Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएलगत्तै प्रतिस्पर्धी एआईजी रवीन्द्र धानुकले बधाई दिएका छन् । सरकारले सिंहलाई आईजीमा नियुक्त गरेपछि धानुकले सामाजिक सञ्जालमा बधाई भन्दै, ‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको रुपमा सहकर्मी मित्र धीरजप्रताप सिंहलाई हार्दिक बधाई ! गरिमामय संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सकल दर्जालाई ऐक्यबद्ध गर्दै गतिशिल नेतृत्वको लागि शुभकामना ।’ लेखेका छन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आजैबाट अवकाश पाउँदैछन् । क्षेत्रीलाई आज दिँउसो ४ बजे प्रहरी प्रधान कार्यालयमा बिदाई कार्यक्रम आयोजना गरिएको छ । यससँगै धिरजको नियुक्तिसँगै एआईजीद्वय विश्व पोखरेल…

Read More

दार्चुला – स्थानीय तह निर्वाचनका लागि दार्चुलामा निर्वाचन सामाग्री गाउँ पठाउने तयारी गरिदै छ । निर्वाचनको लागि चाहिने आवश्यक सामाग्री जिल्ला आइपुगेका कारण समान चेकजाँच गरि प्याकिङको काम भइरहेको छ । बैशाख २७ गतेभित्र सबै स्थानीय तहका निर्वाचन मतदान केन्द्रमा आवश्यक सामाग्री पुर्याइ सकिने जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले बताउनुभयो । मतपेटिकासहित आवश्यक निर्वाचन सामग्रीहरु खलंगा ल्याइएको छ । अहिले रुजु गरेर गाउँ पठाउन प्याकिङको काम चलिरहेको छ । जिल्लाको लागि यो पटक एक सय नयाँ मतपेटिका ल्याइएको छ । यसअघि जिल्लामा ५ सय बढि मतपेटिका सुरक्षित रहेको धामीले बताउनुभयो ।जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री जिल्लामा…

Read More

काठमाडौं – आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए ।प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले सोमबारदेखि अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी चयन गरेको हो ।दैलेखका बासिन्दा सिंहको जन्म २०२४ सालमा भएको थियो । उनले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।उनी २०४९ चैतमा नेपाल प्रहरीमा निरीक्षक पदमा प्रवेश गरेका थिए । आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरे पनि उनी वैकल्पिक सूचीमा परेका थिए । उनको कार्यकाल करिब १ वर्ष हुनेछ ।…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताएका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई आग्रह गरे । “भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास स्थानीय तहका प्रमुखका साझा दायित्व हुन्”, उहाँले भन्नुभयो । समुन्नत नेपाल निर्माणमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले श्रमिकका योगदानलाई राज्यले उच्च मूल्याङकन गरिनुपर्ने बताए । महामन्त्री शर्माले मुलुकको सबल अर्थतन्त्र निर्माण गर्न वैदेशिक रोजगारीमा गएका श्रमिकको महत्वपूर्ण योगदान रहेको…

Read More

काठमाडौं – सत्ता गठबन्धनले उम्मेदवारी फिर्ता नलिएका र फिर्ता लिने समय अपुग भएका स्थानीय तहमा गठबन्धन दलहरूबीच भएको सहमति अनुसार तालमेल गर्न आ–आफ्ना दलले मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ । दलका आधिकारिक र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिह्न पाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको गठबन्धन दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । ठाउँ ठाउँमा गठबन्धनका केही दलले तालमेलको समझदारीविपरीत उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन दलहरूबीच केही ठाउँमा तालमेलको विषय पेचिलो बनेको छ । यस्तै बैठकले गठबन्धनको मर्म र भावनाअनरुप आपसी एकता कायम…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले आजको दिन प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनका रूपमा लिन सबै श्रमजीवी जनसमुदायलाई आग्रह गर्नुभएको छ । श्रमिक वर्गको बलिदानीका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उल्लेख गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एउटा मौका दिएर चुनाव जिताउन आग्रह गरेका छन् ।राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले उनले भ्रष्टाचार गरी कमाउँछु भन्नेलाई राप्रपाबाट बिदाइ गर्ने बताएका छन् । उनले चुनाव जितेर भ्रष्टाचार गरी कमाउँछु भन्ने मनसाय बोकेर राजनीतिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका हुन् । ‘देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउनुहोस्, ‘हामी भ्रष्टाचारमुक्त देश निर्माण गर्नेछौँ,’ उनले भने । ‘भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सातपुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,’ उनले भने। स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका…

Read More

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्रको अभिभारा पूरा गर्ने बताए। सन्देशमा उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको उल्लेख गरेका छन् । सन्देशमा उनले नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको जनाए। नयाँ श्रम ऐनमार्फत श्रमजीवी…

Read More

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । आइतबार नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् । स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको बताउँदै सो पार्टीले वैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । अपिलमा भनिएको छ, ‘हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले हालै हुन गइरहेको स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग…

Read More

नेपालगञ्ज – स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने र ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले बताए । बाँकेका प्रजिअ खत्री, बर्दियाका प्रजिअ बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका…

Read More