Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको आसन्न निर्वाचनका लागि जिल्लागत रुपमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन्।त्यसैगरी  भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ।सबै जिल्लाका नमुना मतपत्र हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस….https://election.gov.np/np/page/sample-ballot

Read More

काठमाडौं – साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार २० रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – देशको प्रमुख दुई सुरक्षा निकायले नयाँ नेतृत्व पाउँदैछ । १ महिनाभित्रैको अवधिबाट दुईपटक बढुवाको अवसर पाएका दुई प्रहरी अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने सम्भावना देखिएको छ । दुवै संगठनका वर्तमान आईजीहरु ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि बहालवाला एआईजीमध्येबाट आईजी बढुवा हुने भएको हो । नेपाल प्रहरीमा ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) रहे पनि बसन्त पन्तले आजै अवकाश पाउने भएपछि आईजीको प्रतिस्पर्धामा विश्व पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुक रहेका छन् । तर, यी चार मध्ये प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी सेवा प्रवेशदेखि नै उत्कृष्ट अधिकारीका रुपमा ख्याति कमाएका धिरजप्रताप…

Read More

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मजदुरको आर्थिक हैसियत उठाउन सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताउनुभएको छ । “रातदिन श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ । विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसको जननिर्वाचित सरकारले विसं २०१६ मा कारखाना र…

Read More

इलाम – इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त शव स्थानीय बिनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । काफ्ले दुई दिनदेखि हराएको भन्ने सुचना आएको र शनिबार शव गाडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । कसैले हत्या गरेर शव गाडेको हुनसक्ने देखिएकाले प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएकोे जनाएको छ । शव पोस्टमार्टमका लागि धरान पठाइएको छ ।

Read More

गुल्मी – शारीरिक अशक्त भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका २ की अन्दाजी ३५ वर्षीया अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय झुपे सार्कीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । सार्कीले वैशाख १५ गते दिउँसो तिलारास्थित एक घरमा जबरजस्ती करणी गरेको उजुरी परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए । सार्कीलाई जिल्ला अदालत गुल्मीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको खरेलले बताए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौँडा जाँदै छन् । एमाले मकवानपुरले हेटौँडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौँडा जान लागेका हुन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ । आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने श्रेष्ठले बताए ।

Read More

काठमाडौँ – नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ। प्रतिनिधिसभाको फागुन १५ गते बसेको बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो। नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्धेश्यमा नेपाल सरकार र एमसिसी दुवै पक्ष प्रतिवद्ध रहेका छन्। सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ । सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर…

Read More

कैलाली आगलागीबाट सखाप भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ। चालु आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९/८० देखि बस्ती निर्माण गरिने सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । मुख्यमन्त्री भट्टले शनिबार सो बस्तीको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्तकमैया बस्ती निर्माण गरिने बताएका हुन् । त्यस्तै, प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले त्यहाँका मुक्तकमैयाले अझसम्म पनि जग्गाको लालपूर्जा नपाएकोले लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने बताइन्। प्रदेश सरकारले तत्काल पूर्ण क्षति व्यहोरिरहेका सो बस्तीका प्रति मुक्तकमैयालाई…

Read More

कञ्चनपुर- सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलका पूर्व स्वकीय सचिव रविन्द्र सुनारसहित एकीकृत समाजबादीका दुई जना नेकपा एमालेमा प्रवेश भएका छन् । नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्यसमेत रहेका सुनारसंगै एकीकृत समाजबादीकै जिल्ला सचिबालय सदस्य पदमराज भट्ट पनि एमालेमा प्रवेश भएका हुन् । उनीहरुलाई एमाले सचिव एवम सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम सह–इन्चार्ज राजेन्द्र रावल, प्रदेश कमिटी सदस्य मानबहादुर रावल, दामोदार रिजाललगायत नेताहरुको सहभागीता रहेको थियो ।

Read More