Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढी उपमहानगरपालिकाले लक्ष्मीनगरमा रहको बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको छ। उपमहानगरपालिकाको बजार अनुगमन टोलीले मंगलबार बजार अनुगमनका क्रममा बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको हो। आइसक्रिमको खोल बाहिर उत्पादन मिति र म्याद सकिने मिति नभएकाले दुई हजार रुपैयाँ जरिबाना गरिएको धनगढी उपमहानगरपालिका बजार अनुगमन टोलीका संयोजक नारायणप्रसाद शर्माले बताए । उक्त उद्योगलाई आगामी दिनमा बिक्री वितरण गर्दा मिति राखेर बेच्न सुझाव समेत दिएको उनले बताए। उनका अनुसार पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर दुई हजार मात्रै जरिबाना लिएको र आगामी दिनमा पनि यो कार्य गरेको फेला पारे नियमानुसार कारबाही गरिनेछ।

Read More

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेटमा आज घरेलु टोली भारतले अफगानिस्तानसँग खेल्दैछ। दिल्लीको अरुण जेटली स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे दुई टिमबीचको खेल सुरु हुने छ। उपाधि दावेदार भारत लगातार दोस्रो जितको खोजीमा हुने छ भने अफगानिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ। आफ्नो पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दा अफगानिस्तानविरुद्ध बंगलादेशले ६ विकेटको जित निकालेको थियो। ​ एकदिवसीय विश्व कपमा दुई देशले हालसम्म १ खेल मात्र खेलेका छन्।

Read More

कैलाली: प्रहरीले कैलालीको धनगढी उपमहानरपालिकाबाट ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ धनगढी–१३ श्रीलङ्का जाने बाटो नजिकबाट २ सय १० मिलीग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका–१ अत्तरियाका २४ वर्षीय पारस पार्कीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कैलालीगाँउ कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा पार्कीको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ। अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीसमेत त्यसतर्फ प्रस्थान गरेका हुन्। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हालेका छन्। यस्तै निमित्त प्रहरी महानिरीक्ष, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मङ्गलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेकाे छ। उक्त टोलीमा उनका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा…

Read More

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक मृत फेला परेका छन् । मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए । मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए । उनका अनुसार चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए। मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

Read More

काठमाडौं : इजरायलमा प्यालेस्टाइनको इस्लमिस्ट समूह ‘हमास’को आक्रमणमा परी १४ अमेरिकी नागरिकको मृत्यु भएको ह्वाइट हाउसले जनाएको छ। मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले इजरायलमाथि गरेको आक्रमणमा आफ्ना १४ नागरिकले ज्यान गुमाएको बताएका हुन्। ‍द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति बाइडेनले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। ह्वाइट हाउसले उक्त आक्रमणमा २० जना भन्दा बढी अमेरिकी नागरिकहरू बेपत्ता भएको जानकारी दिएको छ।

Read More

धनगढी : कैलालीमा १२ जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई बुधवार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय ७५ रुपैँया र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कृष्ण प्रसाद जैशीलाई चयन गर्नेगरी सहमतिको खाका प्रस्ताव गरिएको छ । निर्वाचनको कार्यक्रम अघि बढे पनि जैशीको अध्यक्षतामा प्रदेश नेतृत्व चयन गर्नेगरी मंगलबार सहमतिको खाका प्रस्ताव गरिएको हो । प्रदेशकाे नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेपछि सर्वसम्मत चयन गर्ने प्रयास थालिएको भए पनि यहाँ दुई प्यानलबीच भिडन्त हुने देखिएको छ । नेताहरू कर्णबहादुर थापा, लेखराज भट्ट र दामोदर भण्डारीबीच माेटामाेटी सहमति भइसकेकाे छ । उनीहरूले जैशीलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । उनीहरूको सहमतिकाे खाकामा उपाध्यक्षमा बाजुराका कालीबहादुर शाहीको नाम छ भने सचिवमा कैलालीका रणबहादुर चन्दकाे नाम छ। यस्तै उपसचिव कैलालीका नेपालु चाैधरी र कञ्चनपुरका कलसा…

Read More

धनगढी : प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छैनन्। कञ्चनपुरकाे भीमदत्त नगरपालिका -३  का जोशी सम्पर्कमा आउन नसकेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन्। विपिनको पहाड घर बैतडी दोगडाकेदार गाउँपालिका-१ रिम हो। सम्बन्धित समाचार हमासको आक्रमणपछि साथीको सम्पर्कमा आएका कञ्चनपुरका विपिन अझै सम्पर्कविहीन

Read More

डडेल्धुराः परशुराम नगरपालिकामा नगरस्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। कटाल क्रिकेट क्लब र विष्णु सेक्युरिटी सर्भिस प्रालिको सयुक्त आयोजनामा परशुराम नगरपालिका ४ मा क्रिकेट प्रतियोगिता हुन लागेको हो। असोज २९ बाट हुने प्रतियोगिताका खेलहरू पोखरी खेल मैदानमा हुने आयोजकले जनाएको छ। स्व नारयण कठायतको स्मृतिमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएकोछ। प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र आयोजक विष्णु सेक्युरीटीका प्रबन्धक विष्णु बोहराले जानकारी दिए।

Read More