Author: महेन्द्रनगर पोष्ट

धनगढी: सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे सिफारिस भएका छन्। शुक्रबार बसेको न्याय परिषद् बैठकले उनीहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो।  हाल निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्। यस्तै बैठकले १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ।

Read More

धनगढीः महाकाली नदीमा बगेर एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका २३ वर्षीय अमर धामी रहेका छन्। पिथौरागढबाट फर्किने क्रममा झुलाघाट वारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका थिए। खोजतलासका लागि १५ जना प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए।

Read More

काठमाडौंः अपराध अनुसन्धानको महत्वपूर्ण जिम्मेवारी सम्हालेको नेपाल प्रहरी संगठन पछिल्लो समय केही बदनाम तथा गैरव्यवसायिक प्रहरीका कारण विवादको चपेटामा छन्। आम बुझाईका आधारमा सामान्यतयाः हत्या, हिंसा, बलात्कार, हनिट्रयापजस्ता अपराधमा नेपाल प्रहरीले संवेदनशील भएर अनुसन्धान गर्नुपर्ने हो। र, गर्दै आएको पनि दाबी गरिन्छ। पीडकलाई सजाय दिलाउनु र पीडितलाई न्याय दिन पहल गर्नु पनि प्रहरीको कर्तव्य हो। तर, त्यहीँ प्रहरी संगठनभित्र केही प्रहरी अधिकृतहरु पछिल्लो समय उल्टै ब्ल्याकमेलिङ गरेर मुद्दा प्रभावित पार्ने गरेको कुरा सार्वजनिक भएका छन्। यस्तै प्रकरणमा फसेकी छन्, प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीमाथि। गत जेठ २८ गतेदेखि ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी उनी अहिले निलम्बन सिफारिसमा परेकी छन्।…

Read More

धनगढीः कैलालीमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो। जिल्लाको १३ वटै पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले खोप अभियान सञ्चालनका लागि पत्राचार गरिसकेको जनाइएको छ। आउँदै गरेको चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ।

Read More

काठमाडौंः खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ। मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन्। त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ। शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ।

Read More

धनगढीः बैङ्किङ कसुर मुद्दामा कैलालीका एकजना काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय सुख्खडका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल रहेका छन्। अनामनगर प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतले हमाललाई बैङ्किङ कसुर मुद्दामा कैद र जरिवाना सहितको फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार रहेका हमाललाई पक्राउ गरिएको हो। आफ्नो खातामा पर्याप्त रकम नभए पनि ४५ लाखको चेक काटेको बुझिएको छ।

Read More

बझाङ: अविरल वर्षाका कारण बझाङको छबिस पाथीभरा गाउँपालिका वडा नम्बर–१ मा पहिरो गएको छ।  बालुवाटार भन्ने ठाउँमा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले बताए।  पहिरोका कारण मानवीय क्षति भएको छैन। स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको अधिकारीले जानकारी दिए।

Read More

धनगढीः सुदूरपश्चिममा संसदीय समितिको निर्वाचन स्थगित भएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिलेपछि बिहीबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो। राजनीतिक सहमतिका लागि अधिकत्तम प्रयास भइरहेको भन्दै सत्तारुढ दलका प्रमुख सचेतकहरूले भेटेरै सभामुखलाई निर्वाचन सार्न आग्रह गरेका थिए। कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमालेका प्रमुख सचेतक चक्र मल्ल र नागरिक उन्मुक्तिका प्रमुख सचेतक इन्दिरा गिरीले संयुक्त रूपमा सभामुख भीम भण्डारीलाई समिति बाँडफाँडमा सहमति नजिक पुगेको भन्दै केही दिनलाई निर्वाचन प्रक्रिया स्थगित गर्न आग्रह गरेका थिए। सुदूरपश्चिम प्रदेशका चार वटा विषयगत समिति छन्। अहिले विधायन तथा प्रदेश मामिला समिति मात्रै निर्वाचित सभापति दिवासिंह विष्टको नेतृत्वमा…

Read More

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भुटान भ्रमणमा जाने भएका छन्। पूर्वराजा ज्ञानेन्द्र एक साता लामो भ्रमणका निम्ति भुटान जान लागेका उनका संवाद सचिव फणिराज पाठकले जानकारी दिए। उनी निजी भ्रमणको सिलसिलामा भुटान जान लागेका हुन्। भ्रमणका क्रममा उनका साथमा परिवारका अरू सदस्य नहुने पाठकले बताए। असोज १७ आसपासमा भुटान गएर फूलपाती अगाडि स्वदेश फिर्ती हुने कार्यक्रम रहेको बताइएको छ।

Read More

धनगढीः बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। छेलाबाट दशरथचन्द नगरपालिका ३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जीप अनियन्त्रित भएर बिहीबार राति १० बजेतिर डुवापानी भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि जीपमा सवार ८ जनामध्ये ६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका छन् भने दशरथचन्द नगरपालिका ३ का दिलिप नाथलाई थप उपचारका लागि धनगढी ल्याइएको छ।

Read More