Author: महेन्द्रनगर पोष्ट

बाजुरा : बाजुराबासीको स्थानिय संस्कृति पर्व अनन्ते मेला शुक्रबारबाट सुरु भएको छ। भाद्र शुल्ल पूर्णिमाको दिनबाट सुरु गरिएने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रूपमा लिइन्छ।  यो मेला तीन दिनदेखि पाँच दिनसम्म लाग्छ। यो वर्ष असोज १२ गतेबाट सुरु भएर १४ गतेसम्म भब्यताका साथ मनाउने मेला ब्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताएका छन्। बाजुरालीले दशैंपछिको महत्वपूर्ण पर्वका रूपमा अनन्ते पर्वलाई लिने गरेको छन्। महाभारतमा कौरवसँगको लडाईँमा पाण्डवहरुले विजयी हासिल गरेको खुसीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरले विजयी उत्सवका रूपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन्। 

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुनसहित महिला पक्राउ परेकी छिन्। दुई किलो ७०० ग्राम सुनसहित फिलिपिनी महिला पक्राउ परेको विमानस्थलले जनाएको छ। शुक्रबार साँझ ७ः२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको बताइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईसहित सोही ठाउँका २२ वर्षीय दिपक चौधरी र बेलौरी-८ का ३३ वर्षीय सागर ठगुन्ना शुक्रबार साँझ पक्राउ परेका हुन्। प्रहरी टोलीले ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा चेकजाँच गर्दा लागुऔषध फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: आर्थिक लेनदेन विवादको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन्। छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ। भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो। ‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन्। उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो।

Read More

कञ्चनपुर: कञ्चनपुरस्थित महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने एक किशोरी मृत फेला परेकी छिन्। दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का आफू बस्ने कोठामा मृत फेला परेकी हुन्। उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: कैलालीको धनगढीबाट बेपत्ता भएका २ बालक अझैसम्म पनि फेला परेका छैनन्। हिजो(शुक्रबार) धनगढी उपमहानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय विप्लप बम बेपत्ता भएका थिए। उनीहरुका आफन्तहरुले खोजतलासका लागि  जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए। त्यसपछि खोजतलासको काम जारी रहेकोमा हालसम्म उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले बताइरहेको छ। दुवैजना ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत छन्। उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ।

Read More

काठमाडौँ: आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ।  प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले  जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।  चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै…

Read More

काठमाडौँ: नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको हो।  आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

कैलाली: कैलालीमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै एक शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहतमा कार्यरत शिक्षक महेश शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदातमा मुद्दा दायर गरेको छ। उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरेर अध्यापन गरिरहेको पाइएको अख्तियारको ठहर छ।शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेसन, युपी राजकीय हुसेनवाद इन्टर कलेज भारतको शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए। उक्त शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनले भ्रष्टाचार निवारण ऐन,…

Read More

धनगढीः कैलालीमा एकै दिन दुई बालक बेपत्ता भएका छन्। जिल्लाको धनगढी उप–महानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय बिप्लप बम बेपत्ता भएका छन्। ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत दुबै जना आज बेपत्ता भएका हुन। उनीहरुका आफन्तहरुले खोजतलासकोलागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निबेदन दिएको प्रहरीले जनाएको छ। उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ।

Read More