Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल फर्कन इच्छुक नेपालीको स्वदेश फिर्तीका लागि इजरायलमा अनलाइन रजिष्ट्रेशन सुरु गरिएको छ। त्यहाँस्थित नेपाली दुतावासका अनुसार नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेशन सुरु भइ दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ। दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको पनि दुतावासले जनाइएको छ। आज साँझ विज्ञप्ति जारी गरी राजदुतावासले चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको जानकारी दिएको छ।…

Read More

काठमाडौँ : दक्षिण इजरायलको किवुज अलुमिमस्थित प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु १० जना नेपालीहरूको शव नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढेको छ । इजरायलको तेल अबिबस्थित रहेको नेपाली राजदूतावासले जनाएअनुसार मृत्यु भएको १० जनाको शव नेपाल फिर्ता ल्याउनका लागि इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको जनाइको छ । दूतावासले जनाएअनुसार चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको छ । साथै, सम्पर्क विहीन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको दूतावासले जनाएको छ । हाल युद्ध भइरहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका…

Read More

काठमाडौं : इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको हो । प्यालेस्टाइनी कट्टरपन्थी समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । शनिबार बिहानदेखि इजरायलमा हमास समूहले आक्रमण जारी राखेको छ । दक्षिणी क्षेत्रमा पर्ने गाजा नजिकको किबुज अलुमिम क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी रहेका थिए । तीमध्ये आक्रमणमा परेर १० जनाको ज्यान गएको हो । मञ्चका अध्यक्ष वासु गौतमले मृतकका परिवारप्रति समवेदना जनाउँदै र दुःखमा साथै छौं भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरेको…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाटाका मिट्ठु रानाको घर पछाडीको टहरामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१९ का ४४ वर्षीय जयबहादुर महरा, ३५ वर्षीय दानी राना, ४३ वर्षीय हिरु राना, ३२ वर्षीय कैलास राना, बेदकोट नगरपालिका–३ का ३० वर्षीय सागर बिष्ट र बेदकोट नगरपालिका–१० का ३६ वर्षीय तिलक बैज रहेका छन्। यस्तै भीमदत्त नगरपालिका–१४ का ३४ वर्षीय शेर बहादुर कुँवर, भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय प्रकाश भट्ट, भीमदत्त नगरपालिका–१८ का ४३ वर्षीय ओमप्रकाश पनेरु र मेलौलि नगरपालिका–२ का ४२ वर्षीय प्रकाश चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट…

Read More

काठमाडौँ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ निर्णय गरेको छ । बैठकले इजरायलमा १० जना नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्नेलगायत ११ निर्णय गरेको हो । साथै इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने पनि निर्णय भएको छ। शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि भएको छ। निर्णयहरू : १. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने। २. यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका…

Read More

काठमाडौं : एक महिनाअघि प्रयोगात्मक अध्ययनका लागि इजरायल पुगेका दार्चुलाका लोकेन्द्रसिंह धामीको पनि हमासको आक्रमणमा परी मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका-४ का वडाध्यक्ष धनसिंह धामीका अनुसार लोकेन्द्रले १२ कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका हुन्। उनले टीकापुरबाट बिएस्सी एजीसम्मको पढाइ पुरा भएपछि थप अध्ययनका लागि सुदूरपश्चिम विश्वविद्यालय गएका थिए। त्यहीँबाट एक महिनाअघि इजरायल गएका हुन्। ‘लोकेन्द्रको खबर सुनेर हामी शोकाकुल छौं’ वडाध्यक्ष धामीले भने । सोमबार दिउँसो मृतक लोकेन्द्रका परिवारलाई जिल्लाबाट सिडिओ, जिल्ला प्रहरी प्रमुखसहितको टोलिले भेट गरेको वडाध्यक्ष धामीले बताए । उनले भने,‘उनका बुवाले अहिले पनि खेती किसानी गरेर घरको गुजारा चलाइराख्नु भएको छ। छोरालाई कृषि वैज्ञानिक बनाउने उहाँको धोको…

Read More

काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी भएको नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका हुन्।पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन्। उनले यस दुखद् घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश पनि दिएका छन्।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक जारी छ । इजरायल घटना, शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा जारी छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू सहभागी छन् ।

Read More

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालीहरू खान नपाएर बंकरभित्रै मर्ने अवस्थामा रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले इजरायलमा रहेका फोन वार्ता गरेको सुनियो त्यसका लागि धन्यवाद। फोन वार्ता मात्रै भएर सकिँदैन भने परराष्ट्रमन्त्रीज्यूलाई तुरुन्तै इजरायल पठाएर भएपनि नेपालीहरूलाई उद्धार गर्ने, खान नपाएर त्यहाँ नेपाली विद्यार्थी मर्ने अवस्थामा छन् । उनीहरूलाई बचाएर नेपाल ल्याउन माग गर्छु ।’

Read More

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले युद्धग्रस्त ईजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव तत्काल नेपाल ल्याउन सरकारसंग माग गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत लेखकले ईजरायलमा हमासको हमलामा परि घाईते भएका नेपालीको स्वास्थ्य ऊपचारको व्यवस्था गर्न, मृतकको शव तत्काल नेपाल ल्याउन सरकार समक्ष माग गरेका हुन् । यी हुन् उनले सामाजिक सञ्जाल मार्फत सरकार समक्ष राखेका मागहरुः१) घाईतेको शिघ्र स्वास्थ्य ऊपचारको व्यवस्था गरियोस।२) बंकरमा रहेका र जोखिममा परेकोलाई तत्काल ऊद्धार गरियोस।३) हराएका वा सम्पर्कमा नरहेकाको खोजी होस।४) मृत्यु भएकाको लाश तत्काल ल्याई परिवारको जिम्मा दिईयोस।५) असुरक्षा, पिडा र जोखिममा रहेका नेपाली र परिवारजनलाई…

Read More