भएका छन् ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछिल्लो मतगणना अनुसार अहिलेसम्म ४२ हजार २३० मतगणना भएको छ । गणना भएका मतमध्ये मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन् । स्थानीय तह निर्वाचनमा धनगढीमा ६३ हजार ७१५ मत…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई उनले भनेको जस्तै ‘कोर यरिया’मा बालेन साह भन्दा तेब्बर बढी मत ल्याएका छन् । महानगरपालिका वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि छाडेका हुन् । रैथाने नेवार समुदायको बाक्लो बसोबास रहेको वडा नम्बर २७ मा ३ सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात ४३ मत मात्रै पाएका छन् । उता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याउन सफल भएकी छन् । अर्कातिर आँखीझ्यालका सुमन सायमीले ३१ भोट ल्याएका छन् ।

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर बिरेन्द्र भट्टले सपथ ग्रहण गरेका छन् । बिहीवार जिल्ला न्यायाधीस एवम् मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले भट्टलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । बुधवार सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भट्टले एमालेका उम्मेद्वार गोकर्ण भट्टलाइ ४ हजार २ सय ७७ को फराकिलो अन्तरले पराजित गरेका थिए । कांग्रेसका उम्मेदवार भट्टले १५ हजार ५ सय १ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार भट्टले ११ हजार २ सय २४ मत प्राप्त गरेका थिए ।

Read More

बैतडी- माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी बैतडीमा एक वडासमेत जित्न नसकेर निल बनेको छ। जिल्लाका १० पालिका र ८४ वडामा समाजवादीले एक सिट पनि ल्याउन सकेको छैन । पालिका अध्यक्ष र वडाध्यक्ष गरी ३७ ठाउँमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको नतिजा शून्य आएको हो । जिल्लाको मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको समाजवादीले तीनै ठाउँमा पराजय व्यहोरेको छ । जिल्लाको सुर्नया गाउँपालिकामा भने २६ भोटले मात्रै समाजवादीका उम्मेदवार नरेन्द्र बिष्ट अध्यक्षमा पदमा पराजित भएका छन्। अन्य ठाउँमा भने निकै मतान्तरले समाजवादीका उम्मेदवारहरु पराजित भएका छन् । स्थानीय तहको निर्वाचनमा पराजय भोगेपछि समाजवादीले चुनावी समीक्षा समेत गरेको…

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमराज ओझा ४ हजार ८ सय मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका लोकेन्द्र मल्लले ४ हजार १ सय ९४ मतसहित पछ्याइरहेका छन् । नगरपालिकाको वडानम्बर १, २, ३, ८ र ९ को मतगणना सकिएको छ भने वडानम्बर ४ र ७ को मतगणना चलिरहेको छ। यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ४ हजार ६ सय १६ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी रमिता कुमारी रानाले ४ हजार ३ सय ३२ मत ल्याएकी छन् ।

Read More

कैलाली- कैलालीको धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका ४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र अन्दाजी ६० वर्षीय पुरुष मृत फेला परेका हुन् । भारत घर भएका उनको नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बुधबार मृत अवस्थामा फेला परेका उनको हालसम्म सनाखत हुन सकेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

Read More

कैलाली- स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । उक्त पार्टीले ३४ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २३ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १३ पालिकामा प्रमुख जितेको छ । प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित निकाल्दा एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अब प्रदेशका एक उपमहानगरपालिका, एक गाउँपालिका र १० नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी…

Read More

नयाँ दिल्ली- पूर्वक्रिकेटर तथा कांग्रेस नेता नवजोत सिंह सिद्धु ‘रोडरेज’ घटनामा दोषी ठहर भएका छन् । उनलाई भारतको सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । सन् १९९८ को ‘रोडरेज’ घटनामा पुर्नविचार गर्दै अदालतले एक वर्ष जेल सजायको फैसला सुनाएको हो । यसअघि अदालतले सन् २०१८ मे १५ मा सिद्धुलाई एक हजार रुपैयाँको सजाय सुनाएको थियो । सन् १९९८ मा सिद्धुले पटियालाको एक बजारमा पार्किङको विषयमालाई लिएर ६५ वर्षका गुरनाम सिंहमाथि कुटपिट गरेका थिए । गुरनामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । रिपोर्टका अनुसार ह्दयघातका कारण उनको मृत्यु भएपनि सिद्धुमाथि हत्याको आरोप लगाउँदै मुद्धा दायर भएको थियो ।…

Read More