Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली सेनाको जीपले ठक्कर दिँदा एक जना युवतीको ज्यान गएको छ। सेनाको चण्डी दल गणका हुद्दा मोहम्मद नुरेन देवानले चलाएको गाडीले ठक्कर दिँदा काठमाडौं महानगरपालिका वडा नम्बर १३, ताहाचल बस्ने ३१ वर्षीया आकृति शर्माको मृत्यु भएको हो।  हिजो बेलुका पौने ८ बजे राष्ट्रियसभा गृहअगाडि सेनाको प्रदेश–३–०१–००१ ग ३७०५ नम्बरको गाडीले बा.प्रदेश ०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।  सेनाको गाडीले ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेकी युवतीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। उनको शव पोस्टमार्टमका लागि वीर अस्पताल ल्याइएको छ। यता,ड्राइभर देवान भने सैनिक प्रहरीको हिरासतमा छन्।

Read More

धनगढी: सुदूरपश्चिममा सभामुख नै सरकारविरुद्ध बोलिरहेको पाइएको छ।पछिल्लो समय सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सरकारविरुद्ध फायर खोलिरहेको पाइएको हो। माओवादीबाट सभामुख बनेका भण्डारीले प्रदेश सरकार असमावेशी भएकोदेखि प्रदेश सभालाई काम नदिएर गैरजिम्मेवार बनाएकोसमेत दाबी गरेका छन्। अस्तिको शुक्रबार उनले प्रदेश सभामै म सुन्ने, केही नबोल्ने सभामुख हुन चाहन्न, मैले भनेको कुरा लेख्नुस् भन्दै पत्रकारलाई भनेका थिए। उनले प्रदेशसभा सचिवालयमा सुदूरपश्चिमको विषय जोड्दै यहाँ नौ जिल्ला छन्, सरकारमा पनि नौ मन्त्री छन् तर त्यसमा पनि एउटै जिल्लाका पाँच मन्त्री छन् अनि कसरी सरकार समावेशी भयो त ? एउटा महिलामन्त्री पनि छैन, राज्यमन्त्रीमा थन्क्याइएको भनेर झोक्किएका थिए। हुन पनि कैलाली–२…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका ५ शिवमन्दिर नजिकबाट ०.१८ ग्राम लागूऔषधसहित दुई जना बिहीवार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भीमदत्त ४ का २५ वर्षीय सन्तोष तिरुवासहित दुई जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले बताएको छ।

Read More

काठमाडौ्: प्रधानमन्त्री पुष्पकमल दाहाल आज बझाङ जाँदैैछन्। भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी बिहान १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित केही क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तरक्रिया र पीडितहरुलाई राहत हस्तान्तरणको कार्यक्रम पनि रहेको पाण्डेले बताए। गत मंगलबार गएको भूकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका छन्। भूकम्पले थुप्रै घर र केही विद्यालय भवन पनि भत्किएका छन्। यसैबीच, मंगलबार ६ दशमलब ३ रेक्टरको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन।

Read More

बैतडी: चाडपर्वलाई लक्षित गरेर बैतडीका पाँच स्थानमा यात्रु सहायता कक्ष र एक ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। दसैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष र नागरक सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। जिल्लाको खोड्पे, पाटन, सतबाँझ, गोकुलेश्वर र गोठलापानीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ भने सीमा नाका झुलाघाटमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक खत्रीले बताए। तोकिएको भाडा भन्दा बढी लिन नदिने, क्षमताभन्दा बढी यात्रुहरु बोक्न नदिने र समस्यामा परेका यात्रुहरुलाई गन्तव्य सम्म पुगाउने कार्य यात्रु सहायता कक्षबाट गरिने प्रहरी निरीक्षक खत्रीले बताए । यस्तै सीमा नाका झुलाघाटमा…

Read More

कैलाली: कैलालीमा रहेको गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ। अस्ति बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०–८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ् चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको र दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी आउने बित्तिकै सेवा सुचारु हुने उनले बताए। डा. जोशीले अहिले अस्पताल १०० शय्याबाट सुरु गर्ने र पुर्वाधार सम्पन्न हुँदै तथा…

Read More

धनगढीः बझाङका गोरे धामी चरेससहित कैलालीबाट पक्राउ परेका छन्। बझाङको बुङ्गल नगरपालिका २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय धामी बिहीवार राति पक्राउ परेका हुन्। उनको साथबाट ३ किलो ५ सय ग्राम चरेस भेटिएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको रमेशसिंह साउँदको कमाण्डले कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ। धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेस फेला पारी नियन्त्रणमा लिइएको छ।

Read More

बाँके: नेपालगन्जमा पुनः विवाद उत्पन्न भएपछि फेरि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ। यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो।

Read More

काठमाडौं : गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ। सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका गरिएको छ।

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल,…

Read More