Author: महेन्द्रनगर पोष्ट

धनगढी: सद्भाव र शान्ति स्थापनाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक परिवर्तन केन्द्र (सिएससी) ले राजनीतिक दलसहित विभिन्न संघसंस्थाका युवाहरुबीच अन्तरक्रिया गरेको छ। आज (शुक्रबार) कैलालीको धनगढीमा सो संस्थाले यहाँका युवा नेता तथा पत्रकार र युवाहरुसँग अन्तरक्रिया एवं संवाद गरेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा द्वन्द्वको अवस्था बढिरहेको बेला सो संस्थाले युवाहरुलाई शान्ति र सद्भाव कायम गर्न र गराउनका लागि भन्दै अन्तरक्रिया गराएको हो। सो कार्यक्रममा सिएससीका कार्यकारी निर्देशक प्रकाश भट्टराईले नेपालमा द्वन्द्वको अवस्था, त्यसको कारण र व्यवस्थापनको विषयलाई उजागर गरेका थिए। हालसम्म सो संस्थाले गरेको अनुसन्धानअनुसार नेपालमा ३८ किसिमका द्धन्द हुने गरेको र त्यसको लागि युवाहरु लाग्नुपर्ने भट्टराईको जिकिर…

Read More

काठमाडौँ : सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारेको छ । सशस्त्र प्रहरीका निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको प्रेस नोटअनुसार चाडपर्वमा २९ हजार १ सय ५४ जना जनशक्ति सुरक्षा योजना अन्तर्गत परिचालित गर्ने गरी योजना तयार गरिएको छ । यस्तै तत्कालै खटाउन सक्ने गरी करिब २ हजार ९ सय २९ जना सशस्त्र प्रहरी कर्मचारी तयारी हालतमा पनि राखिएको छ । उनका अनुसार करिब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने छन् । चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानहरूमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना अन्तर्गत रही चाडपर्व विशेष सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीको भनाइ छ…

Read More

धनगढी: धनगढीमा राष्ट्रिय युवा संघ नेपालले सरसफाइ गरेको छ। युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीका विभिन्न स्थानमा सरसफाइ गरेको हो। हिजो र आज (शुक्रबार) धनगढीमा युवा संघले सरसफाइ गरेको प्रदेश अध्यक्ष अरुण कुँवरले जानकारी दिए। उनका अनुसार धनगढीका विभिन्न स्थानमा लगाइका पर्चा, पम्पलेट, झण्डा, ब्यानरसहितका सामाग्री हटाइएको हो। यो सरसफाइ अभियान अझै जारी रहने बताइएको छ। एमालेको आज सम्पन्न प्रदेश अधिवेशनका लागि सहिदगेट लगायतका क्षेत्रमा पार्टीले प्रचार सामाग्री लगाइएको थियो।

Read More

काठमाडौँ : सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । अदालतका अनुसार न्यायाधीश डण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको बताइएको छ ।

Read More

काठमाडौँ : नेपालबाट शान्ति सेनामा गएका एकजनाको निधन भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि कङ्गोमा तैनाथ प्युठ भुपजित राईको आज निधन भएको हो । उनी श्री नरसिंहदल गण (शान्ति सेना) उनान्तिसौँ डफ्फामा कार्यरत थिए । नेपाली सेनाका अनुसार कङ्गोमा उनी ट्याक्टिकल अपरेटिङ बेस काम गर्थे । उनी त्यहाँ बिरामी भएका थिए । उनलाई थप उपचारका लागि कङ्गोको बुनियास्थित एक अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो । उनको नेपाल ठेगाना खोटाङ हो । उनको शव ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराका विभिन्न स्थानमा भोलि लाईन सटडाउन गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण, डडेल्धुरा वितरण केन्द्रको वुडर सवस्टेशन अन्तर्गत सञ्चालित जोगवुढा फिडर र जोराईल फिडरमा मर्मत गर्नुपर्ने भएकोले भोलि शनिबार विहान ६ बने देखि साँझ ६ बजे सम्म लाईन सटडाउन गरिने भएको हो । जसबाट जिल्लाको वुडर, गैरा, आलिताल, जोगबुढा र जोरायल क्षेत्रका सेवाग्राहीहरुलाई असुविधा पर्न जाने विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

Read More

काठमाडौँ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेकी हुन् । पुस्तक लोकार्पण गर्दै उनले लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरुको मार्मिक रूपमा चित्रण गरेको बताइन् । उनले उपन्यासका पात्रहरुको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरुको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गरेको उल्लेख गरिन् । त्यस्तै पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई चन्दले सशक्त रुपमा प्रश्तुत गरेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।…

Read More

बैतडी : बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ। मेलौली नगरपालिका-७ का महेश ओझालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले अन्दाजि १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ। ओझाले सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई डोटीको बुडरमा जबरजस्तीकरण गरेको आरोप लागेको छ। ट्रकसहित चालक ओझालाई पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए। प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन्। बिहीबार राति ट्रकमा आफूमाथि…

Read More

डडेल्धुरा : निर्माण व्यवसायी तथा डडेल्धुरा काँग्रेस सभापति भीमबहादुर साउँदले डोटीको जोरायलमा विभिन्न आयोजना अलपत्र छोडेको भन्दै हस्ताक्षर संकलन गरि बुझाइएको छ। संघर्ष समिति जोरायलले शुक्रबार राजेन्द्र निर्माण सेवा कम्पनी धनगढी, कैलालीलाई संकलित हस्ताक्षर बुझाएको हो। जोरायलवासीको संकलित २ हजार दुई सय ८७ हस्ताक्षर आज जोरायल गाउँपालिका मार्फत राजेन्द्र निर्माण सेवालाई पठाइएको संघर्ष समितिका संयोजक नवीन ओझाले जानकारी दिए। संकलित हस्ताक्षरको बोधार्थ जिल्ला प्रशासन कार्यालय सिलगढी, डोटी, पूर्वाधार विकास कार्यालय डडेल्धुरा जोरायल गाउँपालिका डोटीलाई पनि गरिएको छ। राजेन्द्र निर्माण सेवाले ठेक्का स्वीकृत भई सम्झौता भएका ठेकाहरु अलपत्र छोडेको छ भने व्यवसायी तथा काँग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउँद सम्पर्कविहीन छन्। रिठादेखी…

Read More

काठमाडौँ : गत भदौ २९ गते तीनकुनेको गैरीगाउँस्थित दिव्य समलिमा चार जनाको हत्या गर्ने फरक क्षमता भएका साइको किलर सञ्जय भण्डारीले सनसनीपूर्ण बयान दिएका छन्। जन्मजात बोल्न नसक्ने सिन्धुपाल्चोकका २३ वर्षीय भण्डारीले आफूलाई ठक्कर दिएर मोटरसाइकल भागेको रिसमा धेरैपछि बदला लिन एक जनाको हत्या गर्न जाँदा अन्यले थाहा पाएर देख्नेजति सबैको हत्या गरेको बयान दिएका छन् । गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलभित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भइ सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी…

Read More