Author: महेन्द्रनगर पोष्ट

डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले आफू चढ्ने मोटरसाइकल स्वास्थ्य चौकीलाई दिएका छन्। आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष सुनारले मोटरसाइकल चवरा चौतारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन्। स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष समेत रहेका सुनारले आफूले प्रयोग गर्दै आएको से १ ब १२१८ नम्बरको मोटरसाइकल स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकलाई हस्तान्तरण गरेका हुन्। वडाको कार्य सहजताको लागि मोटरसाइकल आफूले प्रयोग गरेपनि हाल स्वास्थ्य चौकीलाई त्यसको आवश्यकता रहेकोले स्वास्थ्य चौकीलाई दिएको उनले जानकारी दिए। ‘मैले जनताको घरमा केही ढिलो पुग्दा त्यति फरक पर्दैन्। तर, स्वास्थ्यकर्मी समयमै नपुगेमा समस्या सिर्जना हुन सक्छ,’ उनले भने, ‘अब…

Read More

काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणका क्रममा नेपालको संसद्बाट पारित नक्शाबारे कुरा नउठाएकोप्रति प्रश्न गरेका छन्। सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता रावलले प्रश्न गरेका छन्, ‘आफ्नो संसद्बाट पारित नक्शाबारे संयुक्त राष्ट्रसंघ जस्तो सबै देशको अन्तर्राष्ट्रिय संस्था तथा चीन जस्तो छिमेकी देशलाई जानकारी गराउनु प्रधानमन्त्रीको कर्तव्य हो कि होइन ?’ उनले लेखेका छन्, ‘संसदबाट पारित लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश भएको नेपालको नक्शाबारे प्रधानमन्त्री प्रचण्डले भारत, राष्ट्रसंघ र चीन भ्रमणमा उठाएको कहीँ सुनिएन। के यो नेपालको सार्वभौम अखण्डताप्रति वेवास्ता होइन ? उक्त नक्शालाई मान्यता नदिएको भनी अरू देशविरूद्ध जुलुश गर्नेहरू आफ्नै…

Read More

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। गाउँपालिका–४ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ को अवसरमा पालिकाले बिदा दिएको हो। लाटागन्यापको ‘शिखरजाँत’ को अवसरमा असोज १० गते (बुधबार) गाउँपालिकाको कार्यालय तथा मातहतको कार्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले जानकारी दिए।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ। घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ। राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ। हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ। विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ। अघिल्ला दुई वर्ष…

Read More

काठमाण्डौं : सुन चाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको छ। सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलाको १ लाख १२ हजार २ सय रुपैयाँ थियो। यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय रुपैयाँ छ। हिजो तोलामा १ हजार ४ सय ३० रुपैयाँ थियो।

Read More

धनगढी : काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९, शिवखोलामा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना सेनासमेत छन्। प्रहरीका अनुसार बिदामा घर जाँदै गरेका उनीहरू ५ जना सैनिक पनि दुर्घटनामा परेका हुन्। कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए। बसमा बसमा चालकसहित ४० जना सवार थिए। १८ जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारमा नेपाली सेना पनि खटिएको थियो। अचानक सडक किनारमा रहेको कलभर्टमा ठोक्किन पुग्दा बस सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको…

Read More

धनगढी: कैलालीमा अवैध ढुङ्गा तथा बालुवा चोरी गर्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको छ। आज (मंगलबार) जिल्लाको गोदावरी नगरपालिका-९ को सेहरी र मुरकट्टीस्थित खुटिया खोलाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, डिएसपी गणेश बरालका अनुसार ती ट्याक्टरहरुले अवैध ढुंगा, बालुवा चोरी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। भे १ त ६०२२, सुप्रप्र ०१००२ त ५३१८, से १ त ७४९६, सुपप्र ०१००२ त ५७६७ नम्बरको ट्याक्टर ईन्जन र ट्रालीसहित र लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए। “दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उनले भने, “बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ।” उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ। अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन। भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमति गस्तीमा समस्या उत्पन्न हुने गरेको छ। हाल यहाँ दुई छावासहित चार भाले…

Read More

काठमाडौंः नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन्। सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका हुन्। अरू खेलाडी एसियाडका लागि चीन गएपनि सन्दीप मुद्दाका कारण रोकिएका थिए। आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन्। आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए। त्यही कारण सोमबारका लागि काटिएको टिकट समेत रद्द गरिएको थियो। सोमबार साँझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए।

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन्। फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको भन्दै अभियन्ता ईः उभिएर विरोध जनाइरहेका छन्। ‘फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध छ। आफ्नो ठाउँबाट पहल गर्छु,’ ईःसँग उनले भनिन्। अभियन्ता ईः महानगरपालिकाको मेयर उपमेयरको कार्यालयसमेत रहेको राष्ट्रिय सभागृहको गेटमा १८८ घन्टादेखि उभिइरहेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए।

Read More