Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सशस्त्र प्रहरी गण नम्बर ७ सिरहाका एसपी प्रमोद भारती तानिएका छन् । भन्सारछली चोरी तस्करी गर्नेहरुलाई संरक्षण दिएको पुष्टि भएपछि उनलाई सशस्त्र मुख्यालयमा तानिएको छ । राजस्व अनुसन्धान विभागले पटक पटक भन्सारछलीका करोडौं मूल्यका कपडा बरामद गरेपछि उनलाई मुख्यालयले तानेको हो । ७ नम्बर गण सिरहाको नयाँ एसपीका रुपमा शिव गरैलार्ई खटाइएको छ । एसपी भारतीलाई सशस्त्रको मधेश प्रदेश कार्यालयमा छानबिनका लागि तानिएपछि उनले पुनः फर्किन धेरै प्रयास गरेका थिए । माडरका सशस्त्रका डीएसपी रामहरि खड्का पनि बाहिनीमा छानबिनका लागि तानिएका थिए । रामहरि खड्का सशस्त्रका पूर्वएआईजी नारायणबाबु थापाका पीए बसेकाले उनीमार्फत् आइजीपी राजु अर्याललाई भनसुन गराएर फर्किने…

Read More

काठमाडौं : नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको सेवाअवधि थप भएकाेमा पूर्व जर्नेलहरूले आपत्ति जनाएका छन्। सचेत नागरिक, वीरगति प्राप्त सैनिक परिवार र पूर्वसैनिकहरूले विज्ञप्ति जारी गर्दै सेवाअवधि थप गर्नु गलत भएको बताएका छन्। सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीलाई नियमविपरीत दोस्रोपटक राजनीतिक जोडबलमा उनको पद तीन वर्षका लागि थप गर्ने निर्णय गरिएको थियो। विज्ञप्तिमा उक्त अवधि थप गर्नुलाई नियमविपरीत भनिएको छ। नेपाली सेना राजनीति नगरी नेपालवाद मात्र बुझ्ने संस्था भएकाले निर्णय तत्काल फिर्ता लिन तथा यस्ता खालका कार्य नगर्नसमेत विज्ञप्तिमा भनिएको छ। माओवादीसहितको तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषदले सेना समायोजनका क्रममा माओवादी लडाकुबाट नेपाली…

Read More

धनगढी: नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ। अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने ‘प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय संघको सम्मेलन’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन उक्त टोली त्यसतर्फ प्रस्थान गरेको हो। उक्त टोलीमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईका साथै प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित छन्। संयुक्त राज्य न्याय विभाग अन्तर्राष्ट्रिय अपराध अनुसन्धान प्रशिक्षण सहायता कार्यक्रमद्वारा आयोजित उक्त कार्यक्रममा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणाअनुरूप…

Read More

काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

कैलाली : नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व सहमतिमै बनाउन अन्तिम प्रयास भईरहेको छ । ५ पदाधिकारीमा २३ जनाको उम्मेदवारी परेपछि सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न नेताहरू छलफलमा जुटेका छन् ।तर, केन्द्रले सहमतिमा नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि अहिले फेरि नेताहरू छलफलमा जुटेका हुन् । ‘प्रदेशका नेताहरु पनि सर्वसम्मत गर्ने पक्षमा हुनुहुन्थ्यो । उम्मेदवारी धेरैको परेपछि करिब चुनाव हुने पक्का भइसकेको थियो । तर, केन्द्रीय नेतृत्वले सर्वसम्मतकै लागि फेरि पहल गर्ने भनेपछि अहिले अन्तिम प्रयास जारी छ’, प्रदेशका एक नेताले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उद्घाटन सत्रमा प्रदेशको नेतृत्व सर्वसम्मत चयन गर्न सुझाव दिएका थिए । ओलीले महासचिवलाई…

Read More

काठमाडौं : कानून, न्याय तथा सरकारी वकिलतर्फका १२ सहसचिवसहित १५१ जना कर्मचारीको सरुवा भएको छ । त्यस्तै ५१ जना कर्मचारीको पदस्थापन भएको छ । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी कानून समूह र सरकारी वकिल समूहका ६-६ जना सहसचिवको सरुवा गरेको हो । सूचीसहित: आयोग-२०८००६२१-बैठकDownload

Read More

धनगढी: डडेल्धुराकी एक युवतीको अश्लील भिडिओ दृश्य सार्वजनिक गरेर चरित्रहत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। आइतबार परशुराम नगरपालिका एक नाबालकविरुद्ध अश्लील (नग्न) भिडिओ सार्वजनिक गरेको आरोपमा उजुरी निवेदन परेको हो। स्थानीय पीडित १७ वर्षीया नाबालिका आफन्तले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। करिब एक महिनाअघि ती नाबालिकाको प्रेमीसमेत रहेका ती नाबालकले सो भिडिओ फेसबुक, म्यासेन्जर च्याटमा सार्वजनिक गरेर भाइरल बनाएको बुझिएको छ। प्रेम सम्बन्धमा रहेका उनीहरुबीच खटपट भएपछि आफूसँग रहेको अश्लील भिडिओ आउट गरेको बताइन्छ। ती १७ वर्षीय नाबालक परशुरामकै एक वडाका अध्यक्षका छोरासमेत रहेको खुलेको छ। यता प्रहरी स्रोतले भने…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका छन्। उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गर्दै यस्तो आग्रह गरेका हुन्। मन्त्री साउदले कोहेनसँग ‘समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ’ भनेका छन्। उनले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे। मन्त्री साउदले भने,‘ महामहिमज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाइले पनि…

Read More

कञ्चनपुर : इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् । सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । ‘प्यालिस्टेनीे हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय पनि अहिले परिवार शोकमा डुबेको छ’, सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले भने, ‘यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिङ्गो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।’…

Read More

धनगढी : कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो।

Read More