Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुराको एकसहित सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो। कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ। जसमा ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरा पनि रहेको छ। उसलाई एकवर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। यी हुन् अन्य १९ कम्पनी:

Read More

बझाङ: बझाङमा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्। मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्। अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो। तर, उनी २०७५ चैत १२ गतेदेखि फरार थिए। प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो।

Read More

कञ्चनपुरः भारतीय मगन्तेलाई कञ्चनपुरबाट खेदाइएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ मा अस्थायी टहरा बनाई बसोबास गरिरहेका १४ जना भारतीय नागरिकहरुलाई सोमवार भारत फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुले विभिन्न चाडपर्वहरुमा माग्ने बहाना बनाएर चोरी, लुटपाट जस्ता घटनाहरु घटाउनसक्ने भएकोले सम्झाई बुझाई गरि सुरक्षित साथ नेपाल भारतको गड्डचौकी नाकाबाट भारततर्फ पठाइएको प्रहरीले जनाएको छ।

Read More

दार्चुलाः दार्चुलाको एक स्थानीय तहले एकल पुरुषलाई सामाजिक सुरुक्षाबापत मासिक भत्ता दिने भएको छ। जिल्लाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको हो। पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको हो। दुहुँ गाउँपालिकाले सूचना जारी गर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ। गाउँपालिकाले गैरदलितको हकमा ५० वर्षदेखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्षका पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष शान्ती बमले बताइन्। गाउँपालिकाको आव ०८०÷८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो।

Read More

काठमाडौँ: चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको सेमिफाइनलमा पुग्न नेपालले दुई सय तीन रन बनाउनुपर्ने भएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो। भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए। जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए। गाइकवाड २५ रन बनाउँदै आउट भए। भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले…

Read More

धनगढी : आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दैछ। एक महिनादेखि अनिश्चित हुँदै आएको बैठक मंगलबारका लागि आह्वान गरिएको हो। सो बैठक आज दिउँसो १ बजे बस्ने गरि बोलाइएको छ। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो। आज बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

Read More

बैतडी : भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट कैद सजाय र जरिवाना सुनाइएका २ जना फरार प्रतिवादी बैतडीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका देवराज कपाडी र सोही गाउँपालिका–४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ। दुवैलाई उनीहरुकै घरबाट पक्राउ गरिएको हो। २०७६ सालमा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विशेष अदालतले कपाडीलाई ३० हजार ९ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजाय र भण्डारीलाई १६ हजार ५ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजायको फैसला सुनाएको थियो।

Read More

बझाङः बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्। मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्। अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो। तर उनी २०७५ चैत १२ गतेदेखि फरार थिए। प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो।

Read More

काठमाडौँ : शङ्कास्पद कागजात पेसशगरेर श्रम स्वीकृति लिएका १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको विभागले बताएको छ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई पठाएको भनेर उजुरी परेको थियो । सो उजुरीमाथि अनुसन्धान भइरहेको छ ।

Read More

महेन्द्रनगर : प्रथम सुदूरुपश्चिम श्री शारिरीक सुगठनको उपाधी बिजेता महेन्द्रनगरका सुनिल चन्दलाई सोमबार गृहनगरमा सम्मान एवं बधाई ज्ञापन गरिएको छ । सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शनिबार धनगढीमा सम्पन्न प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ लक्ष्मीदत्त पन्तले उपाधि जितेका थिए । उपाधी बिजेताद्धय चन्द र पन्तलाई महेन्द्रनगरस्थित रोयल व्यामशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।सम्मान समारोहमा महेन्द्रनगरका युवा व्यवसायी मदन भट्ट, राससका कार्यालय प्रमुख शेरबहादुर सिंह, व्यायमशालाका सञ्चालक किशन चन्द लगायत व्यामशालामा आवद्ध सदस्यहरु सहभागी थिए । उपाधी बिजेता चन्दले यसअघि पनि राष्ट्रिय स्तरमा शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् । रोयल व्यामशालाका सञ्चालक…

Read More