Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ को हिरापुर नजिकै सोमबार जिपले मोटरसाइकललाई ठक्कर दिएको हो । खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको हो । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते रहेका प्रहरीले जनाएको छ । जिपले जिपको ठक्करबाट मोटरसाइकल भीरमा खसेको छ । उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…

Read More

काठमाडौं : इजरायलको द्वन्द्वनग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ। उनीहरुलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ। आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लान आग्रह गरेको थियो। सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बंकरभित्र रहेका विद्यार्थीसँग संवाद पनि गरिसकेका छन् ।

Read More

काठमाडौँ : सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरकेो छ। आज बसेको मन्त्रिपरिषद बैठकले भोलि सार्वजनिक बिदा दिदै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो। बैठकले नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ। इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ भने केही घाइते छन्। कतिपय नेपाली अझै उद्धारको पर्खाइमा छन्।

Read More

धनगढी : धनगढीबाट डडेल्धुरा जान लागेको बस दुर्घटना भएको छ। आज (सोमबार) बिहान ११ बजे धनगढीबाट जोगबुढाका लागि छुटेको बस शिवपुरी यातायातकाे ना ४ ख ९५५४ नम्बरकाे बस गोदावरीमा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोगबुढाका हरिश भट्टराईले चलाएको सो बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएपछि दुर्घटना भएको हो। दुर्घटनामा जोगबुढाका तीनजना घाइते भएका छन्। घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। अहिले उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन्।

Read More

धनगढी : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई मोसो दलिएको छ। आज प्रसाईँलाई काठमाडौंको यल्लो पेगोडा होटल अगाडि अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन्। प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन् । प्रसाईँले पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए। प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।

Read More

धनगढी: बलात्कारको आराेपमा बैतडीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलाैली नगरपालिका-५ खलिगाडका २८ वर्षीय नरेश जाेशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिए।  जाेशीमाथि असाेज २१ गते बिहान मेलाैली-६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला करणी गरी भागेको आराेप छ। भागेका जाेशीलाई आज (सोमबार) लामालेकबाट पक्राउ गरेकाे हाे। पक्राउ परेका जाेशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

Read More

काठमाडौं : इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ। इजरायली रक्षा बलहरूले अब इजरायलमा हमासको घुसपैठ र इजरायली नागरिकहरूमा आक्रमणको जवाफ दिइरहेका छन्। सीमा क्षेत्रका जनतालाई घरमै बस्न चेतावनी दिइएको छ। इजरायलले आफ्ना शत्रुहरू विरुद्ध युद्धको घोषणा गर्दा उनीहरूलाई पूर्ण रूपमा नष्ट गरिदिन्छ भन्ने कुरा विश्वले सयौं पटक स्वीकार गरेको छ। इजरायलको सरल नियम हो ‘हुक वा क्रुक द्वारा’ अर्थात् यस धर्तीबाट इजरायलका शत्रुहरूलाई कुनै पनि माध्यमबाट हटाउनु। जर्मनीमा ओलम्पिक खेलकुदका क्रममा यहूदीहरूको हत्या हुँदा धेरै वर्षसम्म इजरायली गुप्तचर निकायले ती आतंककारीहरूलाई मार्ने काम गरिरहे। इजरायल एक दिनमा बनाइएको होइन। आज संसारमा बुद्धि, ज्ञान, धन र संस्कृतिले भरिपूर्ण यहूदीहरूले जतिसुकै सफलता…

Read More

धनगढी: कैलालीको धनगढीमा हिजो (आइतबार) देखि सुरु भएको नेकपा (एमाले) सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन जारी छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली नै आएर अधिवेशनको उद्घाटन गरेका थिए। पार्टी अध्यक्ष ओली उद्घाटनपछि हिजो नै काठमाडौं फर्किएका थिए। ओलीले सहमतीका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएको बताइन्छ। ओलीको निर्देशन अनुरुप अहिले प्रदेशका एमाले नेताहरु सहमतीको प्रयासमा जुटेका छन्। ओली काठमाडौं गएपनि उनले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशन सम्पन्न गर्न जिम्मा दिएको बताइएको छ। महासचिव पोखरेलले सहमतीको वातावरण बनाउन प्रदेशका पूर्व इन्चार्जसहित हालका इन्चार्ज, अध्यक्ष र अन्य नेताहरुसँग छलफल गरिरहेका हुन्। धनगढीको रुवस होटलमा छलफलमा बसेका नेताहरु अहिले अहिले अधिवेशन…

Read More

धनगढी: नेपाल प्रहरीका नायव निरीक्षक (सई) जितेन्द्रसिंह धामी निलम्बनमा परेका छन्। बहुविवाह (घरमा श्रीमती हुँदाहुदै अर्को विवाह गरेको) मुद्दामा मुछिएपछि धामी निलम्बनमा परेका हुन्। प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनी स्वत: निलम्बनमा परेको जानकारी दिइएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले मुद्दा दायर भएलगत्तै धामीको जिम्मेवारी खोसिएको र निलम्बित गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार धामीविरुद्ध चितवनमा बहुविवाहको मुद्दा दायर भएको थियो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सई धामीविरुद्ध चितवनमा मुद्दा दर्ता भएको हो। डेढ महिनाअघि मुद्दा परेकोमा अहिले धामी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले बताए।

Read More

कैलाली : कैलालीको जोशीपुर गाउँपालिका–५ का आशिष चौधरी इजरायलमै अस्ताएका छन्। प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी मृत्यु हुने १० नेपालीको सूचीमा चौधरीको नाम पनि समावेश छ। चौधरी गत २५ भदौमा इजरायल गएका थिए। मारिनेमा चौधरी पनि रहेपछि उनको परिवार विक्षिप्त छ। २५ वर्षीय चौधरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल गएका थिए। चौधरीको मृत्युको खबरले उनका ७० वर्षीय बाजे कन्हैयालाल चौधरी चिन्तामा छन्। कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन्। आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिषले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा…

Read More