Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीबाट डडेल्धुरा जान लागेको बस दुर्घटना भएको छ। आज (सोमबार) बिहान ११ बजे धनगढीबाट जोगबुढाका लागि छुटेको बस शिवपुरी यातायातकाे ना ४ ख ९५५४ नम्बरकाे बस गोदावरीमा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोगबुढाका हरिश भट्टराईले चलाएको सो बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएपछि दुर्घटना भएको हो। दुर्घटनामा जोगबुढाका तीनजना घाइते भएका छन्। घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। अहिले उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन्।

Read More

धनगढी : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई मोसो दलिएको छ। आज प्रसाईँलाई काठमाडौंको यल्लो पेगोडा होटल अगाडि अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन्। प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले मोसो दलेका हुन् । प्रसाईँले पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए। प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।

Read More

धनगढी: बलात्कारको आराेपमा बैतडीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलाैली नगरपालिका-५ खलिगाडका २८ वर्षीय नरेश जाेशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिए।  जाेशीमाथि असाेज २१ गते बिहान मेलाैली-६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला करणी गरी भागेको आराेप छ। भागेका जाेशीलाई आज (सोमबार) लामालेकबाट पक्राउ गरेकाे हाे। पक्राउ परेका जाेशीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

Read More

काठमाडौं : इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ। इजरायली रक्षा बलहरूले अब इजरायलमा हमासको घुसपैठ र इजरायली नागरिकहरूमा आक्रमणको जवाफ दिइरहेका छन्। सीमा क्षेत्रका जनतालाई घरमै बस्न चेतावनी दिइएको छ। इजरायलले आफ्ना शत्रुहरू विरुद्ध युद्धको घोषणा गर्दा उनीहरूलाई पूर्ण रूपमा नष्ट गरिदिन्छ भन्ने कुरा विश्वले सयौं पटक स्वीकार गरेको छ। इजरायलको सरल नियम हो ‘हुक वा क्रुक द्वारा’ अर्थात् यस धर्तीबाट इजरायलका शत्रुहरूलाई कुनै पनि माध्यमबाट हटाउनु। जर्मनीमा ओलम्पिक खेलकुदका क्रममा यहूदीहरूको हत्या हुँदा धेरै वर्षसम्म इजरायली गुप्तचर निकायले ती आतंककारीहरूलाई मार्ने काम गरिरहे। इजरायल एक दिनमा बनाइएको होइन। आज संसारमा बुद्धि, ज्ञान, धन र संस्कृतिले भरिपूर्ण यहूदीहरूले जतिसुकै सफलता…

Read More

धनगढी: कैलालीको धनगढीमा हिजो (आइतबार) देखि सुरु भएको नेकपा (एमाले) सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन जारी छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली नै आएर अधिवेशनको उद्घाटन गरेका थिए। पार्टी अध्यक्ष ओली उद्घाटनपछि हिजो नै काठमाडौं फर्किएका थिए। ओलीले सहमतीका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएको बताइन्छ। ओलीको निर्देशन अनुरुप अहिले प्रदेशका एमाले नेताहरु सहमतीको प्रयासमा जुटेका छन्। ओली काठमाडौं गएपनि उनले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशन सम्पन्न गर्न जिम्मा दिएको बताइएको छ। महासचिव पोखरेलले सहमतीको वातावरण बनाउन प्रदेशका पूर्व इन्चार्जसहित हालका इन्चार्ज, अध्यक्ष र अन्य नेताहरुसँग छलफल गरिरहेका हुन्। धनगढीको रुवस होटलमा छलफलमा बसेका नेताहरु अहिले अहिले अधिवेशन…

Read More

धनगढी: नेपाल प्रहरीका नायव निरीक्षक (सई) जितेन्द्रसिंह धामी निलम्बनमा परेका छन्। बहुविवाह (घरमा श्रीमती हुँदाहुदै अर्को विवाह गरेको) मुद्दामा मुछिएपछि धामी निलम्बनमा परेका हुन्। प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार उनी स्वत: निलम्बनमा परेको जानकारी दिइएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले मुद्दा दायर भएलगत्तै धामीको जिम्मेवारी खोसिएको र निलम्बित गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार धामीविरुद्ध चितवनमा बहुविवाहको मुद्दा दायर भएको थियो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सई धामीविरुद्ध चितवनमा मुद्दा दर्ता भएको हो। डेढ महिनाअघि मुद्दा परेकोमा अहिले धामी धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले बताए।

Read More

कैलाली : कैलालीको जोशीपुर गाउँपालिका–५ का आशिष चौधरी इजरायलमै अस्ताएका छन्। प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी मृत्यु हुने १० नेपालीको सूचीमा चौधरीको नाम पनि समावेश छ। चौधरी गत २५ भदौमा इजरायल गएका थिए। मारिनेमा चौधरी पनि रहेपछि उनको परिवार विक्षिप्त छ। २५ वर्षीय चौधरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल गएका थिए। चौधरीको मृत्युको खबरले उनका ७० वर्षीय बाजे कन्हैयालाल चौधरी चिन्तामा छन्। कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन्। आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिषले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा…

Read More

डडेल्धुरा : डडेल्धुरामा ५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ। स्रोतका अनुसार प्रहरीले जुवाडेभन्दा मोबाइल बढी समातेको छ। जुवाडे कम मोबाइल बढी समातिएको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘प्रहरी जुवातास…

Read More

धनगढी: पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायल युद्धमा नेपालीहरुको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन्। एक दु:खद सन्देश सार्वजनिक गर्दै पूर्वराजाले हालै इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा नेपालीहरूको मृत्युु भएकोमा दु:ख व्यक्त गरेका हुन्। नेपालबाट गएका १० विद्यार्थीहरुको मृत्यु त्यहाँ आक्रमणमा परि मृत्युु भएको थियो। यस्तै अन्य कयौं विद्यार्थी र युवाहरु घाइते छन्।यस्तै पूर्वराजाले अहिलेको अवस्थामा नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ नेपालीहरुको उद्धार गर्न माग गरेका छन्।

Read More

धनगढी : इजरायलमा हमासको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको छ। ती मध्यै ७ जना सुदूरपश्चिमका छन्। मृतकको सूचीमा नाम समावेश छ, बझाङका गणेश नेपालीको। नेपाली ‘कमरेड युगीन’ का नामले बढी परिचित छन्। उनले आफ्नो फेसबुक प्रोफाइमा कमरेड युगीन भनेर नाम लेखेका छन्। नेपाली गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका थिए। सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन्, उनी। गणेश अखिल क्रान्तिकारी विश्वविद्यालय राष्ट्रिय समिति सुदूरपश्चिम प्रदेशको सचिव पनि हुन्। भोपुरस्थित गणेशको परिवार अहिले भावह्विल छ। परिवारमा कान्छा छोरा रहेका उनी पढाइमा तीक्ष्ण थिए। उनले विद्यालय तहको शिक्षा बझाङकै सत्यवादीमा अध्ययन गरेका थिए।…

Read More