Author: महेन्द्रनगर पोष्ट

कैलाली- सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपाल एपीएफ क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाईनलमा अव एपिएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक एक गोल गरिन् । पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रबाट पाँच जनाको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रको गाउँ कमिटीले एक पत्रकारसहित पाँच जनाको नाम जिल्ला समन्वयलाई समितिलाई सिफारिस गरि पठाएको छ । पालिकाको अध्यक्ष पदका लागि आकांक्षी पत्रकार कृष्णराज गिरी, ईश्वरीदत्त भट्ट, नन्दकिशोर सार्की, कैलाशचन्द्र गिरी र कल्पना गिरीरलाई सिफारिस गरिएको छ । यस्तै पालिकाको उपाध्यक्षमा नैनु गिरी, सुरेन्द्र कोइरालाको नाम सिफारिस भएको गाउँ कमिटीले जनाएको छ । पत्रकार गिरी लामो समयदेखि राजनीतिक विटमा पत्रकारित गर्दै आएका थिए । साथै उनी प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् । बेल्डाँडीमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र…

Read More

काठमाडौं यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन दलले पाँचवटा महानगरपालिकाको भागबण्डा मिलाएको छ । सोमबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको दोस्रो बैठकले ६ महानगरपालिकामध्ये पाँचवटाको मागबण्डा टुंग्याएको हो । पाँचमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका लिने सहमति भएको छ । कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने सहमति बनेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा पार्टीका सचिव एवम् रामचन्द्र पौडेल नेतृत्वको कार्यदलका सदस्य हिमलाल पुरीले बताए । बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ । पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ…

Read More

काठमाडौं0 भक्तपुरको बिस्काः जात्रामा रथले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेको प्रहरीले जनाएको छ। रथले किचेर घाइते भएका कसपालको उपचारका क्रममा भक्तपुर अस्पताल मृत्यु भएको हो । जात्रामा अप्रिय घटना भएपनि रथ तान्ने क्रम भने नरोकिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ । दुवै…

Read More

दार्चुला- दार्चुलामा दुई पत्रकार स्थानीय तहको नेतृत्वमा आउनका लागि दौडधुपमा लागेका छन् । जिल्लाका अग्रज पत्रकार हिरासिंह धामी मालिकाजुन गाउँपालिका अध्यक्षको दौडमा लाग्नुभएको छ भने सन्तोष कोट्टारी मार्माको वडाध्यक्षको दौडमा। पत्रकार धामी मालिकार्जुन गाउँपालिका अध्यक्षको लागि सिफारिससमेत भइसक्नु भएको छ । उहाँसँगै एमाले प्रदेश कमिटी सदस्य मोहनसिह धामी, गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी पनि अध्यक्षको दौडमा छन् । धामी पत्रकार महासंघ दार्चुलाका संस्थापक शाखा उपसंयोजकसमेत हुन् । यसैगरि मार्मा गाउँपालिका–६ का घर भएका पत्रकार सन्तोष कोट्टारी पनि वडाध्यक्ष पदका लागि सिफारिस हुनुभएको छ । उनी नेकपा एमालेबाट वडा नम्बर ६ को वडाध्यक्षको लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको हो । प्रेस चौतारी…

Read More

युक्रेन- युक्रेनको पश्चिमी शहर ल्भिभमा आज बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ। ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन। घाइतेको संख्या आठ पुगेको छ भने मृत्यु हुनेको संख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ। रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ शहरमा आएका थिए। खार्किभ, कीभ, खेरसोन र…

Read More

मोगादिसु- नवनिर्वाचित सांसद्हरूले सोमबार संयुक्त बैठक आयोजना गरिरहेको सोमाली संसद् भवनमा कैयौं राउण्ड मोर्टारको गोली प्रहार हुँदा कम्तीमा नौ जना घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ। रासस÷सिन्ह्वा

Read More

दार्चुला – दार्चुलामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र पारिएको छ। यही वैशाख ९ गते शुक्रबारदेखि हुने परीक्षाको तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तका अनुसार परीक्षा सञ्चालनका लागि १६ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। यो वर्ष भने  ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा पनि नियमिततर्फको परीक्षामा नै  बताइएको छ । विगतमा ग्रेड वृद्धिका लागि छुट्टै परीक्षा केन्द्र निर्धारण गरिने गरेको भएपनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीको परीक्षा नियमित परीक्षार्थीले जाँच दिने विद्यालयमा नै हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पन्तले जानकारी दिनु भएको छ । जिल्लामा  …

Read More

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक पुनः सुरु भएको छ । गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको हो । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरी सहभागी छन् । यसअघि आज बिहान बसेको बैठकमा दलहरूले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दाबी पेस गरेका थिए । महानगर र उपमहानगरमा दलहरूले…

Read More

काठमाडौँ– सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता वैशाख ६ गतेबाट हुने भएको छ । काठमाडौँमा सोमबार भएको पत्रकार सम्मेलनमा नेपाल गल्फ टुर २०२१–२०२२ को छैंटौँ संस्करण रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने नेपाल प्रोफेसन्ल गल्फ संघले जनाएको छ । प्रतियोगिता ७२ होलमा खेलाइने छ । जसमा ३६ व्यावसायिक र २० अमेच्यर गरी कुल ५६ खेलाडीको सहभागिता रहने छ । अन्तिम ३६ होलको चरणमा भने उत्कृष्ट २१ व्यावसायिक खेलाडी र व्यावसायिक कटमा पर्न सफल हुने उत्कृष्ट ६ अमेच्यर खेलाडी छनोट हुने छन् । प्रतियोगितामा कुल ५ लाख ४५ हजार रुपैयाँको पुरस्कार राशीको व्यवस्था गरिएको छ । उत्कृष्ट प्रतिस्पर्धीमा भुवन नगरकोटी, जयराम श्रेष्ठ,…

Read More