Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई मन्त्री खाँणले निर्देशन दिएका हुन् । ‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला’, खाँणले भने । निर्वाचन सुरक्षाको क्रममा…

Read More

काठमाडौं – मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृह मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबिच नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको हो । श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन्। नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका थिए । नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा…

Read More

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाट निर्वाचन चिह्न दिने तयारी गरेको छ । देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिने भएको हो । ४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् । आयोगगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । शनिबार निर्वाचन चिन्ह वितरण गर्ने निर्वाचन आयोगको तालिकाअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय सभागृह पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन् । चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ । राप्रपाका कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो । शनिवार एक विज्ञप्ति जारी गर्दै तत्काल सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र गठबन्धन भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र गठबन्धन भएको बताए । उनले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बिचमा गठबन्धन भएको दाबी गरे । उनले सत्तारुढ दलहरूका बिचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै पौडेलले केपी ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको बताए । पौडेलले काँग्रेस स्पष्ट…

Read More

काठमाडौं – नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र बिपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै बिपीको आदर्श र सिद्धान्तमा अडिग छौँ । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’ देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री…

Read More

काठमाडौं – वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाटमतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ ।

Read More

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकामा १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नगरप्रमुखका दुई र एक उपप्रमुखका गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका दानबहादुर पाल र ललितबहादुर तमोली मनोनयन फिर्ता लिँदै काँग्रेस विपीका उम्मेदवार हरिप्रसाद भटट्लाई समर्थन गरेका छन् । यस्तै उपमेयरकी स्वतन्त्र उम्मेदवार सरस्वती अवस्थीले पनि उपमेयरको उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतिको कार्यालय, डडेल्धुराले जनाएको छ । यस्तै वडा नम्बर १ का अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरत तमोली, जनता समाजवादी पार्टी नेपालबाट अमरगढी–५ का उम्मेदार श्याम सिनाल र वडा नम्बर ६ की वडाध्यक्षकी उम्मेदवार जानकी ताम्राकार र नेकपा एमालेबाट वडा नम्बर १० का…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन्। ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै उनी उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न पनि ती संघसंस्थाले संयुक्त विज्ञप्तिमार्फत माग गरेका छन्।

Read More