Author: महेन्द्रनगर पोष्ट

कैलाली : पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्याैपाने इजरायलमै अस्ताएका छन्। इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउने १० जनाको सूचीमा नारायणको नाम समेत छ । नारायणको परिवार कालिकोटको कोटबाडाबाट बसाइसराइ गरी कैलाली आएको थियो। न्यौपाने परिवारमा तीन छोरा एक छोरी छन्। नारायण ६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो। दुई छोरा र एक छोरी भएका हरिनन्द न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याए। सीताबाट एक छोरा छन्। सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पुरा गर्दै आएकी थिइन्। छोरा नारायणको बारेमा सितासँग बुझ्दा उनले वाईफाईमा पैसा सकिएपछि छोरासँग कुरा नभएको…

Read More

डोटी: डोटीको शिखर नगरपालिका– ५ पचनालीका राजन फुलाराको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै तुहिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए । तर, इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ। राजनसँगको कुराकानी सम्झँदै राजेन्द्रले भने, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’ जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग मोबाइलको क्यामेरा फर्काउँदै राजनले भनेका थिए, ‘ऊ त्यही हो अंकल…

Read More

काठमाडौं : नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ । शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो। मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ। दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।

Read More

धनगढी :कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका -५ गुलरिया बजारबाट १५ जना जुवाडे पक्राउ परेका हुन्। गएराति ११ बजे कृष्णपुर- ५ गुलरिया बजारमा रहेको ४५ वर्षीय दिनेश पनेरुको त्रिपूरा मदिरा विक्री वितरण केन्द्रभित्र उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ४ गड्डी ताससहित २ लाख ७७ हजार ५०५ नगद रुपैयाँ समेत समातिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरूलाई समातेको हो।

Read More

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयले इजरायलमा युद्धको चपेटमा परी बेपत्ता र अलपत्र परेका आफ्ना विद्यार्थीको खोजी तथा उद्धारको लागि अपिल गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयको तर्फबाट रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले विज्ञप्ति निकालेर उद्धार कार्यमा सहयोगका लागि नेपाल सरकार, कूटनीतिक नियोगहरू, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूलगायत अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका हुन्। विज्ञप्तिमा विश्वविद्यालयले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखि अन्तर्राष्ट्रियस्तरमा सिकाइ अनुभव बटुल्ने उद्दश्यले इजरायल सरकारको सिकाइसँगै आर्जन (लर्न एन्ड अर्न) कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी गएको भदौमा इजरायल गएको उल्लेख छ । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी गएको भदौमा इजरायल गएका हुन् ।…

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास थालेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेपछि नेताहरूले सहमतिको प्रयास थालेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् । ओली हिजो अधिवेशनको उद्घाटन गर्न धनगढी पुगेका थिए। ओलीले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएपछि पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् । अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेर छलफल भइरहेको छ। तीन जना आकांक्षी मध्ये एक जनालाई…

Read More

काठमाडौ : परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई सहजीकरण गर्न मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको हो। मन्त्रालयलका प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाल, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई परराष्ट्रले सम्पर्क व्यक्ति तोकेको छ। मन्त्रालयले उनीहरूको सम्पर्क नम्बरसमेत दिएको छ भने इमेलसमेत खुलाएको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।

Read More

काठमाडौं : मनसुन बाहिरिएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन। अन्य भूभागमा पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ। नेपालका पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा…

Read More

काठमाडौं : कार्ड सकिएपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ। अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३ सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ।  विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ। नियमित रूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको संख्या भने बढिरहेको छ। थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरूले बताए।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Read More

बैतडीः बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ परेकी बैतडीको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहरा आइतबार धरौटीमा रिहा भएकी छन्। पार्वतीको बयानको आधारमा पक्राउ परेका सोही ठाउँका भरत बोहरा पनि धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। यही असोज ४ गते बारुद बनाउने १२ किलो कच्चा पदार्थसहित सीमा क्षेत्र झुलाघाटबाट पार्वतीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीको अनुसन्धानपछि जिल्ला अदालतमा भएको थुनछेक बहस पश्चात दुवै जनालाई धरौटीमा छाड्ने आदेश दिएसँगै उनीहरु धरौटी बुझाएर रिहा भएका हुन्। पार्वतीले २५ हजार धरौटी बुझाएकी छन् भने भरतले १० हजार धरौटी बुझाएका छन्।

Read More