Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: चाडपर्वमा काठमाडौं प्रहरीले थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले आज सुरक्षा योजना सार्वजनिक गरेका हुन्। काठमाडौं प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ। अनुसन्धानमा आवश्यक सामग्रीले सुसज्जित ७६ वटा ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ। चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्ने गरी काठमाडौं प्रहरीले सुरक्षा योजना लागू गरेको छ। काठमाडौं जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १०…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्ट सम्मानित भएका छन्। जिल्ला अदालत कैलालीले उनलाई सम्मानित गरेको हो। शुक्रवार कैलाली अदालतले एक कार्यक्रमका बीच उनलाई सम्मानित गरेको हो। उनलाई आर्थिक वर्ष २०८०/८१ मा अदालतको फैसलाबाट लागेको कैद जरिवानाको लगत उल्लेखनीय रुपमा असूल गरी फैसला कार्यान्वयनमा प्रशंसनीय कार्य गरेकोले सम्मानित गरेको हो। उनी यस अगाडि १ वर्ष अगाडिको अन्सल्भड केस सल्भ गरेको भन्दै प्रदेश प्रहरी कार्यालयबाट पनि सम्मानित भएका थिए।

Read More

धनगढी: सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे सिफारिस भएका छन्। शुक्रबार बसेको न्याय परिषद् बैठकले उनीहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो।  हाल निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्। यस्तै बैठकले १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ।

Read More

धनगढीः महाकाली नदीमा बगेर एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका २३ वर्षीय अमर धामी रहेका छन्। पिथौरागढबाट फर्किने क्रममा झुलाघाट वारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका थिए। खोजतलासका लागि १५ जना प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।

Read More

काठमाडौंः अपराध अनुसन्धानको महत्वपूर्ण जिम्मेवारी सम्हालेको नेपाल प्रहरी संगठन पछिल्लो समय केही बदनाम तथा गैरव्यवसायिक प्रहरीका कारण विवादको चपेटामा छन्। आम बुझाईका आधारमा सामान्यतयाः हत्या, हिंसा, बलात्कार, हनिट्रयापजस्ता अपराधमा नेपाल प्रहरीले संवेदनशील भएर अनुसन्धान गर्नुपर्ने हो। र, गर्दै आएको पनि दाबी गरिन्छ। पीडकलाई सजाय दिलाउनु र पीडितलाई न्याय दिन पहल गर्नु पनि प्रहरीको कर्तव्य हो। तर, त्यहीँ प्रहरी संगठनभित्र केही प्रहरी अधिकृतहरु पछिल्लो समय उल्टै ब्ल्याकमेलिङ गरेर मुद्दा प्रभावित पार्ने गरेको कुरा सार्वजनिक भएका छन्। यस्तै प्रकरणमा फसेकी छन्, प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीमाथि। गत जेठ २८ गतेदेखि ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी उनी अहिले निलम्बन सिफारिसमा परेकी छन्।…

Read More

धनगढीः कैलालीमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो। जिल्लाको १३ वटै पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले खोप अभियान सञ्चालनका लागि पत्राचार गरिसकेको जनाइएको छ। आउँदै गरेको चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ।

Read More

काठमाडौंः खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ। मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्। त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ। शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ।

Read More

धनगढीः बैङ्किङ कसुर मुद्दामा कैलालीका एकजना काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय सुख्खडका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल रहेका छन्। अनामनगर प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतले हमाललाई बैङ्किङ कसुर मुद्दामा कैद र जरिवाना सहितको फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका हमाललाई पक्राउ गरिएको हो। आफ्नो खातामा पर्याप्त रकम नभए पनि ४५ लाखको चेक काटेको बुझिएको छ।

Read More

बझाङ: अविरल वर्षाका कारण बझाङको छबिस पाथीभरा गाउँपालिका वडा नम्बर–१ मा पहिरो गएको छ।  बालुवाटार भन्ने ठाउँमा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले बताए।  पहिरोका कारण मानवीय क्षति भएको छैन। स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको अधिकारीले जानकारी दिए।

Read More

धनगढीः सुदूरपश्चिममा संसदीय समितिको निर्वाचन स्थगित भएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिलेपछि बिहीबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो। राजनीतिक सहमतिका लागि अधिकत्तम प्रयास भइरहेको भन्दै सत्तारुढ दलका प्रमुख सचेतकहरूले भेटेरै सभामुखलाई निर्वाचन सार्न आग्रह गरेका थिए। कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमालेका प्रमुख सचेतक चक्र मल्ल र नागरिक उन्मुक्तिका प्रमुख सचेतक इन्दिरा गिरीले संयुक्त रूपमा सभामुख भीम भण्डारीलाई समिति बाँडफाँडमा सहमति नजिक पुगेको भन्दै केही दिनलाई निर्वाचन प्रक्रिया स्थगित गर्न आग्रह गरेका थिए। सुदूरपश्चिम प्रदेशका चार वटा विषयगत समिति छन्। अहिले विधायन तथा प्रदेश मामिला समिति मात्रै निर्वाचित सभापति दिवासिंह विष्टको नेतृत्वमा…

Read More