काठमाडौं-कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ। ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो। कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ। जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ।यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने ईपिएस…
Author: महेन्द्रनगर पोष्ट
बाजुरा-बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणमा ढिलाइ भएको छ। ठेकेदारको लापरवाहीका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो। ५० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० मा ठेक्का भएको थियो। ठेक्का पाएको काष्ठमाण्डौं मसिना जेभीले तदारुकताका साथ काम नगर्दा अहिलेसम्म पुल निर्माण कार्य पूरा भएको छैन। चार करोड ४७ लाख लागतमा निर्माण हुने सो पुलको ठेक्का अवधि २०७५ असार ३० सम्म रहेको थियो । तर, अझै पुल अधुरै रहेको छ। ठेकेदारको लापरवाहीले गर्दा छ वर्षसम्म पनि पुल निर्माण कार्य पूरा हुन नसकेको भन्दै स्थानीयले आक्रोस पोखेका छन्। त्यस्तै, बडिमालिकाकाकै बाउली खोलामा निर्माणाधीन २५ मिटर पक्की पुल निर्माणको कार्य पनि…
काठमाडौं-साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार नेपाल आउँदैछन्। १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो। महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको उच्च विभूषण हो। उनी निजी भ्रमणमा आए पनि उक्त विभूषण दिइएको भन्दै त्यसबेला सरकारको आलोचना पनि भएको थियो। तलालपछि साउदी अरबमा भ्रष्टाचार प्रकरणमा जेल पनि परे। यद्यपि सन् २०१८ जनवरीमा उनी जेलमुक्त भए। साउदी अरब र नेपालबीच एक दशकयता द्विपक्षीय भ्रमण निकै कम भएका छन्। खाडी मुलुक साउदीका तर्फबाट दोश्रोपटक राजकुमारको तहमा भ्रमण हुन…
काठमाडौं – झापा गोल्डकपको फाइनल खेल आज हुँदै छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ भिड्ने छन्। झापाले सेमिफाइनलमा संकटा क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो। आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे। उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताए। झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए। उनले चार पटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले…
काठमाडौं- प्रहरीले काठमाडौंको तारकेश्वरबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका- ९ मनमैजुस्थित जगत डंगोलको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। पक्राउ पर्नेमा बागलुङको खुङ्ला गाउँपालिका-८ का युवराज कँडेल लगायत १० जना छन्। प्रहरीले उनीहरूको साथबाट १ लाख ९ हजार ७४५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको जनाएको छ।
हेटौंडा -मकवानपुरमा १८२ किलो गाँजासहित पाँचजना पक्राउ परेका छन्। आइतवार राक्सिराङ गाउँपालिकाको चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी-७ पुल नजिकै रोकेर खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित पिकअपका चालक हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा, २९ वर्षीय अर्जुन स्याङ्तान र ३० वर्षीय विनोद पाख्रिनलाई नियन्त्रणमा लिएको छ। उनीहरुले १०÷१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए। त्यस्तैगरी भीमफेदी गाउँपालिका–२ भैसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका–४ का १९ वर्षिय अमृत मोक्तान र अर्को एक नाबालकलाई दुई किलो दुई सय ग्राम गाँजासहित पक्राउ गरेको छ।
काठमाडौं-सोमवार देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको पूर्वी हिमाली भूभागको एक वा दुई स्थान हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ। त्यस्तै, राती देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार देशमा अहिले पश्चिमी न्यून चापीय वायुको सामान्य प्रभाव रहेको छ।
कञ्चनपुर-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले कञ्चनपुरको निमार्ण कम्पनी भवानी कन्ट्रक्सनको कागजपत्र नियन्त्रणमा लिएको छ। महाकाली नदीको नदीजन्य पर्दाथको रोयल्टी संकलनको जिम्मेवारी पाएको भवानी कन्ट्रक्सनले राजश्व चुहावट गरेको आरोपमा अख्तियारले १ सय ठेली लगायतका कागजपत्र नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख राम बहादुर कुरूम्वाङले उजुरी परेपछि अनुसन्धानका लागि निमार्ण कम्पनीको कागजपत्र नियन्त्रणमा लिएको जानकारी दिए। कम्पनीले रोयल्टि संकलनका लागि भीमदत्त नगरपालिकासंग प्रति घनमिटर रु ७५ का दरले ठेक्का सम्झौता गरेको थियो।
कञ्चनपुर – झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अरबौँ रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन। राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन। आयोजना सुरु भएदेखि अहिलेसम्म चार अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए। अहिलेसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोड रुपैयाँको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ। नेपाल–भारत सिमानाभन्दा वर भीमदत्त नगरपालिका–९० मा छुटेको दुई सय २० मिटर मूल नहर पनि…
काठमाडौं-इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ। आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पु¥याउनुभएको योगदानको कदर गर्दै उनको जन्म दिनलाई इतिहास दिवस घोषणा गर्न माग गरेको हो। “आचार्यअघिका इतिहासकारले वंशावलीगाथालाई नै इतिहासमा रूपमा लेख्ने गरेका थिए, आचार्यले प्रामाणिक इतिहासको लेखन सुरु गर्नुभयो, नेपालमा रहेको विश्वको सर्वोच्च शिखरको नाम विदेशीको नाममा नामकरण भएकामा सगरमाथा…