Author: महेन्द्रनगर पोष्ट

कैलाली: नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलालीले खसी कप दोश्रो संस्करण फुटबल प्रतियोगिता आयोजना गर्दै छ। नेपालीहरुको महान चाड दसैंतिहार तथा छठ पर्वको अवसरमा नेविसंघ कृषि विज्ञान संकाय एकाइले आजबाट दोस्रो संस्करण खसीकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। उक्त खेल फिफाको नियम अनुसार र नक आउट चरणमा खेलाइने आयोजक नेपाल विद्यार्थी संघ सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय टीकापुर कैलालीका सचिव बसन्त बोहराले बताए।

Read More

कैलाली : प्रहरीले ठूलो परिणाममा खैरो हेरोइनसहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ। कैलालीको लम्कीचुहा नगरपालिका- ९ सोहनपुर भन्ने स्थानमा लागुऔषध (खैरो हेरोइन) कारोबार तथा सेवन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले टोलीले लखिनपुर खिरी निघासन तिकुनिया भारत बस्ने वर्ष २४को गुर्वेन्द्र सिंह र वर्ष २१ को कुलदिप सिंहलाई कालो रङको युपि ३१ बिवाइ ४९२४ नंम्बरको मोटरसाइकल र १० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताए । दुवै जनाको खानतलासी गर्दा १० ग्राम २ सय ८० मिलिग्राम परिमाण भएको लागुऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिए…

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ गइरहेको छ। आज उनीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोली  बझाङको भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुमनमा जान लागेको हो। टोलीले अनुगमनका साथै पीडितसँग भेटघाट, क्षति भएका भौतिक संरचनाको अवलोकन जिल्लास्थित राहत र उदारमा खटिएका निकाय र स्थानीय तहसँग छलफल गर्ने बताइएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो। पहिलोपटक २ः४० मा तलकोट केन्द्रविन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुरआसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो। बझाङ भूकम्पले सुदूरपश्चिम प्रदेशमा ७६ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। राष्ट्रिय विपत् जोखिम…

Read More

कैलाली : धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ। सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ। योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको छ। धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो। धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो। कैलालीमा थप साढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता…

Read More

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । हिजो (बुधबार) सिंहदरबारमा बसेको परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएको हो। पछिल्लो समय देशमा धार्मिक तथा जातीय द्वन्द्वको घटना बढिरहेको अवस्थामा जुनसुकै बेलापनि परिचान हुनसक्ने गरी सर्तक अवस्थामा रहनका लागि बैठकले निर्देशन दिएको छ। सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए।

Read More

काठमाडौं : दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ। श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ। यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ। व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो। भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य…

Read More

काठमाडौं : सरकारले चालचलन राम्रो भएका कैदीलाई जेलबाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइभन्दा बढी अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुदारलाई प्यारोलमा राख्न सकिने व्यवस्था छ। तर, ऐन लागू भए पनि प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा गएको थिएन। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐनको दफा १७ को ९च०, दफा २९ र दफा ४९ मा रहेको प्यारोलसम्बन्धी व्यवस्था कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। दफा १७ को खण्ड ‘च’ मा कसुरदारलाई प्यारेलमा छाड्न सकिने कि नसकिने खुलाउनुपर्ने उल्लेख छ।…

Read More

कञ्चनपुर : कञ्चनपुरस्थित भीमदत्तनगरको ऐठपुरबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्। हिजो मंगलबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट ३.३९ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरकै कृष्णपुर नगरपालिका–५ का २० वर्षीय सुवास चन्दसमेत ३ जना पक्राउ परेका हुन्। लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले चन्दको कोठामा खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ। यसbaar थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ। खोज, उद्धार, राहत वितरण कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए। उनले भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए। बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशका प्रमुख सचिव, सचिव, नेपाली सेना, सशस्त्र…

Read More

काठमाडौँ :  नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More