Author: महेन्द्रनगर पोष्ट

धनगढीः जिल्ला प्रशासन कार्यालय, बाँकेले आज बिहान ८ बजेदेखि कर्फ्यु हटाएको छ। प्रशासनले बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु हटाएको हो। राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म पूर्ववत् रुपमा कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बताए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो,उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका( भित्र राति कर्फ्यु यथावत् रहनेछ। गत असोज १६ गते बिहान सामाजिक सद्भाव र्‍याली निकाल्ने क्रममा विवाद भएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।

Read More

धनगढीः सुदूरपश्चिमका विभिन्न दलका नेताहरुले भकम्प पीडितलाई चाँडै‌ राहत उपलब्ध गराउन माग गरेको छन्। मंगलबार भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको हो। नेताहरुको टोलीले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो। भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठूलो क्षति भएको भन्दै टोलीले सरकारको ध्यानाकर्षण गराएको हो। एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन विताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान…

Read More

डडेल्धुरा: नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेकोछ। यसका साथै महान् चाड दसैँ र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ एकबीपीएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट…

Read More

धनगढी: धनगढीबाट खाद्यान्न बोकेर गएको ट्रक दुर्घटना भएको छ। आज (बिहीबार) बिहान खाद्यान्न बोकेको मिनीट्रक दार्चुलामा दुर्घटना भएको हो। जिल्लाको महाकाली नगरपालिकाको खलंगाबाट दुहु गाउँपालिकाको हिकिलातर्फ जादै गरेको से १ ख १२५२ नम्बरको मिनि ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ट्रकमा सवार दुँहु गाउँपालिका वडा नम्बर ३ ब्रहमदेब बस्ने अन्दाजि ४५ वर्षीय करनसिंह बोहराको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको थियो। ट्रक करिब चार सय मिटर तल महाकाली नदी किनारामा खसेको छ। ट्रक चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–७ थारु छात्रावास नजिकबाट २३० मिलिग्राम लागुऔषधसहित धनगढी–८ बस्ने ३० वर्षीय रंजित चौधरी बुधबार साँझ पक्राउ परेका छन्। रंजितलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको बताएको छ।

Read More

कैलाली: नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलालीले खसी कप दोश्रो संस्करण फुटबल प्रतियोगिता आयोजना गर्दै छ। नेपालीहरुको महान चाड दसैंतिहार तथा छठ पर्वको अवसरमा नेविसंघ कृषि विज्ञान संकाय एकाइले आजबाट दोस्रो संस्करण खसीकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। उक्त खेल फिफाको नियम अनुसार र नक आउट चरणमा खेलाइने आयोजक नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलालीका सचिव बसन्त बोहराले बताए।

Read More

कैलाली : प्रहरीले ठूलो परिणाममा खैरो हेरोइनसहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ। कैलालीको लम्कीचुहा नगरपालिका- ९ सोहनपुर भन्ने स्थानमा लागुऔषध (खैरो हेरोइन) कारोबार तथा सेवन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले टोलीले लखिनपुर खिरी निघासन तिकुनिया भारत बस्ने वर्ष २४को गुर्वेन्द्र सिंह र वर्ष २१ को कुलदिप सिंहलाई कालो रङको युपि ३१ बिवाइ ४९२४ नंम्बरको मोटरसाइकल र १० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताए । दुवै जनाको खानतलासी गर्दा १० ग्राम २ सय ८० मिलिग्राम परिमाण भएको लागुऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिए…

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ गइरहेको छ। आज उनीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोली  बझाङको भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुमनमा जान लागेको हो। टोलीले अनुगमनका साथै पीडितसँग भेटघाट, क्षति भएका भौतिक संरचनाको अवलोकन जिल्लास्थित राहत र उदारमा खटिएका निकाय र स्थानीय तहसँग छलफल गर्ने बताइएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। पहिलोपटक २ः४० मा तलकोट केन्द्रविन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुरआसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो। बझाङ भूकम्पले सुदूरपश्चिम प्रदेशमा ७६ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। राष्ट्रिय विपत् जोखिम…

Read More

कैलाली : धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ। सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ। योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको छ। धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो। धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो। कैलालीमा थप साढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता…

Read More

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । हिजो (बुधबार) सिंहदरबारमा बसेको परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएको हो। पछिल्लो समय देशमा धार्मिक तथा जातीय द्वन्द्वको घटना बढिरहेको अवस्थामा जुनसुकै बेलापनि परिचान हुनसक्ने गरी सर्तक अवस्थामा रहनका लागि बैठकले निर्देशन दिएको छ। सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए।

Read More