Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः पसल तोडफोड गरको आरोपमा डडेल्धुराका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–३ का ४८ वर्षीय गगनसिंह कठायत रहेका छन्। कठायतले असोज १ गते राती सोही ठाउँका जयबहादुर साउदको डुणेश्वर खुद्रा पसल तोडफोड गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। डीएसपी कार्कीका अनुसार कठायतले पटकपटक पसल तोडफोड गरि पसलमा रहेका सरसामान खोलामा फालि पसल सञ्चालक साउदलाई दुख्ख दिने गरेका थिए। करिब एक लाख रुपैयाँ बराबरको सरसामान खोलामा फालेको साउँदको आरोप छ। ‘असोज दुई गते जाहेरी दरखास्त प्राप्त भएको थियो। ३ गते दरखास्त दर्ता भएपछि घरबाटै पक्राउ गरिएको हो,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट…

Read More

कैलाली: राेजगारीका लागि भारत गएका कैलालीकाे चुरे गाउँपालिका वडा नम्बर ६ ओखलढुंगाका वीरबहादुर सिंह १७ वर्षदेखि घरपरिवारकाे सम्पर्कमा आएका छैनन्। कमाउन परदेश गएका सिंह वर्षाैंदेखि सम्पर्कमा नआएपछि परिवारजनले उनकाे खाेजीका लागि पहल गरिदिन आग्रह गरेका छन्।  उनी २०६३ सालमा १८ वर्षकाे उमेरमा राेजगारीका लागि भारतकाे मुम्बई गएको भाञ्जा प्रेम देउवाले बताए।  उनले सिंहका बारेमा कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालयमा वा ९८६७४०८८७७ र ९८६४३१६८०२ नम्बरमा खबर गरिदिन आग्रह गरेका छन्।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक बालक हात बाँधिएको अवस्थामा भेटिएका छन्। जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालक हात बाँधिएको अवस्थामा भेटिएका हुन्। दुवै हात बाँधेको अवस्थामा बालक भेटिएको बेलौरी नगरपालिका–६ का स्थानीय सुरेशकुमार बडायकले बताए। बालकको श्रीपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनको अभिभावकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Read More

अछामः  अछामको एक विद्यालयले आन्दोलनमा गएका आफ्ना शिक्षकको यातायात खर्च दिने भएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको हो। विद्यालय शिक्षा विधेयक विरुद्धको आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौँ जाने–आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको बताए। दुई जनाको आठ–दश हजार खर्च विद्यालयको आन्तरिक कोषबाट दिने उनले बताए।

Read More

डडेल्धुरा: पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए। डडेलधुरामा जन्मिएका उनी गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन्। रामराजा प्रसाद सिंह नेतृत्वको जवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो। त्यतिबेला मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए। पछि उनी नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए। २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए। त्यसपछि उनी चुनाव लडेनन्। नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए। पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको…

Read More

बाँके: बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ। राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए। दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। थुनुवाका बीचमा झगडा हुँदा बाल सुधारगृहमा तोडफोड र आगजनी गर्नुका साथै हानाहान भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए। बाल सुधारगृहबाट कति थुनुवा भागे भन्ने यकिन हुन सकेको छैन। बाँके प्रहरी प्रवक्ता…

Read More

धनगढीः कञ्चनपुरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ७ सुडाका २३ वर्षीय किरण जोशी बिहिवार पक्राउ परेका हुन्।  जिल्ला अदालत कञ्चनपुरले जोशीलाई लागुऔषध मुद्दामा १६ दिन कैद सजाय सुनाएको थियो। गत वर्षको कात्तिक १४ गते जिल्ला अदालतले फैसला गरेकोमा उनी फरार रहेका थिए। घर नजिकैबाट पक्राउ परेका उनलाई कदै भुक्तानीका लागि अदालत पठाइएको छ।

Read More

बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्। जिल्लाको सिगास गाउँपालिका–२ की ३२ वर्षीया भागादेवी धामीलाई अस्ति बुधबार साँझ सर्पले टोकेको हो। धामीलाई घरै नजिकै घाँस काट्नेबेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। धामीको दाहिने खुट्टाको पैतालामा सर्पले टोकेको बताइएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

Read More

लमजुङ: खसी चोरी गरेको अभियोगमा करिब साँढे दुई महिना अघि पक्राउ परेर धरौटी छुटेका एक युवक बोका चोरी गरेको आरोपमा पुनः पक्राउ परेका छन्। लमजुङको मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको दुई वटा बोका चोरी गरेको आरोपमा प्रहरीले क्व्होलासोथार गाउँपालिका-४ भुजुङका घर भएका ३४ वर्षीय कालु गुरुङलाई नियन्त्रणमा लिएको हो। उनलाई मध्यनेपाल नगरपालिका ५ पराजुलीबेसीबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। आरोपित गुरुङ उपर जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि लमजुङको बेसीशहर नगरपालिका-९ साम्दी बस्ने शान्ति बहादुर बस्नेतको खोरबाट एउटा खसी र…

Read More

काठमाडौं: गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आईगै’ बोलको गीत पेलाको आफ्नै युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो। गीतकार हेमन्त विवशले रचना गरेको गीतमा संगीत गायक पेलाकै रहेको छ। गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरेको देखिन्छ। https://youtu.be/1rcGiKbTYCQ?si=TCswUNmwo7qpmCd2

Read More